सागर थापा,बांके। नेपालगन्ज भन्सार कार्यालयले राजश्व छली हुन नदिन कडा गरेपछि तस्करहरुको भागाभाग भएको छ । श्री सशस्त्र प्रहरी बल ४० गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरुक्षा प्रमुख सशस्त्र प्रहरीका नायव उपरिक्षक निरंकार नाथ शुक्लाले तस्करी गरेर सामान ओसारपसार गर्नेहरुलाई निगरानीमा राखेपछी तस्करहरुको भागाभाग भएको हो ।पहिले खुलेआम सामान ल्याउने तस्करहरुको सामान भन्सारमै जफत हुन थालेपछि तस्करी न्यून भएको छ।त्यस्तै लाखौं रुपैयाका सामान सशस्त्र प्रहरीले पक्राउ गरि बाँके भन्सार कार्यालयमा बुझाएका छ। नेपालगन्ज भन्सारमा कार्यरत सशस्त्र प्रहरी नायव उपरिक्षक निरंकार नाथ शुक्ला आएपछि रणनीति तथा कर्यनिती बनाएर तस्करी नियन्त्रण गर्न सफल भएका छन ।
Advertisement