कामना डेली,अर्घाखाँचीः अर्घाखाँचीका पत्रकार प्रेमनारायण आचार्यलाई यस बर्षको ‘प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।नेपाल पत्रकार महासंघ र शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा संयुक्तरुपमा प्रदान गरिने रु. २० हजार राशीको पुरस्कार आचार्यलाई प्रदान गरिएएको हो ।नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यलयमा भएको कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले नगद २० हजारसहित सम्मान पत्रले पुरस्कृत गरेका थिए । अर्घाखाँची जिल्लामा रहेर विगत १२ बर्षदेखि व्यवसायीक रुपमा सक्रिय पत्रकार आचार्यले एभिन्युज टेलिभिजन, उज्यालो नेटवर्क र रेडियो देउराली सन्धिखर्कमा कार्यरत छन्।
Advertisement