टेकबहादुर पुन,लमही।एक युवालाई चक्कु प्रहार गरी घाइते बनाएको अरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ । उनलाई बिहिबार लागूअौषध सहित लमही प्रहरीले पक्राउ गरेको हो ।ज्यान लिने उद्देश्यले धारिलो हतियार प्रहार गरी फरार रहेका तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १३ निवासी बर्ष २३ का सुरेन्द्र रोकालाई बिहिबार लमहीबाट प्रहरीले पक्राउ गरेको हो । रोकाले २०७४ साल चैत्रको १७ गते लमही ७ कमानपुर निवासी बर्ष १९ का सन्तोष परियारलाई ज्यान लिने उद्देश्यले कप्तान गञ्जमा चक्कु प्रहार गरेका थिए । पक्राउ परेका रोकाको साथबाट नाईट्राजिपाम नामक १२ चक्की लागू अौषध फेला परेको वडा प्रहरी कार्यालय लमहीका पहरी नायव निरिक्षक पुरण मल्लले जानकारी दिनुभयो । लागुअौषध सेवन र बिक्रि गर्न नेपालमा प्रतिबन्ध छ ।
Advertisement