भरतसन्तोषी,नुवाकोट। नुवाकोटका युवाहरू आफ्नो संस्कृति जोगाउन कम्मर कसेर लागिपरेका छन। यसो भन्दा अनौठो लाग्न सक्छ कारण बढ्दो वैदेशिक रोजगारी सगै गाउँमा युवा?भनेर।तर नुवाकोटको लिखु गाउँ पालिका अन्तर्गत भट्ट थोकमा युवाहरु आफ्नै गाउँमा केहि गर्नुपर्छ भनेर लागिपरेका छ्न।गाउँकै विद्यालयमा एसएलसी उत्तीर्ण गरि गाउँ लाई बिकास गर्नुपर्छ भनी लागिपरेका रामशरण डङोलको नाम अग्रपंक्तिमा आउछ।नमुना कृषकको रूपमा चर्चा कमाएका रामशरणका अनुसार उनिसगै गाउँमा दुई दर्जन युवा गाउँमै केहि गर्नुपर्छ भनी गाउँमै बसेका छन।”मर्दा पर्दा युवाको खाचो पर्दै पर्दैन”अर्का युवा सुमन जिसि भन्छन् ,”आफ्नो गाउँलाई सुन्दर बनाउन गाउँ छोडेर होइन गाउँ तर्फ फर्केर हेर्नुपर्छ।अर्का स्नातकोत्तर उतिर्ण युवा प्रकाश डङोल पनि गाउँमै सामाजिक कार्यमा ब्यस्त छ्न।हालै सम्पन्न गाईजात्रामा यिनै युवाहरूले कार्यक्रमको नेतृत्व गरे।नजान्ने कुराहरु सिकाउन अनुभव प्रसस्त बटुलेका अम्बर डङोल अघि सरे।गाउँमा युवाहरू नाच्दै बजाउदै अगाडी बढे।कार्यक्रम स्थानीय छहरे बजारमा प्रदर्सन भैरहदा वरपरका सबैले प्रसंशा गरे।लिखु गाउँ पालिका वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले युवाहरूले आफ्नो संस्कृति जगेर्नामा देखाएको चासोप्रती हर्षित भएर रुपैयाँ ५० हजार प्रदान गरेका थिए। युवाहरूको सक्रियतामा भएको कार्यक्रमको झलक यस्तो छ।
संस्कृति जोगाउन हौसिए नुवाकोटका युवाहरु (भिडियो सहित)
संस्कृति जोगाउन हौसिए नुवाकोटका युवाहरु (भिडियो सहित)

Advertisement
तपाईको प्रतिक्रिया