जनता बैंक स्थापनाकालदेखि नै नाफामा सञ्चालित बैंक हो। वित्तीय क्षेत्रको एक सशक्त संस्थाको रुपमा स्थापित भएको छ यो बैक । बैंकले जलविद्युत, कृषि, उद्योग जस्ता उत्पादनशील क्षेत्रमा आफूलाई केन्द्रित गरेको छ । यसरी नयाँ–नयाँ क्षेत्रको अध्ययन अनुसन्धान गरी लगानी गर्दै आएकाले केही बर्षअघि वित्तीय क्षेत्रमा देखा परेको समस्याले समेत यस बैंकलाई छोएन । स्प्रेड दर कम राखेर पनि निक्षेपमा बढी व्याज र कर्जामा कम व्याज दिइरहेको मात्र होइन, बढी नाफा समेत कमाइरहेको यस बैंकले यी तीन विपरीत अवस्थाको व्यवस्थापन कसरी संभव गराउन सक्यो होला ?हालको अवस्था निजी क्षेत्रका यस्ता बैंकहरूसँग प्रतिस्पर्धा गर्न सक्षम रहेको जनता बैंक पूर्वाधार, जनशक्ति तथा प्रविधिको दृष्टिकोणबाट पनि अन्य बैंकभन्दा सक्षम रहेको जनमानसमा बुझाई छ । करिब एक दशक देखि बैंकिङ प्रणालीमा जोडिएका दिपेन्द्र के सि जनता बैंकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेका छन् । व्यावस्थापन संकायमा स्नातकोत्तर गरेका के सि ले जनता बैंक सम्हालेका छन। कामना डेलिका लागि राम बहादुर बिश्वकर्माले जनता बैंक बिजुवार प्यूठानमा शाखा प्रवन्धकको जिम्मेवारी सम्हालेका युवा एवं उर्जाशिल व्यक्तित्व शाखा प्रवन्धक दिपेन्द्र के सि संग गरिएको कुराकानीको सम्पादित अंशः
पछिल्लो समय जिल्लामा थुप्रै बैंक तथा वित्तिय सस्थाहरु छन, बित्तिय क्षेत्रमा प्रतिस्पर्धा पनि उत्तिकै देखिन्छ, जनता बैंकको अबस्था के छ?
प्यूठान नगरपालिका सानो छ ८ वटा कमरसियल बैंक छन २ वटा डेभलपमेन्ट बैंक छन त्यो भित्र हाम्रो एउटा कमरसियल बैंक जनता बैंक अवस्थित छ हामी ४ बर्ष अगाडी स्थापना भएको हो । एकता बिकास बैंक,सिदार्थ डेभलपमेन्ट बैंक हुदै अहिले जनता बैंकमा हामी परीणत भएका छौ । र प्यूठान जिल्ला जस्तो सानो ठाउँमा कम्पिटिसन धेरै नै छ । लगानीको क्षेत्र कम छ । बचत उठाउने ठाउँ पनि सानो छ । तर बैंकहरु बढी छ र पनि हामीले पहिलेको दिन भन्दा अहिले आएर धेरै राम्रो प्रगति गर्दै आएका छौ । लगानी पनि राम्रो भएको छ हाम्रो बचत पनि राम्रो उठेको छ र पनि हाम्रो सेबा पनि राम्रो दिइराखेका छौ । मलाई लाग्छ यहाका ग्राहकहरु सबै सन्तुष्ट हुनुहुन्छ ।
बैंकका राम्रा पक्षहरु बताईदिनुसन ?
जनता बैंकको नामै काफी छ। ‘जनताको बैंक जनतालाई सेवा गर्न बसेको नेपाली जनताको बैंक जनता बैंक’ यहि मुल नारा लिएर हामी अगाडी बढेका छौ । र हामी कहा बचतमा आकर्षक ब्याजदर मुद्धतिमा आर्कषण ब्याजदर छ कर्जामा पनि हामीले सहुलियत दरमा कर्जा लगानी गरीराखेका छौ र बिषेश गरी यो जनता बैंकले उत्पादनसिल क्षेत्रमा लगानी गरीराखेका छौ । र त्यो भएर कस्टमरहरुले हामीलाई रामै्र मानिराख्नु भएको छ अहिले सम्म र हामीकहाँ रेमिटान्स सेबाहरु पनि राम्रो दिईराखेका छौ सबै खालका रेमिटान्स सेबाहरु प्रदान गर्दै आईराखेका छौ । ग्राहकहरु हामीकहाँ आईराख्नु भएको छ । राम्रो सेवा दिइराखेका छौ । सबै जना सन्तुष्ट हुनुहुन्छ जस्तो लाग्छ ।
आजभोली बैंकहरुले ऋण दिन छाडे भन्ने जनताको गुनासो छ नि ?
बैंकहरुमा तरलता अभाव होइनकी लगानी कर्ताहरुले रकम अभाव भएको हो बिस्तारै यो समस्या सुर्धिदै छ । हिजोको दिनहरु भन्दा अहिले लगानीको प्रकृया बढीराखेको छ लगानी राम्रो भइराखेको छ प्रकृया सुर्धिदै छ । र सुर्धिन्छ भोलीको दिनहरुमा मलाई लाग्छ तरलता सहि ठाउँमा आउछ । त्यो कारणले गर्दा बैंकहरुले ऋण नदिने भन्ने हुदैन होला बैंकहरुले नराम्रो ऋणिलाइ नदिनु भएको होला राम्रो ऋणी छानेर दिइराख्नु भएको छ।
तपाई बैंक क्षेत्रमा युवा प्रबन्धकको रुपमा चिनिनु हुन्छ , बैंकलाई तरलता अभाव हुने कारणहरु के के हुन सक्छन र यस्को व्यबस्थापनमा कस्तो खालको उपाय हुन सक्लान भन्ने लाग्छ ?
म बैंक क्षेत्रमा काम गर्न लागेको करिब एक दशक भैसक्यो यो अवधिमा हेर्दाखेरी पछिल्लो समय २,३ वर्ष अवधी अलिकति केहि बैंकहरुले तरलताको लगानीको रकम झेल्दै आईराखेको छ र हाम्रो जे पहिला आज भन्दा ३,४ बर्ष पहिला जति पनि बैंकहरुले लगानी गरे घर जग्गामा लगानी गर्नाको कारणले यस्तो समस्या देखिराखेको हो । उत्पादनशिल क्षेत्रमा कलकारखानामा लगानी गरीन्थ्यो भने यो क्षेत्र तरलताको अभाव हुने थिएन । अबको दिनहरुमा उत्पादनशिल क्षेत्रमा लगानी गर्यौ र गाउँगाउँमा छरीयर रहेका सानो सानो बचत लाई पनि संकलन गर्न सक्यौ र उहाहरु बिच बैंकहरुको पहुच पुर्याउन सक्यौ भने तरलताको अभाव समाधान हुन सक्छ ।
त्यसो भए यो जनता बैंकलाई जनता माझ पुर्याउनको लागी खास योजना के छन ?
हामीहरु जनताको माझ पुग्नको लागी हामीले जिरो ब्यालेन्समा खाता खोलाउन सकिराखेका छौ, हाम्रो आफ्नै रेमिटान्स सेवा जनता रेमिट संञ्चालन गरीराखेका छौ । देशभर १४४ वटा शाखाबाट सेबा दिई राखेका छौ । हरेक गाउँ ठाउँ हाम्रो पहुच पुर्याई राखेका छौ । र कर्जाको हिसाबले पनि हामी सानो कर्जा देखि ठुलो कर्जा सम्म सबै कर्जा गरीराखेका हुनाले हामीले सेबा जनतालाई दिई राखेका छौ ।
त्यसो भए सेबाको हिसाबले अब किकास बैंक र कमरसियल बैंकमा खासै फरक नभएको स्थिति हो ?
कमरसियल बैंक र बिकास बैंकमा फरक छ पहिलो कुरा पुँजिको हिसाबले फरक छ दोस्रो कुरा सेबाको हिसाबले फरक छ । हामीले दिने सेबा र बिकास बैंक ले दिने सेबा मा केहि फरक छ जस्तो याल्सिक कुराहरु डेभलपमेन्ट बैंकहरुले अहिले सम्म गर्न पाईराखेको छैन कमरसियल बैंकहरुले गरीराखेको छ । पुँजी डेभलपमेन्ट बैंकको अधिकतम २ अर्ब सम्म तोकीराखेको छ भने हाम्रो ८ अर्ब तोकेको छ पुँजीको हिसाबमा पनि हामीेले डेभलपमेन्ट भन्दा हामीले बढी सेबा दिइराखेका छौ । शाखा सञ्जालहरु पनि डेभलपमेन्ट हिसाबको भन्दा कमरसियल बैंक त्यस माथी जनता बैंक को शाखा संञ्जाल पनि राम्रो छ नेपालभरी १४४ वटा शाखा भएकै कारणले गर्दा हामीले राम्रै सेबा दिईराखेका छौ ।
बैंकहरुले ठुलो ऋण लगानीमा मात्रै ध्यान दिईएको पाईन्छ। यस्मा जनता बैंकको पोलिसी के । ?
हामी सानो सानो लगानी पनि गरीराखेका छौ ,कृषि कर्जा छ हामीकहाँ जनताको कृषि कर्जा ५ लाख रुपैया सम्म हाम्रो सामान्य बाटो नभएको खेत राखेर पनि जग्गा राखेर पनि दिइराखेका छौ तर उत्पादनशिल क्षेत्रमा जुन प्रयोजनको लागी लगानी गराउछौ त्यो प्रयोजनमा लगानी लगाउनु पर्यो र हाम्रो अर्को सानो कर्जाको लागी तार्गेट गरेर महिला उद्यमशिल कर्जा पनि राखेका छौ । अर्को जनता सहज कर्जा सानो ऋणीहरुको लागी लक्षित गरेर हामीले स्किमहरु राखेका छौ ठुलो लगानी गरीराखेका छौ । सानो पनि छ ठुलो पनि छ सबै लगानीहरु हामी गरीराखेका छौ ।
बचतमा कति प्रतिशत ब्याज र कर्जामा कति प्रतिशत ब्याज छ बताईदिनुसन ?
बचतमा ६.५ प्रतिशत ब्याज दिईरहेका छौ जो राष्ट्र बचतमा ६.५ प्रतिशत ब्याज दिईरहेका छौ जो राष्ट्र बचतमा ६.५ प्रतिशत ब्याज दिईरहेका छौ जो राष्ट्र बैंक अधिकतम ब्याज तोकीराखेको छ । कर्जामा ब्याजदर शिर्षक हेरीकन कर्जाको भोलुम हेरीकन १२ देखि १४,१५ सम्म लगाईराखेका छौ । अधिकतम तोकेको भनेको बेसरेट प्लस अधिकतम ६.१ पेरीयोल तोकेको छ त्यो भित्र रहेर हामीले कर्जामा लगानी गरीराखेका छौ ।
तपाइएको यो बैंकको कुल पुँजी तथा शाखा संञ्जालहरुको सन्दर्भमा बताईदिनुस न ?
हाम्रो कुल पुँजी ८ अर्ब नाघीसकेको अबस्था छ र शाखासञ्जाल १४४ वटा पुर्याई सकेको छौ । त्यस्ले पनि हाम्रो जनताले धेरै सेवा पाईराख्नु भएको छ थप बैंक मर्जमा जादैछ ग्लोबल एण्ड बैंकसंग मर्ज कुरो चलिरहेको छ । त्यसले गर्दा ३०० प्लस शाखाहरु हुने हुँदा सबै जना सबै ठाउँमा हाम्रो शाखा सञ्जाल हुन्छ जस्तो लाग्छ ।
जनता बैकं कत्तिको जनकेन्द्रीत छ त?
जनता बैंक हाम्रो हिसाबमा हेर्दा जिल्लाको हिसाबमा बिच बिच तिर छ सार्है नराम्रो पनि छैन सार्है राम्रो पनि छैन तर प्रगति धेरै राम्रो गरीराखेका छौ । हिजोको दिन भन्दा आजको दिनहरुमा राम्रो लगानी छ राम्रो निक्षेप छ ।जनताहरुले विश्वास गर्नु भएको छ बचतकर्ताहरुले बिश्वास गर्नुभएको छ त्यस्ले गर्दा भोलीका दिनहरुमा बैंक अगाडी जान्छ अवश्य । हाम्रो सेवाहरु पनि रेमिटान्स सेवाहरु आफ्नै जनता रेमिट सेवा छ त्यस्ले गर्दा जनताहरुले रामै्र सेबाहरु पाईराख्नु भएको छ घरदैलो कार्यक्रम पनि राखिराखेका हुन्छौ । त्यस्ले गर्दा हामी गाउँगाउँमा घरघरमा हामी पुगीराखेका छौ त्यसले गर्दा पनि जनताले सेवा पाईरहनु भएको छ ।
अरु बैक र जनता बैकंमा फरक के?
जनता बैंक नेपाली जनताको बैंक जनता बैंक हामीकहाँ बचतमा राम्रो ब्याज छ कर्जामा न्युनतम ब्याज छ सबै भन्दा राम्रो एउटा सुविधा छ जनता रीटारमेन्ट फण्ड जो अहिले राष्ट्र बैंकले नेपाल सरकारले अनिवार्य रुपमा कामदारहरुलाई ग्यारुजेटी फण्ड पेन्सन कटाउनु पर्ने सिधै ब्यबस्था राखेको छ । त्यो ब्यबस्था हामीकहाँबाट पनि हुन्छ । राष्ट्र बैंकबाट मान्यता प्राप्त ट्याक्स फ्री भएको कारणले गर्दा यहाहरु प्यूठानमा अबस्थित जति पनि हुनुहुन्छ निजि क्षेत्रका संघ सस्थाहरु सरकारी संघ संस्थाहरु उहाहरुलाई आग्रह गर्दछु । सञ्चयकोषको सिआइटिको जनसेबा सुविधाहरु सुनिराखेका छौ । त्यो सम्पुर्ण सेबा सुविधाहरु बिजुवारको जनता बैंकबाट उपलब्ध गराईराखेका छौ । त्यो कारणले गर्दा सञ्चयकोषको सिआइटिको दुख बाहिर गएर पाउनु पर्दैन बिजुवारमा पाउनुहुन्छ । त्यो सुविधामा विभिन्न सुविधाहरु दिईराखेका छौ । जुन हाम्रो जनता रिटारमेन्ट फण्ड बचत कर्ताहरु हुनुहुन्छ उहाहरुलाई सुत्केरी खर्च १० हजार र कृया खर्च १० हजार रुपैया हामीले तोकीराखेका छौ । त्यसले गर्दा अन्य भन्दा सुविधा छ । जनता रीटारमेन्ट फण्ड ले जति पनि आम्दानी गर्छ त्यो आम्दानीको पनि अंश बोनशको रुपमा बचतकर्ता लाई बाडीराखेका छौ । गत बर्ष ८.५ बचतमा ब्याज दिएका छौ र १ प्रतिशत उहाहरुले लाभांश पाउनु भएको थियो । मलाई लाग्छ यो बर्ष पनि रामै्र छ त्यो भन्दा माथी नै हुन्छ जस्तो लाग्छ त्यसले गर्दा जनता रीटारमेन्ट फण्ड को सही सदुपयोग गरौ । सबै जना यहाहरुले निजि क्षेत्रका विद्यालयहरु बाट निजि क्षेत्रका संघ संस्थाहरुबाट जनता रीटारमेन्ट फण्डमा यहाहरुले सहभागी हुनुस आफ्नो फाइदा उठाउनुस सञ्चयकोष र सीआइडी को दुखबाट मुक्त हुनुहुन्छ । प्यूठान जिल्लामै हामीले सेवा सुविधा दिएकाले यही आएर जम्मा गर्न आग्रह गर्दछु ।
धेरैै बैंकहरु मर्जको कुरा भइरहेको छ ?मर्ज भैसकेपछि ग्राहकलाई पर्ने फाइदा अथवा बेफाइदा कस्तो खालको प्रभाव पर्न सक्दछ ?
अहिले राष्ट्र बैंकको पोलिसिमा ठ्याक ठ्याक्कै तोकेको बैंक छैन र पनि ग वर्गका आशय भनेको हरु लाई मर्ज गरेर सके सम्म थोरै मा झार्ने हो । नेपाल जस्तो सानो ठाउँमा २८ वटा कमर्सियल बैंक छ डेभलपमेन्ट बैंक , फाइननसियल एशोसियशन अझ धेरै नै छन त्यसले गर्दा हाम्रो नेपाल जस्तो देशमा बैंकको आवश्यकता १० देखि १५ भन्दा बढी होइन त्यसले गदौ बैंक मर्ज हुन आबश्यक छ । त्यो आबश्यकता लाई मध्यनजर गर्दै हाम्रो बैंक पनि मर्जमा जान लागेको अबस्थामा छ । जनता बैंक र ग्लोबल एण्ड बैंक एक आपमा मर्ज हुने प्रकृया अगाडी बढीरहेका छ । र मर्जको कारणले गर्दा जनता ले सुविधा पाउनुहुन्छ पहिलाको भन्दा निकै सुविधा पाउनुहुन्छ । शाखा सञ्जालको हिसाबले धेरै हुन्छ उहाले पाउने सुविधा अहिलेको भन्दा धेरै हुन्छ मर्ज हुनु भनेको सुविधा बढ्नु पनि हो ।
अन्तमा छुटेको केहि छ कि ?
हाम्रो जनता बैंक नेपाली जनताको बैंक बिजुवारमा अवस्थित छ यहाहरुलाई नजिक पर्ने जनता को सेबामा बसेको र हामी कहा भएको सवा सुविधाहरु अन्य बैंकको तुलनामा सबै भन्दा धेरै हामी कहा रेमिटान्स सुविधा,बचतको सुविधा ,कर्जाको सुविधा रीटारमेन्टको सुविधाको कारणले गर्दा हामी कहा यहाहरुले सेवा सुविधा लिन आग्रह गर्दछु नेपाली जनताको बैंक बिजुवारमा अवस्थित छ यहाहरुलाई नजिक पर्ने जनता को सेबामा बसेको र हामी कहा भएको सवा सुविधाहरु अन्य बैंकको तुलनामा सबै भन्दा धेरै हामी कहा रेमिटान्स सुविधा,बचतको सुविधा ,कर्जाको सुविधा रीटारमेन्टको सुविधाको कारणले गर्दा हामी कहा यहाहरुले सेवा सुविधा लिन आग्रह गर्दछु।