• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ५. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ६. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ९. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. दाङमा बाघको छालासहित तीन जना पक्राउ

अपाङ्ग सितालाई सामाजिक अभियन्तले बनाइ दिए घर


  •   शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । जन्मजात अपाङ्ग रेसुङ्गा नगरपालिका गुल्मीकी सिता पन्थीलाई सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले घर बनाइ दिएका छन् । जिल्ला सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर–७ सुकुम्बासी लाइनमा बस्ने शारीरिक अपाङ्गता भएकी सीता पन्थीलाई घर निर्माण गरिदिएका हुन् । तम्घासको पुतलीबजारमा दुबै खुट्टा नचल्ने अबस्थामा रहेकी पन्थीलाई अपाङ्ग मैत्री घर निर्माण भएको छ । तम्घास बजार नजिकै रहेर पनि कसैले पनि उनिहरुको अबस्था बारे जानकार थिए या भएर पनि वस्ता भएन । तर यहाँका केहि सामाजिक अभियान्तको सहयोगले अपाङ्ग पन्थीलाई घर निर्माण भएको हो । बृद्धाआमासँग निकै कष्टपूर्ण अबस्थामा बस्दै आएकी पन्थीलाई तम्घासमा रहेको आशा अपाङ्ग केन्द्रको सक्रियतामा तम्घासमा रहेका अरु आदा दर्जन संस्थाको सहकार्यमा घर निर्माण गरिदिएका हुन् । सदरमुकाम नजिकै रहेर पनि निकै जीर्ण अबस्थामा रहेको घरमा बस्दै आएको थाहा पाएपछि तम्घास उदिनढुंगा निवासी समाजसेवी अम्बीका श्रेष्ठ घर निर्माण गर्न बिभिन्न संस्थासँग सहकार्य गरेकी थिइन् । उनले सुरुमै आशा अपाङ्ग केन्द्रसँग सहकार्य गरेसँगै घर निर्माणको लागि अभियान चलाइएको थियो । समाजसेवी श्रेष्ठको अध्यक्षतामा निर्माण समिति बनाएर रेसुङ्ग नगरपालिका, प्रदेश नम्बर ५ सामाजिक बिकास मन्त्रालय सहित झण्डै ५० जना भन्दा वढि व्यक्ति एवं संघ संस्थाको सानो–सानो सहयोगमा घर निर्माण सम्पन्न भएको थियो । निर्माण भएको घरमा आर्थिक रकम सँगै निर्माण गर्न नेपाली सेना बिरभद्रजंग गुल्म गुल्मीले निर्माण् सम्पन्न गर्न सम्पूर्ण श्रमदान गरेको थियो । सरकारी तथा गैर सरकारी एवं बिभिन्न व्यक्तिहरुको ४ लाख वढि रकममा निर्माण भएको घरको एक कार्यक्रमका बिच रेसुङ्गा नगरपालिका गुल्मीकी उपप्रमुख सिता भण्डारीले हस्तातरण गरेकी हुन् । निर्माण गरिएको घर हस्तातरण गर्दै नगर उपप्रमुख भण्डारीले घर निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिइन् । उनले राज्यको तर्फबाट अपाङ्गहरुलाई सहयोग गर्ने निति अनुसार सहयोग हुँदै आएको बताइन् । तर घर निर्माण गर्न धेरै रकम खर्चिनु पर्ने कारण सम्पूर्ण रकम व्यहोरर्न नसकेपछि केहि रुपमा भएपनि सहयोग गरेको बताइन् । कार्यक्रममा आपा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीले संस्थाको तर्फबाट पुरै घर निर्माण गर्ने रकम नभएकाले अभियान चलाएर निर्माण गरिदिएको बताइन् । उनले घर निर्माण गर्न धेरै संघ संस्थाको अमुल्य सहयोग रहेको बताइन् । आपाङ्गको क्षेत्रमा बिभिन्न व्यक्तिको सहयोगले यस्ता समाजमा रहेका अति बिपन्न अबस्थामा रहेका व्यत्तित्वलाई सहयोग गर्न सकिएको बताइन् । घर निर्माण भएपनि केहि रकम तिर्न र घरको लागि अझै केहि सामाग्री आबश्यक रहेको बताइन् । घर हस्तातरण कार्यक्रममा निर्माण समिति अध्यक्ष अम्बीका श्रेष्ठले निर्माण कार्यमा सहयोग गर्ने र श्रमदान गर्ने नेपाली सेना बिरभद्र जंग गुल्मका गुल्म पती सेनानी रबिन्द्रि महर्जन सहित सबैलाई धन्यवाद दिइन् ।घरमा आमाछोरी मात्रै त्यो पनि एउटि बृद्ध र अर्की अपाङ्ग रहेकाले सत्यशाही कला केन्द्र संगठनले खानाको लागि सहयोग गर्दै आएको बताइनु । उनले घर निर्माण भएपनि अरु थप सहयोगको जरुरी उनिहरुलाई आबश्यक रहेको बताइन् । घर हस्तातरण कार्यक्रममा निर्माण समिति, श्रमदान गर्ने बिरभद्रजंग गुल्मका नेपाली सेना, समाज सेवी लगायत स्थानियको सहभागिता रहेको थियो ।

    Advertisement

    शुक्रबार, भदौ १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया
    घोराहीमा कुसुन्डा समुदायसँग जलवायु छलफल

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ५.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ६.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...