प्युठानमा म्याजिक दुर्घटना, ३ जना घाइते

राम बहादुर बिश्वकर्मा,प्युठान।प्युठानमा म्याजिक दुर्घट्नामा परेको छ। जिल्लाको बाग्दुला देखि बहाने बजार तर्फ जाँदै गरेको रा १ ज ५८५ म्याजिक चन्द्रेमा दुर्घटना भएको हो।दुर्घटनामा परी म्याजिकमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा नौबहिनी गाउँपालिका ६ का दिपेन्द्र के सि , दोमन्ता के सि र होम बहादुर वलिमगर रहेका छन ।उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बिजुवारका प्रहरी निरीक्षक ज्ञानेन्द्रसिह चौधरीले बताए । म्याजिक सडकबाट करिब ३० मिटर तल खसेको छ । भने घुम्तिमा स्टेरिङ्गले काम नगरे पछि दुर्घटना भएको बताइएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...