• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

लोकप्रिय समाचार

  • १. भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान


  •   बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
  • गुल्मी — भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको आत्मशान्ति र बेपत्ताहरूको सकुशल उद्धारको कामना गर्दै गुल्मीको सदरमुकाम तम्घासमा बृहत् धार्मिक अनुष्ठान गरिएको छ ।
    गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति, बेपत्ताको खोजी तथा उद्धारमा सफलता र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित तम्घासस्थान मन्दिरमा अनुष्ठान गरिएको हो । तम्घासस्थान मन्दिर व्यवस्थापन समिति, विश्व हिन्दु महासंघ, राधा माधव समितिलगायत धार्मिक तथा सामाजिक संस्थाको सहकार्यमा आयोजित अनुष्ठानमा पण्डित, धार्मिक गुरु तथा श्रद्धालुको सहभागिता छ ।अनुष्ठानमा श्रीमद्भागवत, वेद, श्रीमद्भगवद्गीता, विष्णु सहस्रनाम, शिव सहस्रनाम, गणेश सहस्रनाम र हनुमान चालिसालगायत धार्मिक ग्रन्थको पाठपारायण गरिएको छ । वैदिक विधिअनुसार पूजाआजा तथा अन्य धार्मिक कर्मसमेत सञ्चालन गरिएको आयोजकले जनाएको छ ।अनुष्ठानमा ४० भन्दा बढी विद्वान् पण्डित तथा धार्मिक गुरु सहभागी छन् । मूल आयोजक समिति संयोजक सुरेशचन्द्र भुसालका अनुसार विपद्मा अकालमा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिका साथै देशमा शान्ति, समृद्धि र सुख कायम होस् भन्ने कामनाका लागि अनुष्ठान आयोजना गरिएको हो। ‘पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस्, बेपत्ताको सकुशल खोजी तथा उद्धार होस् र आगामी दिनमा यस्ता ठूला प्राकृतिक विपद् नआऊन् भन्ने कामना गरेका छौं,’ उनले भने ।
    पण्डित लक्ष्मण रिजालले बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको आत्माको शान्ति र मुक्तिको कामनाका लागि धार्मिक ग्रन्थहरूको पाठपारायण गरिएको बताए ।
    अनुष्ठानमा सहभागी श्रद्धालुले बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा प्रार्थना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए । साथै बाढी, पहिरोलगायत प्राकृतिक विपद्बाट आगामी दिनमा हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण होस् भन्ने सामूहिक प्रार्थना गरिएको आयोजक समितिका सदस्य ताराप्रसाद भुसालले बताए ।

    Advertisement

    बुधबार, भदौ २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    भर्खरै

    • १.
      भक्तपुरमा सुरु भयो ४६औँ नेपालभाषा साहित्य तःमुंज्या

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • ३.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ४.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ५.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ७.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ८.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation