जीवन न्यौपाने, नवलपरासी ।सुनवल नगरपालिका वडा नं. १२ र स्थानिय नागरिकविच शनिवार भुमहीमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । आफ्ना नागरिकहरुलाई सुशासनको प्रत्याभुति गराउने उद्घेश्यले आयोजित सो कार्यक्रममा वडा सचिव कृष्ण बहादर आलेले आफ्नो वडामा आर्थिक वर्ष २०७५÷७६ मा भएका सेवा प्रवाहको अवस्था र विकास निर्माणका गतिविधिहरु लगाएत विषयमा जानकारी गराएका थिए । वडाले आर्थिक वर्ष २०७५÷७६ मा आफ्नो वडाभित्र ५ करोड ६२ लाख २९ हजार रुपैँया बराबर रकम विकास निर्माण कार्यमा खर्चिएको छ । जसअन्र्तगत नगरपालिकाको तर्फबाट १ करोड ९८ लाख ४ हजार रुपैँया तथा ६०÷४० योजना अन्र्तगत ९८ लाख २५ हजार रुपैँया उपलब्ध भएको थियो । त्यस्तै प्रदेश सरकार मार्फत २ करोड ४६ लाख रुपैँया उपलब्ध भएकोमा वडाको फरौली टोलमा डिप वोरिङ्ग कार्यका लागि छुट्टाइएको २ करोड ६ लाख रुपैँयामध्येको निर्माण चरणमै छ भने अन्य रकम विकासमा खर्च भैसकेको वडा सचिव आलेले वताए । यसैगरि वडामा सासंद विकास कोषबाट २० लाख रुपैँया उपलब्ध भएको थियो ।यस्तै वडाले गत आर्थिक वर्षमा ५९ लाख ६६ हजार २ सय ७१ रुपैँया कुल आम्दानि गरेको छ । जुन आम्दानि रकम आर्थिक वर्ष २०७४÷७५ मा भन्दा सत्र लाख रुपैँयाले वृद्घि छ । नगरपालिका भित्रका १३ वडामध्ये १२ नं. वडा सबैभन्दा बढि राजश्व संकलन गर्ने वडाको रुपमा नगरको नगरसभाबाट सम्मानित भैसकेको छ ।कार्यक्रममा उपस्थित वडावासीहरुले चालु आर्थिक वर्षमा सडक व्यवस्थापन तथा ढल निकास कार्यलाई प्राथमिकता दिनुपर्ने, डुवान क्षेत्रहरुमा सहज पानी निकासका लागि उचित योजना ल्याउनुपर्ने, हाटबजारलाई ब्यवस्थित गरिनुपर्ने, विधुतिय समस्या हटाइनुपर्ने, कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने, स्वच्छ खानेपानीको सहज वितरणको ब्यवस्था गराउनुपर्ने लगाएत विषयमा वडाध्यक्ष समक्ष सुझाउ गरेका छन् ।त्यस्तै वडाध्यक्ष यमलाल पाण्डेले वडावासीको सुझावलाई मध्यनजर गर्दै आगाामि दिनमा पनि वडावासीको सेवा तथा विकासमा पारदर्शि ढङ्गबाट अगाडि बढ्दै जाने र वडावासीबाट आएका सुझावलाई यस वर्षको विकास कार्यक्रममा समेट्ने विश्वास दिलाए ।वडाध्यक्ष यमलाल पाण्डको अध्यक्षता, सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनारको प्रमुख आतिथ्यतामा सन्चालन भएको उक्त कार्यक्रममा वडा सदस्य जितेन्द्र पटेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सन्चालन योजना शाखाका कर्मचारी पुरुषोत्तम ढकालले गरेका थिए ।
सुनवल नगरपालिका वडा नं. १२ र स्थानिय नागरिकविच सार्वजनिक सुनुवाई ।
सुनवल नगरपालिका वडा नं. १२ र स्थानिय नागरिकविच सार्वजनिक सुनुवाई ।

Advertisement
तपाईको प्रतिक्रिया