बिमल प्रसाद पाेख्रेल, प्युठान।प्युठान नगरपालिका वडा नम्ब्बर ७ मा रहेकाे क्षेत्रबिकास माध्यमिक बिधालयमा बिगत भन्दा अहिलेको शैक्षिक सत्रमा बिधार्थिकाे सिकाई उपलब्धि न्यून अाए पछि शिक्षक अभिभाबक बिधार्थि चिन्तित हुन थालेका छन।जिल्लामै सामुदायिक बिधालय तर्फ चर्चित र प्युठानकाे शिक्षित क्षेत्र मानिने स्थानको बिधालयमा हाल नाै जना दरबन्दि, चार जना निजि स्राेतका शिक्षक छन। भने एक जना बिधालय सहयाेगि छन ।शिशु कक्षादेखि अाई ए सि एजि सम्म जम्मा ४ सय ४८ जना बिधार्थि अध्ययनरत छन।शैक्षिक अबस्था खस्किदा शिक्षकमाथि अाराेप अाउनु स्वाभाविक भएको बताउदै शिक्षकले १० बजे देखि ४ बजेसम्मकाे समय बिताउने भन्दा बिधार्थिलाई सिकाउनेमा ध्यान दिनुपर्ने प्युठान नगरपालिकाकाे स्राेत ब्याक्ति बिष्णु प्रसाद पाेख्रेलले बताउनु भयाे।उहाले भन्नुभयाे सरकारि बिधालयमा सरकारले लाखाै रुपैया खर्चेर शिक्षाकाे गुणस्तर बृद्वि गर्न लगानि गरेकाे छ तर अभिभाबकले नबुझेर प्राईभेट स्कुलहरुमा ठुलाे धनरासि खर्चगरेर छाेराछाेरि पढाउदा सामुदायिक बिधालयकाे गुणस्तर र बिधार्थि संख्या घटेकाे हाे ।यसमा सरकारकाे कुनै दाेष छैन अभिभाबक स्वयम् सचेत रहनुपर्ने अन्तरक्रिया कार्यक्रमकाे संबाेधन गर्दै उहाले बताउनुभयाे।कमजोर बिधार्थि माथि शिक्षककाे नजर कम हुदा र बिधार्थि स्कुल समयमा बिधालय बाहिर छाडा हुदा न शिक्षकले न अभिभाबकले चासाे नदिदा बिधालयकाे गुणस्तर घटेकाे कार्यक्रममा बाेल्ने बक्ता तथा अभिभाबकले बताएका छन।बिधालयमा प्रसस्त स्राेत साधन उपलबध हुदाहुदै बिधालय काे अतिरिक्त गुणस्तर खस्कदा अाफु दुखि भएकाे क्षेत्रबिकास माध्यमिक बिधालयका बिधाफय ब्यबस्थापन समितिका अध्यक्ष उमराम पैाडेलले बताउनुभयाे ।साे बिधालयका प्रधानाध्यापक पिताम्बर खड्काले अन्तरक्रिया कार्यक्रममा बिधार्थि शिक्षक अभिभाबक र शिक्षाबिदहरुलाई बिधालय सुधार गर्न कसरी लाग्दा ठिक हुन्छ र अहिले सम्म भएका कमि कमजाेरि पक्षलाई केलाउदै सकरात्मक दिशा तिर लाग्न र बिधालयलाई नमुना बनाउन शिक्षाकाे गुणस्तर बृद्वि गर्न सबैकाे साथ सहयाेग काे अपेक्षा गर्दै लागि पर्ने बताउनु भयाे।कार्यक्रमकाे प्रमुख अतिथि तथा प्युठान नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशबराज गाैतमले सरकारि बिधालयमा शिक्षक र बिधालय सुधार गर्न नसकेमा बिधार्थि बाेडिङ स्कुलमा जान बाध्य हुन्छन् ।बिधार्थि शिक्षक र अभिभाबक बिचकाे सुचना प्रसारणमा बिशेष ध्यान दिन हुन अाग्रह गर्नुभयाे ।नगरपालिकाले ब्यबहारिक रुपमा निसुल्क शिक्षा र अभिबृद्विका लागि तीन कराेड रुपैया छुट्टयाइएको जानकारि गराउनु भयाे ।अन्तरक्रिया कार्यक्रममा शिक्षक बिधार्थि अभिभाबक र बुद्विजिकिकाे उपस्थित रहेकाे थियाे।
सिकाई उपलब्धि खस्किएपछि बिधालयमा अन्तरक्रिया शुरु
सिकाई उपलब्धि खस्किएपछि बिधालयमा अन्तरक्रिया शुरु

Advertisement
तपाईको प्रतिक्रिया