• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • २. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ६. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ७. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ?


  •   बुधबार, पुष २४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । अहिले सर्वसाधारणहरू दैनिक रूपमा सयौंको संख्यामा विदेशी रहेका छन् । कोही खाडी मुलुकहरू धाइरहेका छन् भने कोही युरोप अमेरिका गईरहेका छन् । राम्रो ठाउँ, गुणस्तरीय काम र बस्न खान लगायत पढ्नका लागि राम्रो ठाउँको खोजिमा सबै मानिसहरू भौताारिरहेका छन् । त्यसो त कुन कन्सल्टेन्सीबाट आफुले डकुमेन्ट पेश गरेर आवेदन दिने भन्ने पनि आम जनमानसमा आवश्यकताकै विषय बन्दै गएको छ । पछिल्लो समय कुन देश जादाँ राम्रो हुन्छ ? कसरी जाने ? के हुन्छ भिसा प्रक्रिया ? कति खर्च लाग्छ ? कसरी जाने ? कहाँ पढ्ने ? लगायतका यावत् कुराहरू हामी खोज्ने प्रयास गरेका छौँ ।
    त्यसो त विगत लामो इतिहास बोकेको बानेश्वरमा अवस्थित माइल्स इन्टरनेसनल कन्सल्टेन्सी पनि यहाँहरूका लागि उत्कृष्ट रोजाई बन्न सक्छ। २०१५ मा स्थापना भएको कन्सन्टेन्सीले शरूवातमा नै अस्ट्रेलियामा काम गरेको थियो। हाल अस्ट्रेलिया, क्यानडा युएसए र युकेलाई फोकस गरेर अगाडि बढिरहेको माइल्स इन्टरनेसनल कन्सन्ट्रेन्सीको काठमाडौँ लगायत, देशभित्र दाङको तुलसीपुर, बुटवलको ट्राफिक चोकमा शाखा कार्यालय रहरू छन् भने देश बाहिर अस्ट्रेलियाको सिड्नि र क्याभेरा, भेतनाम र ब्राजिल कार्यालयहरू रहेको छ । अस्ट्रेलिया, क्यानडा, युके, युएसए, जापान, कोरिया लगायत युरोपका १० भन्दा धेरै देशहरूमा नेपालहरूको उत्कृष्ट गन्तव्य तय गर्दै आईरहेको माइल्स इन्टरनेसनल कन्सन्टेन्सीले उत्कृष्ट गन्तव्यतय गर्दै सयौं आम सर्वसाधारणहरूलाई विभिन्न देशमा उज्यालो भविष्य देखाईरहेको छ । आयल्स, पिटीई र जापानीज विषयहरू अहिले कन्सन्टेन्सी फोकस गरिरहेको छ ।
    विशेषगरी आज हामी यसै विषयमा केन्द्रित रहेर पछिल्लो समय अस्ट्रेलियाको चौतर्फ चर्चा भईरहदाँ के कसरी यहाँ जाने ? के छ प्रक्रिया ? कति खर्च लाग्छ ? कुन भिसामा जाने? कहाँ बस्ने खाने? लगायतका विभिन्न विषयहरू समेटेर माइल्स इन्टरनेसनल कन्सल्टेन्सीका कार्यकारी निर्देशक रविन पराजुलीसँग सुजन तिमल्सिना र रजिश श्रेष्ठले गर्नुभएको कुराकानी।
    पछिल्लो समय अस्ट्रेलिया जान के कस्ता छन् झन्झटहरू ?
    अहिले अष्ट्रेलिया जान पहिला भन्दा केही हदसम्म गाह्रो भएको होकी भन्ने जनमानसमा परेको छ । विशेषगरी, आर्थिक अवस्था राम्रो रहेको, शैक्षिक क्षेत्रको डकुमेन्ट र बजारमा चलेकाहल्लाहरूले यहाँ जान गाह्रो अवस्था सिर्जना भएको हो । यदि डकुमेन्ट राम्रो भएका अस्ट्रेलिया जान आवश्यक प्रक्रिया पुरा गरेमा त्यति धेरै गाह्रो भने छैन । आयल्स र पिटिई गरेर राम्रो अंक सहित अस्ट्रेलिया जान सकिन्छ । फाइनासियल रूपमा आम्दानीको स्रोत बलियो र एक वर्ष अगाडिदेखि नै बैंक खातालाई राम्रोसँग मेन्टेनेन्स गरेर अगाडि बढ्नाले समस्या छैन । अस्ट्रेलियाले तोकेको निश्चित घेरा भित्र रहदाँ राम्रोसँग भिसा आइरहेको छ ।
    पढ्नका लागि शैक्षिक क्षेत्रमा कति अंक ल्याउदा राम्रो देखिन्छ?
    राम्रो शैक्षिक ब्याकग्राउन्ड भएको, २.९/३ भन्दा राम्रो अंक ल्याएका ब्याचलर र मास्टर्सको लागि ६० प्रतिशतभन्दा बढी अंक ल्याउन आवश्यक देखिन्छ । पढनका लागि विभिन्न सुविधाहरू उपलब्ध गराईरहेको छ ।
    नेपालीहरूलाई कुन क्याटगोरिमा अस्ट्रेलियाले जान्दछ ?
    विशेषगरीर, अस्ट्रेलियामा काम गर्न जाने भन्दा पनि पढ्नका लागि जानेहरू धेरै संख्यामा रहेका छन् । अस्ट्रेलियाले अहिले राम्रोसँग यहाँ आएर पढ्नका लागि राम्रो बातावरण उपलब्ध गराउँदै आईरहेको छ ।
    अहिले अस्ट्रेलिया जानको लागि कहिलेको इन्टेक लिन सकिन्छ?
    अहिलेको नेक्स इन्टेक भनेको २०२५ फेब्रुअरी/मार्च इन्टेक हो । अहिले २०२४ मा १२ कक्षा पास गरेर बसिरहेका विद्यार्थीहरूले अहिले अप्लाई गर्दा २०२५ को फेब्रुअरी/मार्च र जुलाई इन्टेक हुनेगरी गर्नुपर्ने देखिन्छ भने ब्याचलर र मास्टर्स पास आउटहरूलाई ग्यापले खासै समस्या रहँदैन।
    डिपेन्डेन्टमा लान पाइन्छ कि पाइदैन ?
    अहिले आफु पढ्नका लागि अस्ट्रेलिया जानेहरूले डिपेन्डेन्टमा पनि लान पाउँछन् ।त्यसो त अस्ट्रेलियामा गएर मास्टर्स पढ्न चाहानेहरूले डिपेन्डेन्टमा लान पाउने अवस्था रहेको छ । मास्टर्स वा सो भन्दा माथिको तहमा पढ्न चाहाने ब्यक्तिहरूले भने प्रक्रिया पुरा गरेर डिपेन्डेन्टमा लान पाउछन् । मास्टर्सभन्दा तल्लो तहमा पढ्न जाने विद्यार्थीहरूले अस्ट्रेलिया गएर एक सेमेस्टर पढिसकेपछि र नेपालको कानुन अनुसार २० वर्ष उमेर पुग्न जरुरी रहेको छ ।
    विद्यार्थीहरूलाई पढ्दै काम गर्न कस्तो छ अस्ट्रेलियामा अवस्था?
    विद्यार्थीहरूलाई अस्ट्रेलियाले राम्रो सुविधा दिएको छ । प्रत्येक हप्तामा २४ घण्टा काम गर्न पाउने अवस्था रहेको छ । केही नियम फरक रहेपनि विद्यार्थीहरूले आफ्नो समय अनुसार मिलाएर काम गर्न दिएको छ । सेमेस्टर विदाको दिन विद्यार्थीहरूलाई पुरा समय काम गर्न दिने गरेको छ ।
    अस्ट्रेलिया पलायन हुनेहरूको लागि के छ अवस्था ?
    अहिले त्यहाँ बस्न जानेहरूका लागि भने अस्ट्रेलियाले अस्थायी बसोबासका लागि राम्रो सेवा सुविधा दिएको छ । आफुले पढेको विषयमा राम्रोसँग दक्षता हासिल गरेर त्यसै अनुरूपको काम विद्यार्थीले पाएमा स्थायी बसोबासको लागि पनि बाटो खुल्नेछ ।
    बिरामी भएमा अस्ट्रेलियामा के छ अवस्था ?
    भिजा अप्लाई गर्दा नै (ओ. एस. एच. सी) गरेको हुन्छ । इन्स्योरेन्सले गरेकोले नै कभर गर्छ । कुनै कारणवश दुर्घटना भएमा वा केही भएमा त्यसैले कभर गर्छ । हेल्थ कभरका लागि अन्तराष्ट्रिय विद्यार्थीहरूलाई लागि दिएको राम्रो सुविधा हो ।

    Advertisement

    त्यहाँ बस्नका लागि (पिआर) का लागि के छ प्रक्रिया?
    पिआरको लागि समयवधी हुदैन । तीन वर्षको ब्याचलर सकेर दुई वर्षको (पि.एस.डब्लू) पढ्दा पढ्दै आफ्नो विषय अनुसारको काम पायो भने पि आरको बाटो खुल्दछ । तर, आफुले पढेको विषय अनुसारको काम पाइएन भने अस्ट्रेलिया बस्न पिआर पाउन निकै गाह्रो छ ।
    रिफन्डको के छ अवस्था ?
    भिसा त सबैको नै लाग्छ भन्ने हुदैन । यदि केही गरेर अप्लाई गरेपछि भिसा लागेन भने, अस्ट्रेलियाको शैक्षिक संस्थाले थोरै रकम काट्छ र बाकी पैसा बैंक खातामा नै फिर्ता गर्दिन्छ । उनिहरूले हामीले निवेदन दिएको २८ दिनभित्र रिफन्ड गरिदिन्छ ।
    कति लाग्छ युनिभर्सिटी अनुसारको पैसा?
    अस्ट्रेलियाको युनिभर्सिटी अनुसारको पैसा फरकफरक रहेको छ । विशेषगरी २०/२२ लाखदेखि ३० लाख भित्रको रकमा अस्ट्रेलियामा पढ्न सकिन्छ ।
    केही गरेर युनिभर्सिटी बन्द भएमा वा विद्यार्थीले पढ्न चाहेको विषय पढ्न नपाएमा पैसा के हुन्छ ?
    यस्तो अवस्थामा कुनै कारणले विश्वविद्यालय बन्द भएमा त्यहाँको सरकारले समयवधि दिएर अर्को नयाँ युनिभर्सिटीमा पढ्नको लागि ब्यवस्था मिलाइदिन्छ । त्यहाँको सरकारले (ईएसओ इसएक्ट २०००) भन्ने्‌ने कानुन अनुसार यो कुराको सुनिश्चित पाउने गर्छन् । यहीँ कारणले विद्यार्थीहरूले आफ्नो पैसा फस्यो भन्ने वातावरण यहाँ सिर्जना हुने छैन ।
    १८ वर्षभन्दा कम उमेरका विद्यार्थीको लागि कस्तो छ अवस्था ?
    आफु अस्ट्रेलिया जानका लागि युनिभर्सिटीको रूममा बस्ने कि आफन्तकोमा बस्न पनि पाउने अवस्था छ । विद्यार्थी १८ बर्ष भन्दा एप्प्रुभ होमिस्टेमा त्यहीँ बस्नुपर्ने हुन्छ र पछि आफुलाई इच्छा भएको ठाउँमा बस्न पाइन्छ ।
    हालको अवस्था कस्तो छ ?
    जुनसुकै अवस्थामा पनि विद्यार्थीहरूका लागि अस्ट्रेलिया उत्कृष्ट गन्तव्यका रूपमा विकसित हुदैँ गईरहेको छ । अहिले विद्यार्थीहरूका लागि आर्थिक रूपमा बलियो भएको देखिदैन भने एक वर्ष अगाडिदेखि नै बैंक अकाउन्ट् राम्रोसँग बलियो बनाउँदै जादा राम्रो हुन्छ र कन्सल्टेन्सीका परामर्श दाताहरू सँग राम्रो बुझ्नु आवश्यक हुन्छ । किनभने, समय समयमा यहाँका नियमहरू परिवर्तन भईरहेको हुन्छ ।
    बजारमा हल्ला भए अनुसार डिपेन्डेन्ट लान नपाईने हल्ला एकातिर छ भने मास्टर्समा पनि डिपेनडेन्ट लान पाइदैन भन्ने कुरा पनि छ नि ?
    अस्ट्रेलियान हाइकमिशनले कतैपनि डिपेन्डेन्ट लान पाइदैन भनेको अवस्था छैन । तर, युनिभर्सिटी अनुसार फरक फरक नियमहरू रहेको छ । कुनैले विद्यार्थीको र डिपेन्डेन्टमा जाने ब्यक्तिको पढाई उतिउति हुनुपर्छ भनेको छ भने, कुने युनिभर्सिटीले अल्लि कढा गरेको हो । कुनैले विवाहित केश नलिनेर, २५ बर्ष माथिका विद्यार्थीलाई मास्टर्समा नलिने भन्ने कुरा पनि रहेको छ । यो भन्दाभन्दै पनि (जिएस रिक्वारमेन्ट )ले गर्दा आफ्नो असिस्टमेन्ट लेवल बचाउन कढा नियम लिएको हो । डिपेन्डेन्टमा लानै नपाइने भने होइन, आफ्नो युनिभर्सिटीको चेकलिस्ट मान्ने हो भने लान पाइन्छ ।
    काम आफुले गर्नुपर्ने हो कि युनिभर्सिटीले काम खोजिदिने हो ?
    काम आफैंले खोज्ने हो र विद्यार्थी भिसाको नियम अनुसार काम गर्ने हो । युनिभर्सिटीले काम खोजेर लगाइदिने होइन ।
    अस्ट्रेलियाको भिजा शुल्क कति छ ?
    यो विश्वकै सबैभन्दा धेरै भिसा शुल्क हो । हुन केही महिना अगाडि सात सय डलर थियो भने अहिले ह्वात्तै बढेर सोह्र सय डलर पुगेको छ ।
    नयाँ विद्यार्थीहरूले अस्ट्रेलिया जान के के गर्नुपर्छ त ?
    सबैभन्दा पहिला आफ्नो शैक्षिक स्तर बढाउन आवश्यक रहेको छ। त्यसपछि आयल्स, पिटिईमा राम्रो नम्बर ल्याउन आवश्यक छ । आम्दानीको स्रोतलाई बलियो बनाउँन आवश्यक रहेको छ । त्यस्तै, बैंक स्टेटमेन्टलाई एकदमै बलियो बनाउन बैंकिक कारोबार गर्न आवश्यक रहेको छ र करको कागजपत्र सरकारदलाई बझाउनु पर्छ। यसले गर्दा अस्ट्रेलियाको भिसाको लागि केही समस्या आउने छैन । थप केहि आवश्यकता भएमा माइल्स इन्टरनेसनल कन्सल्टेन्सी आएर बुझ्न सकिन्छ ।

    बुधबार, पुष २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रौतहटमा मैले बोलेको भन्दा धेरै नै काम गरेको छु : प्रहरी उपरीक्षक घिमिरे
    मेरो कार्यकालमा बेरुजु शून्य बनाउने छु : झगबहादुर बिश्वकर्मा
    ‘जनगुनासो अहिले सम्म आएको छैन’ : पाठक
    कृत्रिम खुट्टाले चुचुरो टेक्दा क्वाँक्वाँ रोएँ, आँसु बरफ भयो : हरि बुढामगर
    महोत्सवसँगै प्युठानको विकास एजेण्डा स्थापित गर्न सफल भएका छौं : नकर्मी
    म मेरा लागि होईन, बैतडीका जनताको लागि काम गर्ने छु : पाल

    लोकप्रिय

    • १.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • २.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५

    • ६.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation