• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ९. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे


  •   सोमबार, साउन १४, २०८१ मा प्रकाशित
  • जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो एक सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ।

    Advertisement

    राैतहट बसाई कस्तो भइरहेको छ ?
    :- राैतहट आएको सय दिन मात्र पुगेको छ । यस अबधिमा हामीले के के गरयाै भर्खरै सार्वजनिक गरेका छाै । अपराध अनुसन्धान लगायतका  गतिविधिहरु सार्वजनिक गरिएका छन । नेपालमा सबै भन्दा धेरै मुस्लिम बसाेबासकाे हिसाबले , शिक्षा स्वास्थ्य राेजगारकाे हिसाबले रौतहट चुनाैती छ । मैले रौतहटको कमाण्ड  सम्हाल्न थालेपछी  रिज्लट पनि राम्रो देखिन थालेका छन । स्वच्छ, निश्पक्ष, दवाव रहित सेवा मलाई लाग्छ नागरिक स्तर सम्म पुगेको जस्तो लाग्छ । आएका चुनाैतिलाई सहर्ष स्विकार्दै चुनाैतिको सामना गरेर आगाडी बढेको छु ।

    राैतहटको बारेमा बाहिर जे जस्तो प्रचार भएको छ, यथार्थमा सकारात्मक नकारात्मक के पाउनु भयो ?

    :- तराईको जिल्लामा मैले केही समय धनुषा र बारामा बसेर काम गर्ने अवसर पाएको छु । राैतहटको बारेमा जुन किसिमको बाहिर बुझाई छ । जिल्लामा आई सके पछि त्यतो लाग्दैन । त, केही चुनाैति पक्कै पनि छन । राैतहटमा केही मिडियाकर्मि साथीहरूले समाचार सम्प्रेषण गर्ने अवस्थामा सत्य तथ्य नबुझी भएको भन्दा फरक किसिमले समाचार सम्प्रेषण गर्दा समस्या हुने गर्दछ । जस्तो उदाहरणको लागि कसैको श्रीमान श्रीमतिको झगडा भयो भने शान्ति सुरक्षा संग जोडेर समाचार सम्प्रेषण गरिन्छ । शान्ति सुरक्षा के हो भने विना कुनै कारण व्यक्तिको हत्या हुन्छ त्यसलाई शान्ति सुरक्षासंग जोडन सकिन्छ । राैतहटमा भएका राम्रा कुरा मिडियामा आउदैन । नेगेटिभ कुरा बढि प्रचार प्रसार हुने गरेका कारण बाहिरबाट थ्रेटभएको , सुरक्षा चुनाैति भएको जिल्लाको रुपमा देखिन्छ । मैले यहाँ आएर बुझ्दा बाहिर प्रचार भएकाे जस्ताे राैतहट छैन । बास्तबमा यहाको स्थिती एकदम समान्य छ ।अहिलेका केहि घटना क्रमलाई हेर्ने हाे भने  प्रहरीलाई सुरक्षा चुनाैति हुने खालका घटना घटेको छैन । ठुलो चुनाैति तथा नकारात्मक रुपले सोचनु पर्ने अवस्था अहिले सम्म आएको छैन ।

    पुलिस हेड क्वाटरमा अतिरिक्त कमाई हुने ठाउको रुपमा राैतहटलाई लिने गरेको सुनिन्छ नी ? के रहेछ कुरो?

    :—आर्थिक प्रलोभनमा परेर काम गर्ने नियत भएका मानिसलाई पैसा कमाउन तराईमा आउनु पर्दैन । जहा पनि पैसा कमाउन सक्छन ।तराईको जिल्लामा भारतसंग सिमाना जोडिएको भन्सार छलि चोरी हुने ठाउ भएको हुनाले यहाँ आउनेको नियत खराब हुन सक्छन । त्यस हिसाबले बुझन सकिन्छ । यसमा मेरो पहिलो प्राथमिकता के थियो भने आर्थिक प्रलोभनमा नपर्ने । म आएको सय दिन भएको छ । यश अवधिमा कुनै पनि रुपले आर्थिक प्रलोभनमा परेको छैन ।तस्करी ,मुद्दा मामिला वा गिट्टी वालुवा होस। कुनै पनि काम आर्थिक प्रलोभनमा परेर गरेको छैन । फल स्वरुप त्यसको रिजल्ट पनि दिन थालि सकेका छन । हाम्रो मुख्य दायित्व नै त्यस्ता गतिविधि न्युनिकरण गर्नु हो ।सतप्रतिसत राेक्न त गाह्राे होला । तर कार्यालय प्रमुखले चाहे भने त्यसलाई कति हद सम्म नियुनिकरण गर्न सक्छन । ती कुरालाई राेकनका लागि हामीले भन्सार चाेरी तस्करीका समान समातेको परिणाम तथा भन्सारको राजस्व वृद्धिबाट सजिलै अनुमान लगाउन सकिन्छ।

    सय दिने रिपोर्टमा सफल अनुसन्धानका घटनालाई बढि हाईलाईट गर्न खाेजिएको छ । सफल अनुसन्धान भनेर के बुझने? यसमा उल्लेख भए जति सफल बाकीको हकमा के बुझ्ने ?
    :– जघन्य प्रकृतिका कर्तव्य ज्यानका घटनाहरुलाई बढी महत्त्व दिईएको छ । अरु घटना भाेलिका दिनमा करेक्सन हुन सक्छन । तर ज्यान गई सके पछि करेकसन हुने वा क्षतिपूर्ति पाउने सम्भावना रहदैन । त्यस हिसावले कर्तव्य ज्यानको घटनालाई सिरियस रुपमा लिने गरिन्छ । यस आर्थिक वर्षमा भएका त्यस प्रकृतीका सवै घटना अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं।घटनाकाे बारेमा सबै कुरा बाहिर आई सकेका छन । संलग्न व्यक्ति पक्राउ परि सकेकालाई हामी  सफल अनुसन्धान भन्छाै ।

    न्याय सम्पादनको हिसाबले निर्दोषलाई फसाउनु हुदैन भन्छन तर हाम्रो यहाँ जाहेरी र पीडितको  वयानको आधारमा दर्जनाै निर्दोष व्यक्ति उपर मुद्दा दर्ता गरेर फसाएको छु जस्तो महसुस हुदैन ?

    मैले महसुस गरेको र तपाईंले बुझेको कुरा एकदम सहि हो । यस प्रश्नका लागि धन्यवाद । तराईमा कुनै पनि घटना हुदा अधिकांश मुद्धाहरुमा रिस उठेका सबै व्यक्तिको नाम जाहेरीमा राख्दिने चलन समान्य भएको छ । उदाहरणका लागि कुनै विवाहित महिलाले आत्म हत्या गरे भने त्यसमा उस्को श्रीमानका साथ साथै सासू ससुरा , देवर,देवरानी जेठाजु,जेठानी नन्द लगायत घर भरी सबैको नाममा मुद्वा हाल्ने प्रचलन छ । त्यसमा तपाईले बुझे जस्तै मेरो ध्ये के रहन्छ भने सयाै अपराधी प्रमाण अभावमा छुटाेस तर एउटा पनि निर्दोष मानिस नफसोस । जाहेरीको भरमा निर्दोष व्यक्तिलाई फसाउने काम नहोस । तर यहाँ चेतना कम भएका समुदायहरु पनि छन । यहाँ सासद भएको नगर प्रमुख भएको व्यक्ति को दवाव मुद्दा चलाउनैका लागि आउने गर्द छन । कन्भिन्स गर्दा पनि हुदैन त्यसपछि प्रहरीको दायित्व के हुन्छ कि जाहेरी परि सके पछि जे जस्को नाममा आएको छ । जाहेरी दर्ता गर्ने र प्रहरीले प्रारम्भिक अनुसन्धानमा जे देखेकाे छ। काे संलग्न छ छैन त्यसै अनुसार प्रकृया वढाउने गरिएको छ। आदालतले जसको नाममा पक्राउ पुर्जी जारी गर्दछ त्यसलाई हामीले पक्राउ गरेर मुद्दा अगाडि वढाउने गरिन्छ । कुनै पनि निर्दाेष व्यक्ति विना कुनै कसुर एक घन्टा पनि प्रहरीको थुनामा न परोस भनि हिसाबले हामी काम गरि रहेका छाै ।

    मिटर व्याजी बारे के बुझ्नु भएको छ । यसमा पनि प्रगति भएको देखिएन किन ?

    :-राैतहटमा २०/२५ वर्ष पहिलेका केश पनि मिटर व्याजीका नाममा आएका छन । वास्तविक पीडित पनि मिटर व्याजीमा आएका छन। कसैले एक जनाको सम्पती लिएर पाच जनामा ट्रन्सफर गरि सकेका छन । मिटर व्याजीमा मुद्वा हालेर खेत खनजोत गर्न पाईन्छ कि भन्ने हिसावले पनि मुद्वा आएका छन । यी सवै कुरा हेर्दा आएको अनुचित लेनदेनकाे कानुनले कतिपय पुराना मुद्दासंग मेल खादैन । मुद्वा दर्ता गर्दा पनि पक्राउ पुर्जी आई दिदैन ।यस्को अलवा के गर्छाै भने मिलापत्र गराउने छलफल चलाउने । सहज केश छलफलको आधारमा टुगिएका छन । छलफलक आधारमा नटुङ्गिएका केही केश नमिलेर प्रगति कम देखिएको हो ।

    –मिटर व्याजीमा काम गर्न सकिएन जस्तो लाग्दैन ? पन्ध्र सय उजुरीमा पैंतालीस जनाको मात्र समाधान हुनु कम भएन ?

    :- कम्तीमा पैंतालीस जनाले त न्याय पाएका छन। केही कानुनी समस्या होला केही व्यवहारीक समस्या होलान। तर पनि यति जनाले न्याय पाउनु कम चाहि होईन । हामीले निरन्तर प्रयास गरेका छाै । मुद्वालाई प्राथमिकता निर्धारण गरेका छाै । सहज मुद्वा,निवेदक र पिडित आएका मुद्वाहरुलाई छुट्यार छलफल गरि रहेका छाै ।

    तपाईं राैतहट आउना  साथ पत्रकार सम्मेलन गरेर तस्करी लगायत सिमानामा हुने अपराध ,जुवातास ,अबैध मदिरा भट्टि ताेडने लगायतका प्रतिवद्वता गर्नु भएको थियो । ती सबै विषयमा अझै प्रतिवद्व नै हुनु हुनछ कि कम्परमाईज गरेर काम भई रहेकै छ ?

    :-मैले परिचयात्मक कार्यक्रममा गरेको प्रतिवद्वता पूरा गरे कि गरेन सय दिने रिपोर्टले नै धेरै कुरा बताएको छ। तपाईले सुन्नु भएका जानकारी लिनु भएका जति कुरा छन । त्यसबाट पनि अनुमान लगाउन सक्नु हुन्छ । मैले जुन जुन कुरा भने त्यो हिसावले आफुले बढि नै काम गरेको छु जस्तो लाग्दछ। आर्थिक प्रलोभनमा नपरेर कुनै दवावमा न परेर निश्पक्ष हिसावले कसैको सिफारिस दलाली वा पञ्चायती नगरिकन । पिडितले न्याय पाओस । सेवा पाओस भन्ने लक्ष्य  अनुसार नै  काम गरि रहेकाे छु। पहिलेको तुलनामा जिल्लामा विस्तारै भिडभाड घटदै छन । कुनै व्यक्तिले न्याय न पाएको गुनासो गर्ने अवस्था छ जस्ताे मलाई लागदैन । मैले हरेक केशमा आफैले पहल लिएर सम्बोधन गरि रहेको छु । त्यसको आधारमा मेरो सय दिनलाई समीक्षा गर्ने हो भने बोलेको भन्दा बढि नै गरेको छु जस्तो लाग्छ ।

    राैतहटमा  अब सरकार परिवर्तन सगै तस्करी खुलाउने भगिरथी प्रयास सुरु भएकोछ भन्ने गरिन्छ । अब तपाईं तस्करी राेक्न सक्नु हुन्छ ?

    :-सरकार जुनसुकै आएपनि गलत काम गलतै हो । भन्सार छलि चोरी तस्करी ,अपराध -अपराधै हो । सरकार परिवर्तन भयो अब त तस्करीका लाईन खुल्छ भन्ने कुरा मैले पनि सुनेको छु । यस्ता कुरा गरेर भ्रम सृजना गरेकाे छ । मैले त हिजोको भन्दा पनि झन कडाईका साथ जानू पर्ने हुन्छ । यहाँ बुझनु पर्ने कुरा के हो भने अपराध सधैं अपराध नै हो । त्यसैले जुनसुकै सरकार आएपनि  सेटिङ्ग गर्ने तस्करी गर्ने काम हुदैन । यसमा सरकार खाेल पनि भन्दैन बन्द गरपनि भन्दैन । यो त आफैमा आपराधको रुपमा व्याख्या भई सकेको विषयलाई कसैले पनि गर भन्दैन । यस्मा कसैले भम्र छर्न खोज्दै छ भने त्यो गलत हो।यस्ता अनावस्यक बिषयको पछि कोहि लाग्नुहुदैन।

    तपाईं एक जनालाई अलग राखेर बाँकिले सेटिङ् मिलायर तस्करी गरेको भए के गर्नु हुन्छ ? सधै भरी बन्दुक लिएर सिमानामा तपाईको ड्युटी त हुदैन ?

    :-जो चाैकी ईन्चार्ज भएर गएका छन । वहाहरुको आचारसंहिता बनाएका छाै । त्यो आचारसंहितामा दस्तखत गराएर मात्र चाैकीका ईन्चार्ज दिन्छाै । र म आफै पनि नेपाल सरकारले राजस्व चुहावटमा दिएको कडा निर्देशन अनुसार उनिहरुलाई ब्रिफिङ्ग गरेर पठाएको छु । तैपनि यदाकदा त्यस्तो गतिविधि भएको सुनियो भने म आफै वा डिएसपी साहेव मार्फत भेरिफाई गरेर समान पक्राउ गर्ने लगाएतका काम निरन्तर रुपमा गरि नै रहेको छु ।चाैकी ईन्चार्जको संलग्नता देखिए प्रमाणको आधारमा ठाउका ठाउ कार्वाही गर्ने । प्रमाण देखिएन चाेकी ईन्चार्ज हेरफेर गर्ने गरेको छु । त्यस्तो किसिमको कुरा आए भने गराउने व्यक्तिलाई म छोडदा पनि छोडदैन । प्रहरीलाई तथ्य र प्रमाण चाहिन्छ। रे को आधारमा प्रहरी चल्दैन। १५ वर्ष पहिलाको नेपाल प्रहरी र अहिलेको नेपाल प्रहरीमा धेरै परिवर्तन भई सकेको छ ।  पहिलाको आंखाले होईन नयाँ आखाले नेपाल प्रहरीलाई हेर्न र बुझ्न जरुरी छ । जनतामा जुन प्रहरी प्रतिको धारणा छ त्यो परिवर्तन हुन अझै समय लाग्दछ । हामी अझ राम्रो गर्दै जानेछौँ।

    सोमबार, साउन १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी
    म मेरा लागि होईन, बैतडीका जनताको लागि काम गर्ने छु : पाल

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation