गजल ४२४
Advertisement
दुईचारको हासो लाखौको रोदन भएपछी
आउछ मज्जा खुसी केहि जतन भएपछी
थिए प्रिय साथी मलाई धेरै माया गर्ने
कता हराए होलान कुन्नी धन भएपछी
कतै वृद्ध खान नपाई मोरिरहेछन सडकमा
हुने अरे वाह वाहको संसार यौवन भएपछी
आफुलाई सवल भन्ने अरुलाई नि सवल मान
सोच्न मन्न भयो देशको हालत गहन भएपछी
शिशिर अनुराग
स्वर्गद्वारी