• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, जेठ ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई पर्यटन व्यवसायसँग जोड्ने प्रयास

  • २. बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने तयारी

  • ३. भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय समिति गठन, १२ बुँदे माग अघि सारियो

  • ४. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • ५. अस्पताल बने, सेवा सुरु भएन

  • ६. सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

  • ७. एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान

  • ८. बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा

  • ९. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • १०. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी


  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित
  • लुम्बिनी, स्वर्गद्वारी जस्ता अद्धितिय ऐतिहासिक र पर्यटकीय सम्पदा सहितको प्राकृतिक विविधताले भरिपूर्ण यस लुम्विनी प्रदेशमा थुप्रै सम्भावनाहरु रहेका छन् । यी सम्भावनाहरुलाई चिनाउने प्रयास स्वरुप यस प्रदेशको औद्योगिक, पर्यटकीय, कृषिजन्य एवं विविध सांस्कृतिक तथा धार्मिक धरोहरहरुको प्रबद्र्धन एवं प्रचार प्रसारका माध्यमबाट साना ठूला लगानीकर्ताहरु भित्राउने, ऊर्जा उत्पादनमा जोड दिने, पर्यटन प्रवद्र्धन गर्ने, कृषिजन्य उद्योग स्थापनाका लागि वातावरण निर्माण गर्ने र लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने उद्देश्य सहित प्यूठान उद्योग बाणिज्य संघले २०६५ सालदेखि स्वर्गद्धारी प्यूठान महोत्सव संचालन गर्दै आइरहेको छ। यस वर्ष यहि फागुन ४ गतेदेखि १४ गतेसम्म गणतान्त्रिक खेलमैदान विजुवार प्यूठानमा लुम्बिनी प्रदेश स्तरीय कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला स्वर्गद्धारी प्यूठान पाँचौं महोत्सव २०७९ संचालन हुँदैछ । यसै विषयमा रहेर पत्रकार सुशील पोखरेलले महोत्सव मुल आयोजक समितिका संयोजक एवं प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपती नारायण नकर्मीसँग कुराकानी गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सारांश ः

    Advertisement

    महोत्सवको अन्तिम तयारी तथा व्यवस्थापन कसरी भइरहेको छ ?

    माघ ४ गते जुम्रि प्यूठानमा सर्वपक्षिय भेला गरी महोत्सव संचालन सन्दर्भमा सल्लाह सुझाव लिने काम भयो । भेलाले मुख्य आयोजक प्यूठान उद्योग बाणिज्य संघ भएकाले मेरो नेतृत्वमा मूल आयोजक समिति गठन गरेको छ भने राजनीतिक दल तथा माननीय सांसद ज्यूहरुको नेतृत्वमा सल्लाहकार समिति, जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षक ज्यू सम्मिलित संरक्षक समिति गठन गरिएको छ । माघ ५ गते भएको मुख्य आयोजक प्यूठान उद्योग बाणिज्यको कार्यसमितिको पूर्ण बैठकले महोत्सव तयारी सम्वन्धी विभिन्न विधागत २० वटा उपसमितिहरु गठन गरी जिम्मेवारी प्रदान गरेको छ । सबै समितिका बैठकहरु बसी आवश्यक तयारी थालिएको छ । प्रचार प्रसारको काम भैरहेको छ । विज्ञापन, प्रायोजकहरु खोजि कार्य भैरहेको छ । धेरै भन्दा धेरै स्थानीय उत्पादनलाई महोत्सवमा ल्याउनका लागि सम्वन्धीत निकायसँग समन्वय भैरहेको छ । महोत्सव स्थलमा अस्थायी पूर्वाधार निर्माणको काम भैरहेको छ । महोत्सव स्थल नजिकै सचिवालय स्थापना गरी महोत्सव तयारी सम्वन्धी कामहरु भैरहेका छन् ।

    महोत्सवको खासै उत्साह आउन नसकेको देखिन्छ नी ?

    पक्कै पनि महत्वपूर्ण प्रश्न उठाउनुभयो, विगतका वर्षहरुमा जस्तो उत्साह नदेखिएको पक्कै हो । यस वर्ष टडकभडकलाई कमि गरेका छौं । सूचना प्रवाहलाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । वर्तमान अर्थतन्त्रको अवस्था बारे सबै जानकार नै छौं । यस सम्वन्धमा नेपाल सरकारले ठोस योजना ल्याउनु जरुरी नै छ । तरल अर्थतन्त्रको प्रत्यक्ष मारमा नीजि क्षेत्र नै छ । तथापी अर्थतन्त्रलाई चलायमान बनाउनका लागि नीति क्षेत्र सहकार्य गर्न तयार छ भन्ने देशभर संचालन भैरहेका मेला महोत्सवले पनि पुष्टि गर्दछ । जिल्लाको हकमा महोत्सव बारेमा गाउँगाउँमा स्थानीयहरु निक्कै उत्साहित हुनुहन्छ । स्थानीय कृषक, उद्यमीहरुलाई महोत्सवमा समेट्न गरिएको अधिकतम प्रयासले उहाँहरुमा उत्साह छ । कोरोनाको कारण जिल्लामा आर्थिक चलायमान हुन नसकेको अवस्थामा महोत्सवले थोरै भएपनि टेवा पुग्ने अपेक्षा गरेका छौं ।

     यो महोत्सवको मूल उद्देश्य के हो ?

    मुलभुत रुपमा झ्वाट्ट हेर्दा विक्रेता र क्रेताको जमघट, बाल उद्यानमा रमाइलो र कलाकाहरुको सांङ्गितिक प्रस्तुतीहरु महोत्सवमा देखिन्छ । यस बाहेक महोत्सवले जिल्लाको दिर्घकालिन विकासमा प्रभाव पारेको बारे हामीले सुक्ष्म रुपमा बुझ्न जरुरी छ भन्ने लाग्छ । विगतका महोत्सवहरुले उठान गरेका विषयहरुले जिल्लाको समग्र विकासमा प्रभाव पारेको तपाई हामीले प्रत्यक्ष अनुभव गर्न सक्छौं । उदाहरणको लागि स्वर्गद्वारी पुग्ने सडकको ट्रयाक खोल्ने काम, विजुवार–खलंगा चेम्वर मार्ग बनाउने कुरा, जेष्ठ नागरिक भवन बन्ने विषय, स्वर्गद्वारी बहुउद्देश्यीय धर्मशाला निर्माण, खेल मैदानलाई विकास गर्ने कुरा, सहिद पार्क निर्माण गर्ने विषय महोत्सवका उपलब्धीको रुपमा लिन सकिन्छ । दोहोरी, नृत्य, गायन, कविता जस्ता विधाहरुमा प्रतिभाहरुलाई महोत्सवले उजागर गर्ने गरेको छ ।
    त्यसै अनुसार यस पटक पनि महोत्सवलाई महोत्सवमा हुने नियमित गतिविधिसँगै थप उद्देश्य र विकासका एजेण्डाहरुलाई उठान गरिएको छ । नृत्य प्रतिभाका लागि प्यूठानका नौ वटै स्थानीय तह सम्म पुगेर नृत्य प्रतिभाहरुको खोजि भैरहेको छ । महोत्सव स्थलमै विशेषज्ञ सहितको निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागिएको छ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुको सम्मानका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । स्थानीय श्रोतमा आधारित उत्पादनहरुलाई बजारसँग जोड्ने र प्यूठानको पहिचानसँग जोड्ने प्रयास गरिएको छ । स्वर्गद्वारीलाई केन्द्रमा राखेर जिल्ला पर्यटकीय गन्तव्य र सम्भावनाहरुको खोजि गर्ने र यसलाई लुम्बिनी प्रदेशका लुम्बिनी, गुल्मी रिडि, अर्घाखाँची सुपादेउराली, गुल्मी रेसुङ्गा, दाङ बाह्रकुने दह लगायतका प्रदेश भित्रका पर्यटकीय गन्तव्यहरुलाई पर्यटकीय सर्किटको रुपमा विकास गर्नुपर्दछ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकासँग नजिक रहेको प्यूठानलाई राजधानीको विकाससगँ जोड्न सकिएमा जिल्लाको बृहत विकासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेका छौं ।
    महोत्सव खेल मैदानमा होइन भन्नेमा हामि सजग छौं । स्थायी प्रर्दशनी स्थल हुनुपर्ने र जिल्लामा बहुउद्देश्यीय बृहत सभाहलको आवश्यकतालाई परिपुर्ति गर्न जोडदार पहल गर्ने लक्ष्य लिएका छौं ।

     आर्थिक कारोवार र दर्शकको उपस्थितिका बारेमा महोत्सवको लक्ष्य के रहेको छ ?

    लामो समयको अन्तरालमा हुन लागेको महोत्सवलाई स्थानीयले निक्कै उत्साहका साथ लिएको हामीले महसुस गरेको छौं । यसलाई मध्यनगर गर्दै महोत्सवबाट राम्रो सिकाई दर्शकहरुले पाउनु पर्छ भन्ने हाम्रो पनि धारणा हो । यस पटक एक लाखले महोत्सव अवलोकन गर्ने हामीले विश्वास लिएका छौं । महोत्सवकै कारण जिल्लाभरमा करिव ८ करोडको आर्थिक चलायमान हुने हाम्रो अपेक्षा छ ।

     महोत्सवका मूल आकर्षण के हुन् ?
    ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुद्वारा दैनिक राष्ट्रभक्ति, चेतनामुलक, तथा मनोरन्जनात्मक लगायत विविध विधामा सांस्कृतिक प्रतिभा प्रदर्शनी, पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रदर्शन, स्थानीय कला संस्कृतिको प्रर्दशनी, ऐतिहासिक तथा परम्परागत सामग्रीको प्रदर्शनी, स्थानीय मौलिक खानाको चमेना गृह, जिल्लाको संस्कृति झल्काउने विविध झाँकि सहित ऐतिहासिक प्यूठानी सराँय नाँच प्रदर्शनी, यस क्षेत्रमा उत्पादित कृषि उपज, घरेलु, हस्तकला तथा लघु उद्यमका उत्पादनहरुको प्रदर्शनी, विभिन्न आकर्षक खेल सहित वाल उद्यान, प्यूठान डान्स आईडल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, महोत्सव डिजिटललाईजेसन जस्ता विषय महोत्सवका आकर्षणहरु हुन् ।

     महोत्सवबाट जिल्लाको पैसा बाहिरिने र सांस्कृतिक कार्यक्रमको नाममा भद्दा विकृत पक्ष भित्रिएको बुझाई छ नी ?

    हरेक विषयमा सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् नै । सबै सत प्रतिशत सहि छ भन्ने मलाई लाग्दैन । तर, गम्भिर विषय के हो भने हामी सकारात्मक विषयलाई कति ग्रहण गर्ने र नकारात्मक विषयलाई कति निरुत्साहित गर्ने भन्ने तपाई हामी सवैले मनन् गर्ने विषय हुन् । हो, यस्ता मेला महोत्सवबाट जिल्लाले के आम्दानी गर्ने, जिल्लाका उत्पादनले बजार कसरी पाउने, जिल्लाको कुन उत्पादन बाहिर पठाउन सक्ने, यहाँको उत्पादनले जिल्लाको पहिचानलाई टेवा पुग्ने विषय के हो ? जस्ता विषयहरु हाम्रा मुलभुत एजेण्डा बन्नुपर्छ । यो विषय अहिले नै हुन्छ, आज नै हुन्छ वा भोलि नै हुन्छ भन्ने होइन, यो निरन्तरताको विषय हो । हामीले नियमित रुपमा हाम्रो उत्पादनलाई कसरी अगाडी बढाएका छौं भन्ने हो । जुन विषय हामीसँग छैनन् त्यस विषयमा पैसा बाहिर जान्छ भन्ने कुरा सत्य हो । त्यसलाई पनि कम गर्दै हामीले के पठाउन सक्छौं, आउनुहोस् खुला छलफल गरौं त्यस प्रवद्र्धनका लागि महोत्सव सदैव सकारात्मक छ । अर्काे विषय सांस्कृतिक कार्यक्रमको नाममा जुन भद्दा विकृत भन्ने विषय उठाउनु भएको छ । यस प्रति हामि गम्भिर छौं । अधिकतम सच्चाउने प्रयत्न हाम्रो हुने नै छ ।

    विगतका महोत्सवहरुबाट के के सिकाई भयो भन्ने लाग्छ र जिल्लावासीले अपनत्व ग्रहण गर्न के कुरामा जोड दिइएको छ ?

    मैले अघि पनि उल्लेख गरे, महोत्सव एउटा रमाईलो मेलासँगै जिल्लाको विकासमा एजेण्डा स्थापित गर्न सफल भएका छौं भन्ने लाग्छ । म आदरणिय जनप्रतिनिधि ज्यूहरु र राजनीतिक दलका नेताहरुलाई स–सम्मान सम्झन चाहन्छु । जिल्लाका विकासको मुद्धामा एक ठाँऊ उभ्याउने एउटा संयन्त्रको रुपमा महोत्सव स्थापित भएको छ भन्ने लाग्छ । उहाँहरुले त्यस अनुरुपको सहयोग, सुझाव दिने पनि गर्नु भएको छ । यस पटक हामी कोइलावास–भालुवाङ–भिमगिठे–मुक्तिनाथ हुँदै लोमाङथाङ जोड्ने त्रिदेशिय मार्ग निर्माणको काम छिटो भन्दा छिटो होस् भन्ने चाहन्छौं । नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण प्रक्रिया कार्यान्वयन चरणमा शुरु होस् भन्ने चाहन्छु । स्वर्गद्धारीलाई केन्द्रमा राखेर यहाँको पर्यटकीय विकास केवुलकार, विमानस्थल जस्ता पूर्वाधार विकास होस् भन्ने चाहन्छौं । यी योजनाहरु नेपाल सरकारका योजनाहरु हुन् । यससलाई छिटो सुरुवात गर्ने, यसमा नीजि क्षेत्र सहित जिल्लावासीहरुको सहभागीता गराउने । यि हाम्रा साझा एजेण्डा हुन् ।

     अन्त्यमा केहि भन्नु पर्ने छ  की ?
    महोत्सवबाट संकलन भई वचत हुन भएको रकमबाट प्यूठान बाणिज्य हल र प्रदर्शनी स्थल नेपाल सरकारको सहकार्यमा अगाडी बढाईनेछ । यस कार्यका लागि स्थानीय तह, प्रदेश सरकार र प्रतिनिधि सभाका जनप्रतिनिधि ज्यूहरु, राजनीतिक दलका नेता ज्यूहरुमा अनुरोध गर्दछु । साथै सवै सञ्चार माध्यम र सञ्चारर्मीहरुलाई महोत्सवको प्रचारसँगै विकास निर्माणमा सधैव कलम चलाउन आव्हान गर्दछु । सम्पूर्ण आम जिल्लावासी एवं छिमेकी जिल्लावासीहरुलाई महोत्सव अवलोकन गरी यसलाई अत्यधिक उपलब्धीपूर्ण बनाउन यहाँहरुको महत्वपूर्ण सुझाव र रचनात्मक सहयोगको अपेक्षा गर्दछु ।
    धन्यवाद ।

    आजको हाम्रो एकता साप्ताहिकबाट

    आइतबार, माघ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    लोकप्रिय

    • १.
      गढवामा ७ दिने होमस्टे तालिम सुरु, स्थानीयलाई

    • २.
      बिहारबाट ६ नेपाली बालबालिका उद्धार, स्वदेश फर्काउने

    • ३.
      भूमिहीन सुकुम्बासीको बुटवल भेला : ७५ सदस्यीय

    • ४.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • ५.
      अस्पताल बने, सेवा सुरु भएन

    • ६.
      सर्प उद्धार गर्दै जनचेतना फैलाउँदै रमेश

    भर्खरै

    • १.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • २.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ४.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ५.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    • ६.
      लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

    • ७.
      प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

    • ८.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation