जायश्वर जैसी / ठुलाबेसी । नेपाल रेडक्रस सोसाइटी गौमुखी गाउँपालिकाको प्रथम साधारण सभा हेम बहादुर बुढाको अध्यक्षतामा आज गौमुखी गाउँपालिकाको ठुलाबेसीमा सम्पन्न भएको छ । माधवराज पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले रेडक्रसलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राखी सामाजिक भावनाअनुरूप कार्य गर्नु पर्ने आजको आवश्यकता रहेको कुरा बताए । शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाका सभापति गुमनराज पुलामीले रेडक्रस नाफारहित संस्था भएकोले सबैमा सेवाको भावना हुनुपर्ने बताए । कार्यक्रममा प्युठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ज्ञामुराम न्यौपाने, रेडक्रस प्युठानका मन्त्री दामोदर शर्मा, गौमुखी माविका प्रधानाध्यापक अर्जुन बहादुर केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।साधारणसभाले लोकेन्द्र जिसी सभापति रहेको ११ सदस्यीय गौमुखी उपशाखा कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मिना केसी, सचिब जोगिन्द्र मल्ल, उपसचिव उपेन्द्र प्रसाद न्यौपाने, कोषाध्यक्ष बालाराम न्यौपाने र सह कोषाध्यक्ष मधुराम केसी रहेका छन् । त्यस्तै सदस्यहरूमा शान्ता अर्याल, जुमानसिंह केसी, मित्र थापा, दुर्गादेवी न्यौपाने र अमृत केसी रहेका छन् । कार्यक्रमको सञ्चालन लोकेन्द्र जिसीले गरेका थिए ।
गौमुखीमा रेडक्रसको साधारण सभा सम्पन्न
गौमुखीमा रेडक्रसको साधारण सभा सम्पन्न

Advertisement
तपाईको प्रतिक्रिया