कामना डेली,काठमाडौं। साउन महिना हिन्दु धर्मावलम्बीका लागि विशेष मानिन्छ। त्यसमाथि यो महिना रङका हिसाबमा पनि अन्य महिनाभन्दा विशेष छ। कारण हो यस महिनाभर प्रयोगमा आउने पहिरन तथा सामाग्री र यीनमा प्रयोग हुने रातो, हरियो र पहेँलो रङ।महिलाहरु रातो, हरियो र पहेँलो रङका सारी, चुरा, पोतेमा सजिएर आफूलाई नवदुलही जस्तैगरी शृंगार गर्दछन्। यसबाहेक प्रत्येक सोमबार शिवको पूजाआराधना गरी व्रत बस्ने गर्दछन्। व्रतसँग जोडिएको अर्को पाटो हो मेहन्दी लगाउनु।भगवान शिवको पि्रय बार सोमबारमा ब्रत बसेर हरियो र रातो पहिरनका साथै मेहन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ । साथै पतिको दिर्घायू हुने विश्वासमा पनि परम्परादेखि नै साउन महिना बिशेष रुपमा शिवको महिमा गाएर मनाइन्छ ।अविवाहित महिलाहरु पनि योग्य वर प्राप्तीका लागि महिनाका सबै सोमबार ब्रत बस्छन् । हिन्दू किम्बदन्ती अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र महादेवबाट सौभाग्य पाइन् ।’सोही विश्वासका साथ नेपाली महिलाहरुले पनि आफ्ना हात मेहेन्दीले रंग्याएका छन् । हातमा मेहेन्दीको प्रयोग अहिले फेसन जस्तो बन्दै गएको छ ।चाहे गाउँ या शहर होस जताततै हिजोआज साउन महिना हातमा मेेहन्दि र हरियो पहिरन लगाउने चलन फेसनको रुपमा मौलाउदै गएको छ ।
महिलाले साउनमै किन लाउँछन मेहन्दी र हरियो चुरा ?
महिलाले साउनमै किन लाउँछन मेहन्दी र हरियो चुरा ?
Advertisement
तपाईको प्रतिक्रिया