• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • ८. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ९. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा


  •   मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
  • प्यूठानको सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर विश्वकर्मा दोस्रो पटक निर्वाचित  जनप्रतिनिधि हुन्। शिक्षण पेशा छोडेर उनी राजनितिमा होमिएका हुन। २०७४ मा पनि उनले चुनाव जितेर सरुमारानीको नेतृत्व गरे। उनको दोस्रो कार्यकालमा भएका विकास निर्माण तथा अन्य गतिबिधिका बारे हाम्रा साथी शसिधर भण्डारीले गर्नुभएको प्रस्तुती ।

    Advertisement

    १. तपाइले सरुमारानी गाउँपालिकाको अध्यक्षको जिम्मेवारी सम्हालेको यो दोस्रो कार्यकाल हो।के कस्ता योजनाहरु पुरा भए?

    हामी निर्वाचित भएर आउँदा खेरि हाम्रो आफ्नो कार्यालयहरु थिएन । वडा कार्यालयहरु पनि थिएन । यस्तो दयनीय अवस्थाको बिचमा अझ कोभिडले झन् पिडा दियो । हाम्रो पहिलो कार्यकाल साच्चै नै चुनौती पूर्ण अवस्थामा बित्यो।  विद्यालयको खाली कोठाबाट हाम्रो कार्यालय सुरुवात गरेका थियौं ।  अहिले आएर हाम्रो आफ्नै प्रशासकीय भवन बनेको छ । सबै वडाहरुमा वडा कार्यालय बनेका छन् । आफ्नै सभाहाल पनि निर्माण भएका छन् ।  भौतिक पूर्वाधार, सामाजिक बिकासका क्षेत्रमा, कृषी, पशुपालनको क्षेत्रमा हामीले केही कामहरु आरम्भ गरेका छौ ।

    २. तपाइले किसानसँग गाउँसरकार र छोरी पेवा बचत जस्ता नौलो कार्यक्रमको सोच कसरी ल्याउनु भयो ?

    यो कार्यक्रमको सोंच चाँही हामीले अनेत्र स्थानीय तहहरुको देखेर, सुनेर, ल्याएको होइन । हामीले हाम्रो आफ्नै सरुमारानीको विशिष्ट प्रकृतिमा यहाँका छोरीहरुको अवस्थालाई अध्ययन गरेर, यहाँ पशुपालनको अवस्थालाई अध्ययन गरेर, यसबाट हामीले किसानसँग गाउँ सरकार कार्यक्रम र छोरी पेवा बचत कार्यक्रम लागु गर्नु पर्छ भनेर दीर्घकालीन कार्यक्रम सुरुवात गरेका हौ । किसानहरु सँग स्थानीय सरकार जोडिने भन्ने हो ।  खास गरि यहाँको समस्या भनेको बालबिवाह नै हो । पढ्दा पढ्दै बिद्यालय छोड्ने, बिद्यालय नजाने, यी यस्ता समस्याको कारण नै छोरी पेवा बचत कार्यक्रमको जन्म भएको थियो । नानीहरुको लागि हामीले स्थानीय २ वटा सहकारी मार्फत छोरी पेवा बचत कार्यक्रम थालेको हौं ।

    ३. पहिलो कार्यकालमा अघि सारेका ‘एक घर एक खाने पानी’  योजना अन्तर्गत हंसपुर बृहत खानेपानी योजना अलि बढी महत्वकांक्षी भयो भन्नेहरु पनि छन् । कहाँ पुग्यो योजना कहिले आउछ पानी ?

    अत्यन्त सान्दर्भिक कुरा उठाउनु भयो । हंसपुर गाउँको प्रमुख  समस्या भनेको नै खानेपानी हो ।  मरो बाल्यकाल र किशोरकालमा डोकोमा पानि बोकी बिताएको हुनाले त्यो कुरा म राम्रो सँग जानकार छु ।  त्यहाँ केही मानिसहरुले बस्न दिन सक्ने, खान दिन सक्ने तर पानी दिन नसक्ने अवस्था भएको हुँदा पानीकै समस्याका कारणले गर्दा छोरीहरु बाहिर बिवाह गरेर जाने छोराहरुलाई बिहे गर्न पनि गाह्रो हुने परिस्थिति पनि एक हो ।  हामीले खानेपानी योजनाका लागि सुरुमा ६० लाखको बजेट विनियोजन गरेर सुरुवात गरेका हौ ।  त्यो योजनाको लक्ष्य ५ सय भन्दा बढी घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य थियो । पछि प्रदेश सरकारले आधा भन्दा कम घर धुरीमा खानेपानी पुर्याउने योजना पार्यौ र बाकी ३ सय ५० घर धुरीमा हामिले निरन्तरता दियौ । योजनाको रकम ठुलो भएपछि ठेक्का प्रकियामा गयो ठेकदारले १ बर्षमा हुने काम २ बर्ष पु¥ययाो । यसै बिचमा कोभिड सुरु भयो ।  हामीले ३ बर्षमा सम्पन्न गर्ने अवस्था रहेन र यस योजना छैटौ वर्षमा चलिरहेको छ ।  माडी नदीबाट लिफ्ट गरेर हंसपुरका अग्ला अग्ला चुचुरोमा पानि परिक्षण गरेर केही घर धुरिहरुमा धारा जडान गरि सुरुवात गरेका छौ । अब यस आर्थिक बर्ष भरिमा सबै घर धुरिहरुमा पानी पु¥याउने लक्ष्य छ ।

    ४– यस गाउँपालिका घुम्न लायकका  पर्यटकीयस्थल छन् ति स्थलहरुको बिकासका लागि पालिकाले के कस्ता कामहरु गरिरहेको छ ?  

    हामीले पर्यटन सम्बन्धि खास गरेर पर्यटन प्रवर्धन गर्न स्वर्गद्वारी घुम्न आउने पर्यटकहरुलाई यस गाउँपालिकामा भएको पर्यटकीय स्थलहरुको अवलोकन गर्ने क्रममा छौं ।  बडडांडा देखि पुर्व तिर १ किलोमिटरमा रहेको शान्ति पार्क, रानीकुवा निर्माण गरेका छौं ।  जहाँ ३ सय जना अट्ने सभाहल निर्माण गरेका भएको छ ।  पार्क भित्र बेन्चहरु छन्, बर पिपल र स्वामीका बोटहरुमा मौलिक रुप झल्कने चौपारी बनाएकोमा छौ । आगामी आर्थिक बर्षमा यो योजनालाई प्रदेश समपुरक योजनाको रुपमा राखेका छौं ।  आगामी आर्थिक वर्षमा ०८०÷०८१ मा गाउँपालिकाको ५० लाख बिनियोजन हुनेछ । यस पार्कमा सभा गर्न सकिने, योग ध्यान गर्न सकिन्छ ।  अन्य बिभिन्न कार्यक्रम गर्न सकिने गाउँपालिकाको केन्द्रको नजिक रहेको हुनाले आन्तरिक पर्यटक तथा स्वर्गद्वारी दर्शनका लागि आउने पर्यटकहरु यस ठाउँमा अवलोकन गर्न प्रोत्साहन गर्छ । यस पालिका भित्र रहेका पर्यटकीयस्थल किमिचौर दह, पुठा दरबार, सरुमारानी लेक, सहिद मदन आश्रित पार्क  जस्ता ठाउँहरुमा मोटर बाटो स्तरउन्नती गर्ने ।  सिढी बनाउने, पानी पु¥याउने चौपारी निर्माण गर्ने र कतिपय कामहरु भइसकेको र पुरा गर्ने तयारीमा छौ ।  यस पालिकालाई धार्मिकस्थल तथा पर्यटन गन्तव्यको रुपमा बिकास गरेका छौ ।

    ५. कृषि, शिक्षा, स्वास्थ्य र खेलकुदमा के कस्ता काम भएका छन् ?

    हामी निर्वाचित भएर आउँदा बिद्यालयमा दरबन्दी आभाव हुँदा जनताले बार्षिक चन्दा उठाएर नीजि  श्रोतमा शिक्षक राख्ने विद्यालय ब्यापक परिपाठी रहेको थियो ।  त्यसरी कार्यरत नीति श्रोतका शिक्षक हरुलाई हामीले गाउँपालिकाको दरबन्दी कायम गरेर अनुदान शिक्षकका रुपमा व्यवस्थापन गरेका छौ । करिव ७० भन्दा बढी शिक्षकहरु रहेका कम दरबन्दी रहेको छ । १० वटा बालविकासको स्थापना गरेकाछौं ।  भौतिक  पूर्वाधारको काम गरेको छौ। शिक्षा क्षेत्रमा ६२ जना जनशक्ति तयार गरेका छौं । केन्द्र सरकार र प्रदेश सरकारबाट आएका कार्यक्रमहरु गरेका छौं । क्ष्ऋत् सम्बन्धि तालिम संचालन, बालविकास बिद्यालयहरुमा मन्टेन्श्वोरीमा तालिम संचालन गर्ने, सुचना प्रबिधि युक्त भएका छन् । विद्यालयहरुमा ल्यापटप, प्रोजेक्टर र इन्टरनेट प्रक्रिया अघि बढाईएको छ।शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेका छौं ।  त्यस्तै गरि स्वास्थ्य क्षेत्रमा  वडा १ को बांगेशालामा एम.बि.बि.एस डाक्टर राखेका छौं ।  १० सैयौं  अस्पतालको लागिे १६ रोपनी भन्दा बढी जग्गा दाताहरुबाट सहयोग पाएका छौ ।  अलि विकट ठाउँमा परेकाले लागत धेरै हुने हुँदा टेन्डर प्रक्रियामा रहेको छ । ३ वटा ल्याव सेन्टर स्थापना गरेका छांै । ६ वटा बर्थिंग सेन्टर बनाएका छौ । नयाँ  एम्बुलेन्स खरिद गर्ने प्रक्रियामा अधि बढाएका छौ ।  स्वाथ्य केन्द्र स्थापना भएका छन् । त्यस्तै गरि कृषि क्षेत्रमा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कृषि तथा पशु उद्यम परियोजना संचालन गरेका छौ । जसले गर्दा गाउँ–गाउँमा यान्त्रिक मिनिटिलर पुर्याउने, आधुनिक बाख्राका खोरहरु निर्माण गर्ने, हेफर मार्फत सहयोग २ वटा सहकारी थिए एक थप गरि ३ वटा बनेका छन् । यस महिला सहकारीले सरुमारानी  भित्रका किसानले बिना धितो १० लाख सहुलियतमा ऋण पाउने छन ।  यस बर्षबाट हामीले कृषि तथा पशुपन्छी विकास श्रोत केन्द्र स्थापना गर्ने भएका छौ ।  यस श्रोत केन्द्र स्थापना भएपछि किसानहरुले रोजगार पनि पाउने र कृषि उद्यमशिलतामा प्रवर्द्धन गर्ने कोशिस गरेका छौ ।

    ६. तपाईको नेतृत्वमा गाउँ सरकार भईरहदा लगातार बेरुजु शुन्य बनाउन सफल हुनुभयो। यस सफलतामा तपाइको अनुभव कस्तो रहयो ?

    अन्त्यन्तै महत्वपूर्ण प्रश्न गर्नु भयो । गएको आर्थिक वर्षमा देशमा रहेका  ७ सय ५३ स्थानीयतहहरु मध्ये   प्यूठानका २ वटा स्थानिय तहले जिल्लामा बेरुजु शुन्य पारे । त्यस मध्ये सरुमारानी पनि एक हो । अब मेरो लक्ष्य भनेको  दश वर्षसम्म बेरुजु शुन्य गाउँपालिका बनाएर निस्कने हो त्यो पनि सफल हुनेछ । मेरो एकल प्रयासले मात्र हुँदैन । सम्पूर्ण उपभोक्ता समिति, कर्मचारी, जनप्रतिनिधि, सुशासनमा  प्रतिबद्धता हुनुपर्छ । कुशल पुर्व प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मी र त्यहाँको टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु ।  जनप्रतिनिधि र कर्मचारी बीच सुशासन कायम हुने हो भने बेरुजु सम्भव हुन्छ ।

    ७. अब नयाँ आर्थिक वर्ष सुरु हुदैछ कस्ता योजनालाई प्राथामिकता दिनु भएको ?

    हामीले शुरुवात गरेको पूर्वाधारहरुको योजनाहरुलाई सम्पन्न गर्ने छौ।खास गरी  कृषि, पशुपन्छीको श्रोत केन्द्रको स्थापना गर्न तर्फ ध्यान केन्द्रित भएका छ ।  गाउँपालिकाको केन्द्र जोड्ने वडा नं. ६ को बुढीचौर मुर्कुटी मोटर बाटोको नयाँ ट्रयाक खोल्ने र कृषि, पशुपन्छीमा हेफर कार्यक्रममा जोडेर पशु क्षेत्रमा उल्लेखनीय परिणाम निकाल्ने योजनामा छौं ।  सिचाई तथा खानेपानीमा जोड दिने, पर्यटकीय गन्तव्य स्थलहरुको बिकास गर्ने, शिक्षा क्षेत्रमा अनुगमन, मूल्यांकन र निरीक्षणको पद्दतिलाई प्रभावकारी बनाउने योजना मुख्य प्राथमिकतामा रहेको छ ।

    ८. अबको ४ बर्ष पछि गाउँपालिकाबाट बिदा भएर जाँदा कस्तो सरुमारानी छोडेर जानुहुन्छ ?

    खास गरेर सबै बस्तीहरुलाई सडक संजालले जोड्ने । बिद्यालयका शैक्षिक गुणस्तरलाई सुधार गर्ने । छोरी पेवा बचत कार्यक्रम लगायत पछाडी परेका जाति तथा बर्ग समुदायहरुलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउने ।  १० वर्षमा बेरुजु शुन्य बनाउने । स्वाथ्य क्षेत्रमा यस गाउँपालिका जनताको पहुँच पुर्याउने । खेती योग्य जमिनमा आधुनिक तरिकाबाट खेती प्रणाली विस्तार गर्ने । सरुमारानीलाई जिल्लाको कृषि केन्द्रको हब बनाउने र अन्त्यमा सम्बृद सरुमारानी निर्माण गरेर बिदा हुनेछु ।

    मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार
    लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल
    बुटवल–नारायणगढ सडक विस्तार अन्तिम चरणमा
    मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा
    लुम्बिनी प्रदेश सरकार आफ्नै प्रशासनिक भवनमा, एकै परिसरबाट सेवा सुरु
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation