चितवन ।चितवनको नारायणगढ–मुग्लिन खण्डमा पुल बनाउन सरकारले बाटो खोलिदिएको छ । डबल लेनमा पुल अत्यावश्यक देखिएको भन्दै मन्त्रिपरिषद्ले ठेक्कामार्फत डिजाइन र निर्माणको काम अघि बढाउन स्वीकृति दिएको हो । सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययनसमेत गर्ने गरी ठेक्का गर्न स्वीकृति दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।कानुनमा डिजाइन एन्ड बिल्डका सम्बन्धमा स्पष्ट उल्लेख नभएको भन्दै सडक विभागअन्तर्गत पुल महाशाखाले मन्त्रिपरिषद्मा निर्णय गरिदिन पत्र पठाएको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा विमल खतिवडाले लेखेका छन् ।
Advertisement