• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

लोकप्रिय समाचार

  • १. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • २. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ६. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ७. प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

  • ८. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ९. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • १०. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर


  •   मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
  • सन् १९७९ मा रोल्पाको मिरूल गाउँमा जन्मिएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले दुवै खुट्टा गुमाएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछी अहिले सबैतीर उनको चर्चा छ। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथाको सफल आरोहण गर्नुभएको हो
    उहाँले सन् २०१० मा ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा तालिबानको एम्बुसमा परेर दुवै खुट्टा गुमाउनुभएको थियो। उहाँले घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो सगरमाथा आरोही बन्दै विश्व कीर्तिमान बनाउनुभयो। कीर्तिमानि आरोही हरिबहादुर संग पत्रकार मोहन बास्तोलाले गर्नुभएको कुराकानी :

    Advertisement

    यहि जेठ ५ गते दिउँसो ३ बजेर १० मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्दाको अनुभूति कस्तो भयो ?

    करीब १ सय मिटर जति बाँकी रहेपछि अब त जसरी पनि पुगिन्छ भन्ने भयो र म अलिक इमोशनल भएँ । मैले पाँच वर्षमा परिवार र मेरा धेरै कामलाई थाती राखेर, धेरै कुराको चुनौति लिएर र भोगेर त्यहाँ पुगेको थिएँ । मलाई त्यहाँसम्म पुग्न धेरैको साथ, सहयोग र समर्थन रहेको थियो । त्यसले पनि मलाई बढी ‘इमोशनल’ बनायो । सबै कुरा चुचुरोमा पुगेपछि सम्झिएँ । मेरो आँखाबाट आसु झरे । तर, ती आसु बरफ बने । हामी चुचुरामा पुगेपछि हावा र हिउँ आयो। एकदमै चिसो बनायो ।

    समिटमा पुगेपछि एकदम मज्जाले कराउने, नेपालको झण्डासँग नाइस फोटो खिच्ने, त्यसपछि मलाई सहयोग गर्नेहरुको संस्थाको झण्डासँग फोटो खिच्ने, एकछिन आँखा चिम्लिने अनि उपलब्धीको अनुभूति लिने सपना मैले देखेको थिएँ । तर, त्यहाँ हावाहुरी चलेको छ, हाम्रो अक्शिजन सकिदैँछ । त्यस्तो अवस्थामा पनि मैले सबैलाई ‘हाइफाइव’ दिएँ । मलाई सहयोग गर्ने शेर्पाहरुसँग हग गरेँ । अनि बच्चा जस्तै क्वाँक्वाँ रोए । त्यसपछि हामीले केही तस्बिर खिच्यौँ । केही तस्बिर खिचेपछि सबैको क्यामेरा अफ भयो । कसैको पनि क्यामेराले काम गरेन । दुई वटा गोप्रो लगेका थियौँ । एउटाले काम गरेन । एउटा गोप्रोले काम गरेपछि केही फुटेजहरु खिच्यौँ । त्यतिबेलासम्म हाम्रो अक्शिजन सकिदैँ थियो । सबै भन्दा बढी चिन्ता कसरी जति सक्दो छिटो तल झर्ने र चौथो शिविरमा पुग्ने भन्ने थियो ।

    मैले सगरमाथाको चुचुरामै रहेका बेला सेटलाइट फोनबाट श्रीमतीलाई फोन गरेँ, उठेन । त्यसपछि मैले मेरो म्यानेजरलाई फोन गरेँ । उसले फोन उठायो । मैले उसलाई हाम्रो अक्शिजन सकिन लागेको छ । जतिसक्दो छिटो चौथो शिविरबाट माथि पठाइ दिनुहोला भनेर म्यासेज गरिदिनु भने । उहाँले सायद हावा चलेर होला समिट (शिखर) र अक्शिजन भनेको मात्रै सुन्नु भएछ । हामी जतिसक्दो छिटो तल भर्यौ । त्यतिबेलासम्म दुई जना शेर्पाको अक्शिजन सकिन लागेको थियो । उनीहरु ज्यान बचाउन तल झरे । हामी तीन जना विस्तारै–विस्तारै हिँडेर तल आयौँ । दक्षिणी चुचुरोको तल झर्ने वित्तिक्कै मेरो पनि अक्शिजन सकियो । हाम्रो समूहको नेतृत्व गर्ने निग्मा शेर्पाले मलाई अक्शिजन दियो । हामी घस्रिदैँ ‘साउथ पोल’मा पुग्यौँ ।

    तपाईँलाई सगरमाथाको चुचुरोमा पुग्दा आफ्नै खुट्टाले हिउँको स्पर्श गर्न पाए हुन्थ्यो भन्ने लागेन ?

    मलाई त्यस्तो लागेन । मैले दुबै खुट्टा गुमाएको १३ वर्ष भयो । मेरा लागि कृत्रिम खुट्टा लगाएर हिँड्न सामान्य भैसक्यो । आफ्नै खुट्टाले हिँउको स्पर्श गर्न पाए हुन्थ्यो कहिल्यै लागेन ।

    कृत्रिम खुट्टा नै मेरो साहारा हुन् भन्ने तपाईँलाई शिखरमा पुग्दा पनि अनुभूति भयो ?

    हो, मेरालागि यो नै दिनचर्या हो । एउटा स्मरण तपाईँलाई सुनाउन चाहन्छु । केही वर्ष पहिला म एक जना पत्रकार साथीलाई जावलखेलमा पर्खेर बसिरहेको थिएँ । मेरै उमेरको एक जना महिला (जो हेर्दै निर्दोष जस्तो देखिनुहुन्थ्यो) ले मेरो छेउमा आएर ‘ओहो ! तपाईँको नक्कली खुट्टा रहेछ है’ भन्नुभयो । मैले ‘हजुर छ’ भने । उहाँले मलाई फेरि प्रश्न गर्नुभयो– ‘तपाईँ पाइन्ट लगाउनु हुन्न, तपाईँले पाइन्ट लगाउनु भएको भए त नर्मल देखिनुहुन्थ्यो होला नि ?’ मैले मेरा लागि यहि नर्मल हो भने । फेरि उहाँले ‘पाइन्ट लगाएको भए त नर्मल देखिन्थ्यो होला नि !’ भनेर सोध्नुभयो । उहाँको मनसायचाँहि लुकाएको भए हुन्थ्यो । नदेखाएको भए हुन्थ्यो । लुकाएको भए अरुले विचरा भन्ने थिएनन् भन्ने थियो होला भन्ने लाग्यो।

    त्यस्तै अर्को मेरो बच्चालाई ‘ड्रप पिकअप’ का लागि विद्यालय जाँदा पनि त्यस्तै अनुभव बटुलेको छु । साना–साना बच्चा निर्दोष हुन्छन् । उनीहरुले ठूलो खुट्टा लगाएर गयो भने अर्कै व्यवहार गर्छन् । सानो छोटो खुट्टा लगाएर जाँदा पेनगुइन जस्तो हिँडेको देख्दा रहेछन् । त्यो बेलामा अर्कै व्यवहार गर्छन । म ह्वीलचेयरमा गएँ भने अर्कै व्यवहार गर्छन् । साना खुट्टा लगाएर जाँदा बच्चाहरुले ‘मम, मम लुक एट दिस् फन्नी म्यान’ भन्छन् । कहिले ‘लुक एट दिस् रोवर्टम्यान’ भन्छन् । यो के–हो भने मेरा लागि यो सामान्य भयो, कसैका लागि त्यो सामान्य नहोला । म घाइते भएपछि मेरा साथीहरुले समेत अर्कै व्यवहार गर्थे । मैले त्यतिबेला उनीहरुलाई भन्थेँ– ‘म तिमीहरु जस्तै मान्छे हो । मेरो दिमाग, मेरो मन तिमीहरुकै जस्तो छ । यति हो कि मेरो खुट्टा छैन ।’ मलाई तपाईँहरुले केही फरक व्यवहार गर्नु पर्दैन भन्थेँ । मेरा लागि यो सामान्य चिज भयो । मैले यसलाई स्वीकार गर्नुपर्छ । यो बाहेक मसँग अरु विकल्प पनि छैन । तर, के–हो भने । घाइते भएपछि मैले मेरो जीन्दगीलाई फरक ढंगले सोच्ने मौका पाएँ । सायद त्यहि भएर होला म अहिले अरु भन्दा फरक ढंगले सोच्छु ।

    तपाईँलाई सगरमाथाको चुचुरोमा पुगेपछि पहिलो खुशी श्रीमतीलाई सुनाउन चाहन्छु भन्ने खुलदुलीचाँहि कस्तो थियो ?

    परिवार भनेपछि जहिल्यै मेरो पहिलो प्राथमिकता हुन्छ। किनभने, दुःखको समयमा आफ्नो साथमा उभिने जिम्मेवार छन् भने त्यो परिवार मात्रै हुन्छ । अन्तिम समयमा श्वास जाने बेलामा नाम, इज्जत, पैसा केहीले काम गर्दैन । त्यतिबेला हामीलाई आफूलाई माया गर्ने मान्छे, साथीभाई र परिवार आफ्नो छेउमा होस् भन्ने लाग्छ । हामी त्यो चाहन्छौँ । म दुई–तीन पटक मृत्युको मुखबाट निस्केको मानिस हुँ । त्यसैले के महत्वपूर्ण हो भन्ने मैले बुझ्ने मौका पाएको छु । मेरो परिवारले कहिले बुझ्छन कहिले बुझ्दैनन । त्यो आफ्नो ठाउँमा छ । मेरो बुझाई के–हो भने परिवार पहिलो प्राथमिकतामा हुनुपर्छ । श्वास जाने बेलामा चाहिने भनेको परिवार र साथीभाइ नै हो ।

    सगरमाथाको चुचुरो चुम्छु भन्ने तपाईँको आत्मबलचाँहि के–हो ?

    आत्मबल जादूको छडी जस्तो होइन । धेरै ठूलो मेहनत, परिश्रम, दुःख, कष्टबाट मात्रै प्राप्त हुन्छ । म घाइते भएपछि केही समय एक्लै शौचालय जान, ब्रस गर्न सक्दिनथेँ । खाना पकाएर खान र भित्रबाहिर गर्न सक्दिनथेँ । जब म भूईँबाट ह्वीलचेयरमा चढेँ । ह्वीलचेयरबाट कारमा चढाउन सक्ने अवस्था भयो । म एक्लै शौचालय जाने, नुहाउने, ब्रस गर्न सक्ने भएँ । म विस्तारै सफल हुँदै गएँ । त्योसँगै मेरो ‘प्राइमेसी मेन्टेन’ भयो । विस्तारै स्की, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल जस्ता खेलमा सहभागी हुन थाले । एउटापछि अर्को, अर्कोपछि फेरि अर्को गर्दै जाँदा ममा झन्झन् आत्मविश्वास बढ्दै गयो । जीवनमा सबै भन्दा महत्वपूर्ण कुरा भनेको आत्मविश्वास हो । तपाईँसँग आत्मविश्वास छ भने तपाईँमा भएको डर हराएर जान्छ । आत्मविश्वास छैन भने हरेक कुरामा तपाईँ शंका गर्न थाल्नुहुन्छ ।

    पहिलो कुरा त्यहि आत्मविश्वासले तपाईँलाई सगरमाथाको चुचुरोसम्म पुर्यायो ?

    दोस्रो भने सगरमाथा चढ्ने हरेक व्यक्तिको आ–आफ्नै कारण हुन्छन् । मेरो पनि व्यक्तिगत कारण थियो । त्यो भनेको अपाङ्गता भएकाहरुका लागि जागरण अभियान चलाउनु । त्यो किन भने ? म आफैँ केही वर्ष जनचेतनाको अभावमा समय व्यथित गरेको व्यक्ति हुँ। म कुनै समय आत्महत्या गर्नेसम्मको सोँच बनाएको व्यक्ति हुँ । मैले धेरै कुरा भोगेको छु । अझ नेपालको सन्दर्भमा जनचेतना जरुरी छ भन्ने ठानेर मैले सगरमाथाको आरोहण गरेको हो ।

    मलाई विदेशी साथीहरुले उत्तरी बाटोबाट हिमाल चढौँ। आधार शिविरसम्म त गाडी जान्छ । दोस्रो शिविरसम्म त चौँरी नै जान्छ । उताबाट बाटो पनि छोटो छ भन्नुभएको थियो । तर मैले म नेपाली हुँ नेपालबाट चढ्छु भनेर चढेको हुँ । भावना र भावुकता भन्ने यस्तो चिज हो त्यसका लागि मानिस ज्यान फ्याल्न पनि तयार हुन्छ । चढ्नैपर्छ भन्ने भावनाले मलाई सगरमाथाको चुचुरोसम्म पुग्ने आत्मविश्वास जगायो । देशको शीर उच्च राख्नुपर्छ भन्ने मनोभावना र देशप्रतिको मायाले म चुचुरो चुम्न सफल भएँ । म भगवानमा विश्वास गर्दिन तर, मलाई सहयोग गर्ने सबै भगवानको प्रेरणाले पनि मलाई हरेक सफलतामा साथ दियो ।

    दुबै खुट्टा भएकाहरु चुचुरोमा नपुगी लास बनेर फर्किका इतिहास छन् । दुबै खुट्टा गुमाएर पनि तपाईँले कीर्तिमानी राख्नु भएको छ । कस्तो अनुभूति भएको छ ?

    सगरमाथा आरोहमा कुनै पनि घटना भयो वा चिप्लियो भने तान्न सजिलो होस् भनेर साथीहरुले मलाई डोरीमा बाँध्नु भएको थियो । कतै भर्याङ राखेर त कतै ठूला–ठूला हिउँका पहाडहरुमा डोरी टाँगेर हामी उकालो गयौँ। कतै गहिरा हिउँ खल्डाहरु त कतै दलदले हिउँहरुमा भाँसिदैँ म चुचुरोसम्म पुगेँ । दलदले हिउँमा मेरो घुँडा नहुँदा भासिएपछि धेरै कठिन हुन्थ्यो । त्यस्ता कठिन अवस्थालाई पनि पार गर्दै म चुचुरोमा पुगेँ । आधार शिविरबाट पहिलो शिविरमा पुग्न ११ घण्टा लाग्यो । पहिलो रात हामी त्यहिँ सुत्यौँ । पहिलो शिविरबाट दोस्रो शिविर पुग्न चार घण्टा लाग्यो । दोस्रो शिविरबाट तेस्रो शिविरसम्म लामो खुट्टा लगाएर गएँ ।

    तेस्रो शिविरबाटचाँहि एकदमै ठाडो उकालो छ । हामी तेस्रो शिविरमा एकरात सुत्यौँ । तेस्रो शिविरबाट बिहान तीन बजे उठेर हिड्यौँ । तेस्रो शिविरबाट चौथो शिविरमा जाँदा दुई वटा लास तानेर ल्याउँदै रहेछन् । ओहो ! माथि कति खतरा छ भन्ने त्यसले पनि संकेत गथ्र्यो । तर, पनि त्यो लास जसरी मेरो लास घिसार्ने अवस्था नहोस भन्दै आत्मबल बढाउँदै चुचुरोतिर उक्लिरहेँ । त्यहाँ ढुंगा, हिउँ ओहो ! त्यो कल्पना गर्दा पनि ओहो ! यसरी हामी चौथो शिविरमा साँझ ६ बजे पुगेका थियौँ । एकछिन बस्ने अनि समिटका लागि जाने भन्छ्न साथीहरु । मलाई त सकिन्न कि जस्तो लागेको थियो । तर, अन्तिम दिन हो, हिम्मत हार्दिन पाँच वर्षमा एक दिन आएको छ । त्यो दिनका लागि हिम्मत हार्नुहुन्न भनेर आत्मविश्वास बढाएँ । हामी ८ः३० मा जाने तयारीमा थियौँ । सामान मिलाउदा ९ः ५० भयो । हामी रातभरी हिँड्यौँ ।

    बाल्कोनी पुग्नेबेलामा उज्यालो भयो । बाल्कोनीबाट पाँच जना साथीहरु फर्किनुभयो । हाम्रो समूहको एक जना शेर्पाले हामीलाई भेट्न नसकेर फर्कियो । हामी पाँच जनाचाँहि सकिनसकी चुचुरोमा पुग्यौँ । त्यतिबेला जेठ ५ गतेको ३ बजेर १० मिनेट गएको थियो । सामान्यतयाः बिहान समिट गरिन्छ । १२ बजे भन्दा पछि त समिट गरिन्न । तर, हामीले सफलता चुम्ने हो भने धेरै नियमहरु तोड्नुपर्छ, अरु भन्दा भिन्न ढंगले सोच्नुपर्छ भनेर हामी आत्मविश्वासका साथ अघि बढ्यौँ र सफलता चुम्न पनि सफल भयौँ ।

    तपाईँ सगरमाथाको आरोहण सफलतापूर्वक सम्पन्न गरेर फर्किदाँ विमानस्थलमा गरेको स्वागतले कस्तो अनुभूति भयो ?

    मेरो गाउँतिरका बाजागाजा सहित आउनु भएको थियो। मेरा लागि त्यो ठूलो सम्मान थियो । मैले सोचेको भन्दा भब्य स्वागत भएको अनुभूति मैले गरेँ । पर्यटनमन्त्री, साथीभाईहरु आउनु भएको थियो । म सम्मानका लागि सगरमाथा चढेको थिइन । तर, सबैतिरको सम्मानले म थप उत्साहित भएँ । यतिसम्म कि पाँच वर्ष अघि मलाई सगरमाथा चढ्नु हुन्न भनेर रोक लगाएको सरकारले अहिले मलाई स्वागत गर्दा केही हदसम्म अपाङ्गता भएकाहरुका लागि जनचेतना फैलाउन सफल भएको रहेछु भन्ने अनुभूति भयो र उहाँहरुको मानसिकता परिवर्तन गर्न सफल भएको रहेछु भनेर खुशी लाग्यो ।

    तपाईँ सगरमाथा चढेर फर्किदैँ गर्दा तपाईँको सम्मानमा विमानस्थलसम्म पुगेर स्वागत र सम्मान गर्न सांसद ईश्वरी घर्तीमगरले संसदमै आग्रह गर्नुभएको थियो । उहाँलाई के–भन्नुहुन्छ ?

    माननीय ईश्वरी घर्तीमगर उदयमान युवा हुनुहुन्छ । उहाँलाई धन्यवाद भन्न चाहन्छु ।

    १३ वर्ष अघि दुबै खुट्टा गुमाउँदा संसार गुमाएको अनुभूति गर्ने हरि बुढामगरले अहिले संसार जित्दै गर्दाको अनुभूति नि ?

    मलाई यो जित भन्दा पनि केही राम्रो काम गरेको रहेछु कि भन्ने लागेको छ । नेपालीको शीर उच्चो बनाउन केही गरेको रहेछु कि भन्ने लागेको छ । त्यो बनाउने कोशिस गरेँ कि भन्ने लागेको छ । सुरुका दिनमा मेरो जीवन सकियो भनेर बसिराख्दा मलाई आत्महत्या गरौँ कि भन्ने लागेको थियो । अबचाँहि यस्तै तरिकाले नेपालको शीर विश्वका सामू उच्चो बनाउन केही गर्नुपर्छ भन्ने आशा लिएको छु । मैले सकुन्जेल नेपाल र नेपालीको शीर उच्चो बनाउने काम भविश्यमा पनि गर्ने छु ।

    मङ्गलबार, जेठ १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र
    ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    लोकप्रिय

    • १.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • २.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ६.
      रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

    भर्खरै

    • १.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • २.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ७.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ८.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation