• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ४. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ५. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ६. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ७. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ८. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ९. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • १०. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

प्रदेश स्तरिय कविता प्रतियोगितामा न्यौपानेले मारे बाजी (कवितासहित)


  •   बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
  • सुरज भट्टराई,रुपन्देही।  ५ नम्बर प्रदेश स्तरिय कविता प्रतियोगितामा रुपन्देहिका यज्ञ प्रसाद न्यौपाने(दिपक)ले प्रथम स्थान हासिल गरेका छन् । न्यौपाने युगिन साहित्य समाज नेपालका अध्यक्ष समेत हुन। उनको ‘घामको आत्मकथा ‘ शीर्षकको कविताले प्रथम पुरस्कार जितेको हो । प्रदेश ५ का बिभिन्न जिल्लाबाट प्राप्त ९० कविताहरु मध्ये अन्तिम छनोट भएका २६ वटा कवितामध्ये न्यौपानेको कविता सर्वोत्कृष्ट भएको हो ।सामाजिक बिकास मन्त्रालयले चौथो संविधान दिवसको अबसरमा कबिता प्रतियोगिताको आयोजना गरेको हो। यस्तो छ प्रथम हुन सफल यज्ञप्रसाद न्यौपाने (दीपक)को कबिता ‘घामको आत्मकथा’

    Advertisement

    कबिता
    सीमान्त सपनाको बस्तीभित्र
    इतिहासको उध्दिग्न अँध्यारोमा
    यतिखेर उदाएको छु
    एउटा सुनौलो घाम ।

    सदीयौंदेखि अनागरिक बाँचिरहेको माटोमा
    मिसिएको छु इन्द्रेणी रङ ।
    कि मलाई उदेग लागेको छ
    किन थुकिरहेछन्
    मतिर फर्केर केही मान्छेहरू
    कि तिनको अनुहारमा
    छ्यापिदैन थुकका छिटाहरु ?

    कि पुरानै विचारको लगौटी सुँघेर
    सम्भोग गर्न चाहन्छन्
    गणतन्त्रको किशोरी यौवनसँग
    कि कसैको भीखमा बलीदिएको हुँ
    जुनकीरीको पुच्छर जस्तो मलिन घाम ?

    अहँ ∕ योद्धाको लासको चोमुलोङ्मा टेकेर
    अडिएको छु क्रान्तिका रक्तिम वर्णमालाहरुमा ।
    हो मेरै आत्मकथाको विप्लवी दस्तावेज
    यो संविधान ।

    दरबारको पटाङ्गिनीबाट निस्केर, स्वाधीन संघीय आभा
    अहिले मानचित्रमा हिडेको छु खेत
    धान भएर
    समावेशीता र न्यायको
    मूल सडक भएर
    उक्लेको छु पहाड
    चेतनाको सलेदो भएर
    फैलन चाहन्छु
    उज्यालो गर्भाधान भएर
    किसानका हरिया सपनाहरूमा ।

    म दुबो मौलाउँछु
    जनजीविकाका प्रश्नहरुमा
    हो म फुलिरहेछु उन्यँुका बस्तीहरुमा
    म नमुर्झाउने आस्थाको घाम हुँ
    क्लान्त मान्छेहरुको विश्वास हुँ
    तिम्रै आदिवासी सपनाको सुकुल हो
    लोकतन्त्रको घाम
    तिम्रै उन्मुक्तिको गीत हो संविधान ।

    भ्रमको धुलौटो कोरेर पूरा हुँदैन
    अब सत्तामोहको गणित ।
    बिर्सेको छैन
    मेरै आगमनको सङ्घारमा उभिएर
    बलात् चिथोरेको हुचिल जस्तो छिमेकीले ।

    बास छाडेका चराहरुको डायस्पोरा
    चुच्चोमा चारोको पुलिंदा भएर
    अविराम बग्न मन छ यो देशको भूगोलभरि ।

    अवसादको छाँयामा होईन
    समाजवादका किरणहरुमा उधिन्नु बरु
    बाँकी छ्न भने विभेदहरु
    यिनै किरणहरुमा समेल्नु बरु
    बाँकी छन् भने असमानताहरु ।।

    बिहिबार, असोज ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव

    • ६.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    भर्खरै

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    • २.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

    • ३.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ४.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ६.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ७.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ८.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation