राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले कारागारलाई व्यवस्थित गर्नु आफ्नो पहिलो कार्य रहने बताएका छ्न।पाल्पा जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी जिम्मेवारीमा रहेका पन्थ केही दिन अगाडी मात्र प्रमुख जिल्ला अधिकारिमा पद उन्नति भइ प्युठान आएका उनले कारागारमा रहेका कैदिहरुको दैनिकी दयनीय देखेपछि यसलाई ब्यस्थित गर्न आफू लागि पर्ने बताउनुभयो ।जिल्लामा सरुवा भई आउनुभएका प्रहरी नायब उपरीक्षक ,ससत्र प्रहरी प्रमुख सहित जिल्लाका कृयाशिल पत्रकारहरु बिच भएको परिचयात्मक कार्यक्रममा उहाँले बन्दीगृह बनाउनका लागि कारागार विभागमा आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी समेत दिनुभयो ।त्यस्तै प्रहरी नायब उपरीक्षक नरेन्द्र बहादुर कार्कीले समाजमा विभिन्न खाले अपराधका घटना बढ्ने हुँदा अपराध नियन्त्रणमा प्रहरीले मात्रै त्यसको नियन्त्रण गर्न नसकिने भन्दै हरेक समुदायको साथसहयोग जरुरी रहेको बताउदै समुदाय प्रहरी साझेदारी अभियान अनुसार अगाडी बढ्ने बताउनुभयो ।अपराध रोकथाम, सामाजिक विकृति विसंगति विरुद्ध जनचेतना फैलाउने सुरक्षा व्यवस्थापनमा जनसहयोग अभिवृद्धि गर्ने र समग्रमा सामुदायिक सुरक्षालाई अभिद्धि गर्ने नेपाल प्रहरी र स्थानीय तहको बीचमा सम्बद्ध सरोकारवालाहरुलाई समेत समेटी संस्थागत साझेदारी गर्दै आफू अगाडि बढ्ने उहाँको भनाई छ। पत्रकार, स्थानीय तह, समुदाय सामाजिक संघ सस्था, विद्यालयबीच अपराध रोकथाम, सामुदायिक सुरक्षा र चेतना कार्यक्रमहरुका लागि साझेदार भइ अगाडी बढ्ने प्रहरी उपरीक्षक कार्कीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ब्यबस्थित कैदी गृह निर्माण गर्ने पहिलो काम : प्रजिअ पन्थ
ब्यबस्थित कैदी गृह निर्माण गर्ने पहिलो काम : प्रजिअ पन्थ
Advertisement
तपाईको प्रतिक्रिया