• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

रेसुङ्गाको एक महिने मेला सकियो


  •   आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको रेसुङ्गामा सञ्चालन भएको एक महिने साउने मेला सकिएको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकिय तपोभुमी रेसुङ्गामा लागेको मेला सकिएको हो । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो ।धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए । धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् । धार्मिक स्थल पोखरीमा नुहाउँन तथा पुजा गर्न साउन भर भिडभाड लाग्ने गर्दछ ।नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने आंैषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।
    मेलालाई व्यवस्थित बनाउने प्रयास
    यसवर्षको रेसुङ्गाको साउने मेलालाई मेलालाई व्यवस्थित बनाइएको थियो । बिगतका वर्षमा भन्दा यस वर्षको एक महिने साउने मेलालाई व्यवस्थित गर्न रेसुङ्गामा पुग्ने भक्तजनलाई मध्य नजर राखेर २० प्रतिशत भाडा छुट गराइएको थियो । जिल्ल प्रशासन कार्यालय गुल्मीको सहकार्य र बिभिन्न संघ संस्थाको सहयोगमा मेला अबलोकनमा पुग्ने भक्तजनलाई भाडा छुटसँगै समितिको सिफारिसमा असाय अशक्त र सन्तमहन्तलाई रेसुङ्गामा निशुल्क लैजाने व्यवस्था पनि मिलाइएको थियो । श्रदालु भक्तजनको सुबिधाको लागि गुल्मी यातायात र पश्चिमाञ्चल बस व्यवसायी समितिबाट २ वटा गाडी छुटाउने व्यवस्था मिलाइएको थियो । रेसुङ्गासम्म पुग्ने भक्तजनलाई छुट गरिएको रकम अनुसार जिपमा ८० रुपैयाँ र बसमा ६० रुपैयाँमा रेसुङ्गासम्म पुग्न पाउने व्यवस्था रहेको थियो । वर्षातको समय भएकाले बाटो मर्मत गर्नुका साथै मर्मतका लागि पनि तयारी अबस्थामा राख्ने काम भएको थियो । बिगतका वर्षमा भन्दा यस वर्षको मेलालाई केहि व्यवस्थित ढंगबाट लैजान र भक्तजनको सुबिधाका कारण यसवर्ष बिगतका वर्षमा भन्दा धेरै भक्तजना मेला अबलोकनका लागि पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । रेसुङ्गामा पुगेर बस्न चाहनेहरुका लागि निशुल्क रुपमा बाँस र खानाको व्यवस्था मन्दिरले उपलब्ध गराउदैँ पनि आएको छ ।
    के छ खास महत्व ?
    धार्मिक एबं पर्यटकीय क्षेत्र प्रचुर मात्रामा प्रचार नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेुसुङ्गा क्षेत्रमा भएका महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्णले बताउनु भयो रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेश चन्द्र भुसालले बताउनु भयो । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र पर्दछन् । रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको भुसालले बताउनु भयो । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।
    दैनिक दर्शनार्थीको घुइँचो
    धार्मिक स्थल रेसुङ्गामा चलेको एक महिने साउने मेलामा दैनिक जसो दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मेला अन्र्तगत साउन १ गते र साउने औंसी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा साउने मेलामा वर्षेनी टाढा–टाढावाट श्रद्धालु नुहाउनका लागि रेसुङ्गा पोखरीमा जाने गर्दछन् ।

    Advertisement

     

    आइतबार, भदौ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...