काठमाडौं । निमोनियाबाट पीडित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिबार निधन भएको छ । उनको ७२ वर्षको उमेरमा डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।करिब चार दशकदेखि कलाकारितामा सक्रिय अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनको पहिलो फिल्म ‘मनको बाँध’ हो । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायते चर्चित छन् । उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी छन् । पारिवारिक स्रोतका अनुसार अधिकारीलाई केही दिनअघि अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । उनका एक छोरा र एक छोरी छन् ।
Advertisement