• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

साउदीमा समस्या परेको छ ? अपनाउनुहोस् यी उपाय


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • काठमाण्डौ । साउदीमा हुनुहुन्छ ? तपाईंलाई कम्पनीबाट समयमा अकामा नवीकरण नगरिदिने, सम्झौता अनुसारको काम र तलब नदिने, करार अविधि सकिएपछि पनि एक्जिट परमिट (घर फर्किने अनुमति) नदिने, विभिन्न कागजातमा भाषाको ज्ञान बिनै सहि गर्न लगाउने लगायतका समस्या भएको छ ? यदि छ भने समयमै कानुनी उपचार खोज्न साउदीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ । काम गरेको तीन महिनाभन्दा बढी अवधिको तलब नदिएमा, तीन महिना नाघ्दा पनि अकामा (परिचयपत्र) नवीकरण नगरिदिएमा, तीन महिनाभन्दा बढी अवधिसम्म काम वा अन्य सेवा सुविधा नदिएमा, अकामा जारी, नवीकरण, पारिश्रमिक, काम साउदी अरब आएको ९० दिनसम्म पनि नदिएमा उजुरी दिन दूतावासको अनुरोध छ ।यस्तो समस्या परेमा आफू कार्यरत क्षेत्रको श्रम अफिस र श्रम अदालतमा गइ निवेदन दिन र त्यसको जानकारी दूतावासलाई पनि गराउन दूतावासले आग्रह गरेको हो । यस्ता समस्या भोगेर दूतावासमा आउने क्रम बढेको, तर समयमा उजुरी नगर्दा समस्या समाधानमा समस्या भएको भन्दै समयमै उजुरी गर्न दूतावासकाे आग्रह छ । लामो अवधि अकामा नवीकरण नगरी साउदीमा बस्न हुँदैन । एक वर्षभन्दा बढी सयम अकामा नवीकरण नभएमा नवीकरण लागत धेरै हुने र कफाला गर्न वा नवीकरण पनि नगर्ने अवस्था हुन्छ ।त्यस्तो अवस्थामा आफू अवैधानिक हुने हुँदा विभिन्न कानुनी समस्या पर्न सक्छ । त्यसैले अवधि सकिएको तीन महिनाभित्रै श्रम कार्यालयमा दावी गरी तुरून्तै कफाला गर्न वा कम्पनीको अवस्था अनुसार थप कारवाहीमा जानु राम्रो हुन्छ । तीन महिनासम्म पनि करार अनुसारको सेवा सुविधा नदिएमा त्यो कम्पनीमा काम गर्नु उपयुक्त हुँदैन । यस्तो अवस्थामा स्पोन्सर (रोजगारदाता)को स्वीकृति नलिइ अर्को स्पोन्सर कम्पनीमा जान सकिन्छ । तर नयाँ स्पोन्सर र कामदारले श्रम कार्यालयको स्वीकृतिमा कफाला गर्नुपर्छ । यस्तो समस्या परेमा साउदी श्रम मन्त्रालयको कल सेन्टरको निस्शुल्क फोन नम्बर १९९११ मा सम्पर्क गर्न सकिन्छ । रोजगारीका लागि होस् या जुनसुकै उदेश्यले जुन देश गए पनि सम्बन्धित देशको कानुन पालना गर्नु अनिवार्य हुन्छ । त्यसैले साउदीमा हुने नेपालीलाई साउदीको कानुन उल्लङ्घन नगर्न दूतावासको अनुरोध छ । कानुनको उल्लङ्घन गर्दा जस्तोसुकै पनि सजाय हुन सक्ने भएकाले सावधान रहन पर्छ । जाँडरक्सी खाने, बनाउने, ओसारपसार गर्ने, बिक्री गर्ने, झगडा गर्ने, चोरी गर्ने गर्नु हुँदैन ।
    यस्तै,महिलालाई जिस्काउने तथा यौनजन्य व्यवहार, लागुपदार्थ सेवन, ओसारपसार, बिक्रीवितरण,साउदी अरबमा प्रतिबन्धित औषधीको ओसारपसार र सेवन, घूस लिनेदिने काम गर्नु हुँदैन । कुनै पनि कागजमा नबुझिकन सहीछाप गर्नु हुँदैन ।गैरकानूनी कारोबारमा रकम लेनदेन गरेर, विदेशी नागरिक तथा अपरिचित नेपाली वा परिचितकै लागि जमानत बसेर, अकामाको फोटोकपि अनाधिकृत व्यक्तिलाई दिएर, अनधिकृत म्यासेजहरु पठाएर, आफ्नो खाताबाट अधिक रकम विभिन्न व्यक्तिलाई पठाएर, लाइसेन्स बेगर सवारी चलाइ दुर्घटना वा क्षति भएर, बिना अकामाका कुनै मानिसलाई सवारीमा चढाइ ओसारपसार गरेर, अपरिचितको घरको अगाडि लामो समय विनाकारण उभिएर पनि साउदीमा समस्या पर्न सकिन्छ । त्यसैले यस्तो कुराबाट बच्नु पर्छ । आफ्नो बैंक खाता नम्बर र एटीएम पिन नम्बर अरुलाई दिएर, अरुको रकम आफ्नो अकामाबाट पठाएर, एटीएम मेशिन अगाडि लामो समय उभिएर, अनधिकृत क्षेत्रमा प्रवेश गरेर वा अन्य प्रकृतिका गैरकानुनी काम गरेका कारण थुप्रै नेपाली समस्यामा परेको भन्दै दूतावासले यस्तो काम नगर्न अनुरोध गरेको छ । कुनै गैरकानुनी कामको आरोपमा प्रहरी र अदालतमा मुद्दा लागेको अवस्थामा आफ्नो प्रमाण लिने र मुद्दाको किनारा लगाउन पहल गर्नु पर्छ । यस्तो मुद्दा नसुल्झाउँदासम्म साउदीबाट निस्कन पाईंदैन । यस्तो समस्या परेमा साउदीस्थित नेपाली दूतावासमा सम्पर्क गरेर सहयोग लिन सकिन्छ । श्रोत:उज्यालोबाट!

    Advertisement

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation