• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

लोकप्रिय समाचार

  • १. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ४. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

  • ९. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • १०. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

रौतहटका बाढीपीडितलाई राष्ट्रिय जनमोर्चाले दियो राहत


  •   आइतबार, साउन १९, २०७६ मा प्रकाशित
  • कामना डेली,रौटहट।राष्ट्रिय जनमोर्चाले रौतहटको राजपुर नगरपालिका वार्ड नं. १ र २ मा यही श्रावण १५, १६ र १७ गते बाढी तथा डुबान पीडितलाई गाउँमै पुगी राहत वितरण गरेको छ । उक्त दुई वार्डका सबै बाढी तथा डुबान पीडितको पहिचान गरी ७ सय ३२ परिवारलाई मच्छरदानी र डुबानमा परी मृत्यु भएका तथा त्यही बेला सर्र्पले टोकेर ज्यान गुमाएका २ परिवारलाई नगद समेत वितरण गरिएको छ । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी नेतृत्वमा रौतहट जिल्लाका अध्यक्ष हरिकिशोर महतो, उपाध्यक्ष शेख सलाउद्दिन, तराई–मधेश जनवादी मोर्चाका अध्यक्ष सहितको टोलीले उक्त राहत वितरण गरेको हो । केही दिन अघि परेको भीषण वर्षा र लाल बकैया नदीमा आएको बाढीका कारणले उक्त क्षेत्रमा बाढी तथा डुबान परेको हो । भारतले सीमा नजिकै बनाएको बाधका कारणले लाल बकैया नदीको प्रवाह रोकिन गई नहरमा ठूलो पानीको प्रवाह पस्दा, नहर र नदी नियन्त्रण रोक्न बनाइएका पर्खाल समेत तोडेर उक्त बाढी वस्ती र धान रोपेको क्षेत्रमा प्रवेश गरेको थियो । उक्त बाढी र डुबानबाट हजारौं विघा जमिनमा लगाइएको धान नष्ट भएको छ । पुल, बा“ध र नहर, सडक र कैयन पक्की घर समेत भत्किएका छन् । हजारौं साना झुपडी त बस्न लायक नै छैनन् । अहिलेसम्म कतिपय घर र हजारौं विघा जमिनमा पानी जमेको छ । त्यसको निकाशको लागि कुनै व्यवस्था गरिएको छैन । सरकारले त्यो स्थितिको निरीक्षण गर्न एक संसदीय टोली पठाएको थियो । त्यो टोलीले प्रतिवेदन दिएपछि त्यसको आधारमा भत्किएका संरचना निर्माण गर्न र जनतलाई राहत पुराउने कुराले अहिले कुनै मद्दत पुग्दैन । कतिपय स्थानीय तह, संघ संस्थाले राहत वितरण गर्दा पनि स्थानीय राजनीतिक दलका कार्यकर्ताले आ–आफ्ना दलका समर्थकलाई कुपन दिएर राहत वितरण गर्ने गरेको र कतिपय कार्यकर्ताले उक्त राहतको रकम भ्रष्टाचार गरेको स्थानीय जनताको गुनारो छ ।
    बाढी र डुबानले भत्किएका घर बस्न लायक छैनन् । पक्की घरमा पनि क्षति भएको छ । भत्किएका वा डुबानले चिसो बनेका घरमा बस्दा मानिसहरु बिरामी परेका छन् । डुबान हुदा सेफ्टी ट्याङ्कीको फोहर बाहिर पानीमा मिसिदा रोग संक्रमण हुने खतरा छ । कम गहिराइबाट ह्याण्ड ट्युबेलबाट निकालिएको पानी पिउन योग्य छैन । यी समस्याहरुको समाधान गर्न राजमोले राहत वितरण गर्दासम्म प्रदेश र स्थानीय निकायले कुनै कदम चालेको छैन । राष्ट्रिय जनमोर्चाले सबैभन्दा पिछडीएको र ती निकायहरुको ध्यान पुग्न नसकेको ठाउ“मा राहत वितरण छनौट गरेको हो ।

    Advertisement

    आइतबार, साउन १९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ४.
      माडी खोलामा माछा मार्न गएका दुई जना

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • २.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ३.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ४.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ५.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ६.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ७.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ८.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...