महेन्द्र सिंह,बाँके। साउन १ गतेबाट लागु गरिने नयाँ आर्थिक प्रावधानको नेपालगंजबासीले बिरोध जनाएका छन। बिरोधमा नेपालगन्जका व्यापार ब्याबसायहरु आज सबै बन्द भएका छन् । चरणबद्ध आन्दोलनमा उत्रिएका नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारको बिरोध गर्दै आज बुधबार नेपालगन्जका सबै पसल लगायत बजार बन्द गरेका हुन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चेम्बर अफ कमर्श, बाँके व्यवसायीक मुद्दामा एक ठाउँ उभिएका छन् । यसअघि पनि नेपालगन्ज उधोग बाणिज्य संघ लगायतका संस्थाहरुले बिरोध गर्दै आएका छन् ।
Advertisement