• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार २३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

लोकप्रिय समाचार

  • १. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • २. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • ३. बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

  • ४. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • ५. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ६. सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

  • ७. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ८. झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

  • ९. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • १०. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

प्रदेश स्तरिय कविता प्रतियोगितामा न्यौपानेले मारे बाजी (कवितासहित)


  •   बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,रुपन्देही।  ५ नम्बर प्रदेश स्तरिय कविता प्रतियोगितामा रुपन्देहिका यज्ञ प्रसाद न्यौपाने(दिपक)ले प्रथम स्थान हासिल गरेका छन् । न्यौपाने युगिन साहित्य समाज नेपालका अध्यक्ष समेत हुन। उनको ‘घामको आत्मकथा ‘ शीर्षकको कविताले प्रथम पुरस्कार जितेको हो । प्रदेश ५ का बिभिन्न जिल्लाबाट प्राप्त ९० कविताहरु मध्ये अन्तिम छनोट भएका २६ वटा कवितामध्ये न्यौपानेको कविता सर्वोत्कृष्ट भएको हो ।सामाजिक बिकास मन्त्रालयले चौथो संविधान दिवसको अबसरमा कबिता प्रतियोगिताको आयोजना गरेको हो। यस्तो छ प्रथम हुन सफल यज्ञप्रसाद न्यौपाने (दीपक)को कबिता ‘घामको आत्मकथा’

    Advertisement

    कबिता
    सीमान्त सपनाको बस्तीभित्र
    इतिहासको उध्दिग्न अँध्यारोमा
    यतिखेर उदाएको छु
    एउटा सुनौलो घाम ।

    सदीयौंदेखि अनागरिक बाँचिरहेको माटोमा
    मिसिएको छु इन्द्रेणी रङ ।
    कि मलाई उदेग लागेको छ
    किन थुकिरहेछन्
    मतिर फर्केर केही मान्छेहरू
    कि तिनको अनुहारमा
    छ्यापिदैन थुकका छिटाहरु ?

    कि पुरानै विचारको लगौटी सुँघेर
    सम्भोग गर्न चाहन्छन्
    गणतन्त्रको किशोरी यौवनसँग
    कि कसैको भीखमा बलीदिएको हुँ
    जुनकीरीको पुच्छर जस्तो मलिन घाम ?

    अहँ ∕ योद्धाको लासको चोमुलोङ्मा टेकेर
    अडिएको छु क्रान्तिका रक्तिम वर्णमालाहरुमा ।
    हो मेरै आत्मकथाको विप्लवी दस्तावेज
    यो संविधान ।

    दरबारको पटाङ्गिनीबाट निस्केर, स्वाधीन संघीय आभा
    अहिले मानचित्रमा हिडेको छु खेत
    धान भएर
    समावेशीता र न्यायको
    मूल सडक भएर
    उक्लेको छु पहाड
    चेतनाको सलेदो भएर
    फैलन चाहन्छु
    उज्यालो गर्भाधान भएर
    किसानका हरिया सपनाहरूमा ।

    म दुबो मौलाउँछु
    जनजीविकाका प्रश्नहरुमा
    हो म फुलिरहेछु उन्यँुका बस्तीहरुमा
    म नमुर्झाउने आस्थाको घाम हुँ
    क्लान्त मान्छेहरुको विश्वास हुँ
    तिम्रै आदिवासी सपनाको सुकुल हो
    लोकतन्त्रको घाम
    तिम्रै उन्मुक्तिको गीत हो संविधान ।

    भ्रमको धुलौटो कोरेर पूरा हुँदैन
    अब सत्तामोहको गणित ।
    बिर्सेको छैन
    मेरै आगमनको सङ्घारमा उभिएर
    बलात् चिथोरेको हुचिल जस्तो छिमेकीले ।

    बास छाडेका चराहरुको डायस्पोरा
    चुच्चोमा चारोको पुलिंदा भएर
    अविराम बग्न मन छ यो देशको भूगोलभरि ।

    अवसादको छाँयामा होईन
    समाजवादका किरणहरुमा उधिन्नु बरु
    बाँकी छ्न भने विभेदहरु
    यिनै किरणहरुमा समेल्नु बरु
    बाँकी छन् भने असमानताहरु ।।

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • २.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ३.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको

    • ४.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ५.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ६.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको

    भर्खरै

    • १.
      वडाध्यक्ष तीन लाख घुससहित पक्राउ

    • २.
      कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

    • ३.
      गुल्मीको सिमाघाटमा असारमै फुल्यो सयपत्री फूल

    • ४.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

    • ५.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • ६.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ७.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ८.
      सडकको बीचमै बिजुलीको पोल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation