सुरज भट्टराई,बुट्वल। लायन्स क्लब अफ देवदहले शुक्रबार देवदह नगरपालिका स्थित गौतम बुद्ध राष्ट्रिय उद्धानमा वृक्षारोपण गरेको छ । कपुर, धुपी, अमला लगायतका ६० विरुवा रोपिएको थियो ।देवदह नगरपालिकाको प्रमुख हिरा खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले वृक्षरोपण गरेर मात्र जिम्मेवारी पुरा नहुने भन्दै त्यसको संरक्षण गुर्नपर्नेमा जोड दिएका थिए । साथै क्लबको अध्यक्ष तथा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले कार्यक्रममा बोल्दै रोपिएका विरुवाको गोडमेल तथा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।कार्यक्रममा देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं ,बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना , कोलिय देवदह साकोसका अध्यक्ष ऋषिराम सापकोटा , नेकपा देवदह नगर कमिटी अध्यक्ष प्रकाश अर्याल लगाएतले बोल्दै वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणमा योगदान दिने बताएका थिए ।कार्यक्रम देवदह नगरपालिकाको उप-प्रमुख तथा लायन्स क्लब अफ देवदहको अध्यक्ष विद्या लक्ष्मी गुरुङको अध्यक्षता क्लब का प्रथम उपाध्यक्ष राम बहादुर गुरुङको स्वागत तथा सचिव सुनिल जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
लायन्स कल्वद्धारा गौतम बुद्ध राष्ट्रिय उद्धानमा वृक्षारोपण
लायन्स कल्वद्धारा गौतम बुद्ध राष्ट्रिय उद्धानमा वृक्षारोपण

Advertisement
तपाईको प्रतिक्रिया