काठमाडौँ । गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित उनकि बहिनी ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ ।यस गीतले तीजको मौलिकतालाई झल्काएको छ । ‘फुलमती चनमती’ले देश र समाजमा व्याप्त जातीय बिभेद बेथिति, विसङ्गतिहरूमाथि शक्तिशाली प्रहार गरेको छ । ‘देशको ब्याप्त समस्या, दाइजो प्रथादेखि बलात्कार हत्यासम्मका बिषय समेत गीतमा समेटिएको छ ।’नेत्र अर्यालको शब्द रहेकाे गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।शिव विकले निर्देशन गरेकाे गीतकाे भिडियाे दुर्गा पौडेलले खिचेका हुन् । भिडियोमा अन्जली अधिकारी र शान्तिश्री परियारले अभिनय गरेका छन् ।
Advertisement