दाङ । दाङमा मोटरसाइकल चोरी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।यही असोज ४ गते मोटरसाईकल चोरी गरि फरार रहेका उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय दाङले बताए अनुसार पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं.४ अर्नवा बस्नेको सम्मान गुरुङ्ग, प्रदिप चौधरी, वडा नं.५ आदर्शटोल बस्ने अनिल सिंह बस्नेत रहेका छन् ।दाङको लमही नगरपालिका वडा नं. ५ बस्ने प्रदिप परियारको बेलुका साढे ९ बजे रा १ प ३८६८ नं. को होण्डा साईन कालो कलरको मोटरसाईकल चोरी भएको थियो ।चोरी गरी गर्दै गर्दा प्रहरीलाई देखेपछि मोटरसाईकललाई छोडेर फरार भएका उनीहरुलाई खोजतलास गरी प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
Advertisement