• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

लोकप्रिय समाचार

  • १. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • २. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ३. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ४. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ५. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

  • ६. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ७. पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

  • ८. बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

  • ९. कपिलवस्तुमा एम्बुलेन्स र बिंगर ठोक्किँदा वृद्धाको ज्यान गयो, १२ घाइते

  • १०. प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार

रौतहटका बाढीपीडितलाई राष्ट्रिय जनमोर्चाले दियो राहत


  •   आइतबार, साउन १९, २०७६ मा प्रकाशित
  • कामना डेली,रौटहट।राष्ट्रिय जनमोर्चाले रौतहटको राजपुर नगरपालिका वार्ड नं. १ र २ मा यही श्रावण १५, १६ र १७ गते बाढी तथा डुबान पीडितलाई गाउँमै पुगी राहत वितरण गरेको छ । उक्त दुई वार्डका सबै बाढी तथा डुबान पीडितको पहिचान गरी ७ सय ३२ परिवारलाई मच्छरदानी र डुबानमा परी मृत्यु भएका तथा त्यही बेला सर्र्पले टोकेर ज्यान गुमाएका २ परिवारलाई नगद समेत वितरण गरिएको छ । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी नेतृत्वमा रौतहट जिल्लाका अध्यक्ष हरिकिशोर महतो, उपाध्यक्ष शेख सलाउद्दिन, तराई–मधेश जनवादी मोर्चाका अध्यक्ष सहितको टोलीले उक्त राहत वितरण गरेको हो । केही दिन अघि परेको भीषण वर्षा र लाल बकैया नदीमा आएको बाढीका कारणले उक्त क्षेत्रमा बाढी तथा डुबान परेको हो । भारतले सीमा नजिकै बनाएको बाधका कारणले लाल बकैया नदीको प्रवाह रोकिन गई नहरमा ठूलो पानीको प्रवाह पस्दा, नहर र नदी नियन्त्रण रोक्न बनाइएका पर्खाल समेत तोडेर उक्त बाढी वस्ती र धान रोपेको क्षेत्रमा प्रवेश गरेको थियो । उक्त बाढी र डुबानबाट हजारौं विघा जमिनमा लगाइएको धान नष्ट भएको छ । पुल, बा“ध र नहर, सडक र कैयन पक्की घर समेत भत्किएका छन् । हजारौं साना झुपडी त बस्न लायक नै छैनन् । अहिलेसम्म कतिपय घर र हजारौं विघा जमिनमा पानी जमेको छ । त्यसको निकाशको लागि कुनै व्यवस्था गरिएको छैन । सरकारले त्यो स्थितिको निरीक्षण गर्न एक संसदीय टोली पठाएको थियो । त्यो टोलीले प्रतिवेदन दिएपछि त्यसको आधारमा भत्किएका संरचना निर्माण गर्न र जनतलाई राहत पुराउने कुराले अहिले कुनै मद्दत पुग्दैन । कतिपय स्थानीय तह, संघ संस्थाले राहत वितरण गर्दा पनि स्थानीय राजनीतिक दलका कार्यकर्ताले आ–आफ्ना दलका समर्थकलाई कुपन दिएर राहत वितरण गर्ने गरेको र कतिपय कार्यकर्ताले उक्त राहतको रकम भ्रष्टाचार गरेको स्थानीय जनताको गुनारो छ ।
    बाढी र डुबानले भत्किएका घर बस्न लायक छैनन् । पक्की घरमा पनि क्षति भएको छ । भत्किएका वा डुबानले चिसो बनेका घरमा बस्दा मानिसहरु बिरामी परेका छन् । डुबान हुदा सेफ्टी ट्याङ्कीको फोहर बाहिर पानीमा मिसिदा रोग संक्रमण हुने खतरा छ । कम गहिराइबाट ह्याण्ड ट्युबेलबाट निकालिएको पानी पिउन योग्य छैन । यी समस्याहरुको समाधान गर्न राजमोले राहत वितरण गर्दासम्म प्रदेश र स्थानीय निकायले कुनै कदम चालेको छैन । राष्ट्रिय जनमोर्चाले सबैभन्दा पिछडीएको र ती निकायहरुको ध्यान पुग्न नसकेको ठाउ“मा राहत वितरण छनौट गरेको हो ।

    Advertisement

    आइतबार, साउन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    गौमुखीमा ७८ अन्तरजातीय जोडी सम्मानित
    कर्णालीका ७९ स्थानीय तहका छोरीहरू भेला, समानताको पक्षमा आवाज
    रिब्दीकोट–१ मा एकल महिला–पुरुषलाई सम्मान
    कालीकोटमा मानवअधिकार रक्षकको सवालमा अन्तरक्रिया

    लोकप्रिय

    • १.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • २.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ३.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार

    • ४.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ५.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल

    • ६.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

    • २.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • ३.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ४.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ५.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ६.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ७.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ८.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...