कामना डेली,प्युठान। सरुमारानी गाउँपालिका वार्ड नं ५ स्थित भिमसेन माद्यमिक बिधालयका १२ जना गरिब तथा जेहेन्दर बिधार्थीहरुका लागी शैक्षिक सामाग्री बितरण गरिएको छ । महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेड सरुमारानी बडडाडां शाखाले संस्थाको २६ औँ स्थापना दिवसको अबसरमा चार हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री बितरण गरेको हो। बिद्यालयका प्रधानाद्यापक डिल बहादुर कुमाल र शाखा प्रबन्धक राजिव योगीले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभयो।
गरिबी तथा शैक्षिक सामाग्रीको अभावले कोही पनि शिक्षाबाट बञ्जित हुन नपरोस भन्ने उद्धेश्यले सँस्थाको स्थापना दिवसको अबसर पारेर शैक्षिक सामाग्री बितरण गरिएको शाखा प्रवन्धक राजिव योगीले बताउनुभयो । संस्थाले देशैभर आज रक्तदान सरसफाई, शैक्षिक सामाग्री बितरण लगायतका कार्यक्रम गरि स्थापना दिवस मनाएको छ।
स्थापना दिवसको अबसरमा शैक्षिक सामाग्री बितरण
स्थापना दिवसको अबसरमा शैक्षिक सामाग्री बितरण
Advertisement
तपाईको प्रतिक्रिया