बोम बहादुर परियार,प्युठान। एन आई सि एसिया बैंकले पछिल्लो समयमा डिजिटल बैंकलाई आक्रमक रुपमा बिस्तार गर्दै आएको छ । प्युठानका होटल तथा पसल हरुमा पि ओ एस मेसिन र क्यु आर कोड राख्ने सम्झौता गरि गतसाता देखि डिजिटल बैंक मार्फत सिधै ग्राहकको खातामा भुक्तानी दिने ब्याबस्था मिलाएको हो ।सम्झौता अनुसार ग्राहक तथा कर्मचारीले सेवा लिए बापत ५ देखी २० प्रतिशत सम्म छुट प्रदान गर्ने NIC ASIA बैंक प्युठान साखाका प्रबन्धक नरेस रावलले बताउनुभयो । अहिलेसम्म होटल स्वर्गद्वारी दर्सन प्रा ली भिङ्री , जलजला होटल भिङ्री ,कुसल पाहुना घर नयागाउ जस्पुर , हरियाली होटल बाग्दुला , र झिमरुक अर्डर एन्ड सप्लायर्स बाग्दुला संग सम्झौता गरिएको र पराजुली मनिट्रान्सफर प्युठानको बिभिन्न साखाहरु बिच समेत एन आई सि एसिया रेमिटान्स सम्झौता भएको बताउनुभयो । साथै बैंकले आफ्नो २२ औ बार्सिक उत्सबको अबसर देखि नया सुपर चमत्कारी खाता योजना समेत सार्बजनिक गरेको छ । यस योजनाबाट आफ्नो परिवारको सुरक्षाका लागी रु १ करोड ३१ लाख ५० हजार सम्मको बिमा सुबिधा प्राप्त गर्न सक्ने जस अन्तर्गत परिवारका सम्पुर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पुर्ण असक्तताका लागी रु १ करोड सम्मको बिमा सुबिधा , दम्पतिको लागी २५ घातक रोगहरुको लागी ३० लाख सम्मको बिमा सुबिधा , र परिवार को लागी रु १ लाख ५० हजार सम्मको बिमा सुबिधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । देसभर २९९ साखा बिस्तार गरेको यस बैंकले प्युठानमा पहिलोपटक क्यु आर कोर्ड को स्थापना गरेको छ । हाल सम्म प्युठान मा २४ सय जनाको खाता खोलिएको रावलले बताउनुभएको छ ।सुपर चमत्कारी खाता अन्तर्गत बैंकका ग्राहकहरुले देसभरका कुनैपनी बैंकको कुनैपनि ए टि एम बाट निसुल्क रुपमा रकम निकाल्न सक्ने र डिजिटल बैंक सिस्टमबाट क्यास लेस , छिटो सेवा , सुरक्षित सेवा र जहाबाट जतिबेला पनि सेवा पाउन सक्ने उहाले बताउनु भयो । साथै बैंकले अहिले देसभरी ३४७ एटीएम ,र ५८ बिस्तारित काउन्टर स्थापना भई संचालनमा रहेको छ ।
यी हुन एन आई सि एसिया बैकंका नया चमत्कारहरु
यी हुन एन आई सि एसिया बैकंका नया चमत्कारहरु

Advertisement
तपाईको प्रतिक्रिया