सागर थापा,दाङ। सुरक्षा सुव्यवस्थालाई ध्यान दिदैं तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ गोठीखोलामा अस्थायी प्रहरी चौकी उद्घाटन गरिएको छ । ५ कोठे पक्की भवनको नगरप्रमुख घनश्याम पाण्डे र जिल्ला प्रहरी प्रमुख एसपि वेलवहादुर पाण्डेले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेले वदलिदो संरचना अनुसार स्थानीय तहका सवै ठाउँमा प्रहरी चौकी स्थापना गर्नलागिएको वताए । उनले उपमहानगरका १९ वटै वडामा स्थायी प्रहरी चौकी स्थापनालाई आफुले निरन्तरता दिएको वताए ।समाजमा अपराध नियन्त्रणका लागि ३ वटा कुरामा ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो। नगरप्रमुख पाण्डेले नागरिक सचेत भए, अपराध नियन्त्रण गर्ने निकाय सक्रिय भए र घटनापछि राजनीतिक दवाव आउन वन्द भए अपराध नियन्त्रणमा कुनै पनि समस्या नहुने वताए ।कार्यक्रममा वोल्दै प्रहरी प्रमुख वेलवहादुर पाण्डेले शान्ती सुरक्षा कायम गर्नका लागि घरबाटै सबैले पहल गर्नुपर्ने वताए। ‘आफ्ना सन्तानले के गरिरहेका छन् भन्ने वारेमा चनाखो भएर सोच्नुपर्ने हुन्छ’ उनले भने। नागरिकको सहयोग पाएमा समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई सजिलो हुने उनको भनाई थियो। प्रहरीका वारेमा विभिन्न भ्रम जनतामा माझमा वेलावखत छरिने गरेको वताउँदै प्रहरीले सधै जनताको पक्षमा काम गर्ने वताए। कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष कृतिवहादुर खड्काले पछिल्लो समय गुण्डागर्दीका घटना वढिरहेको भन्दै प्रहरीको सक्रियता वढाउन आवश्यक रहेको वताए। सो अवसरमा तुलसीपुर उदोग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावत, वडाध्यक्ष बालकृष्ण राना, उपभोक्ता समितिका कोषाध्यक्ष पदमवहादुर खड्का, पत्रकार शरद रेग्मी लगायतले मन्तव्य राखेका थिए। प्रणव खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता निर्माण समितिका अध्यक्ष रतनवहादुर खड्काले गरेका थिए ।
प्रहरी कानुन बमोजिम चल्ने हो, पालना सबैले गर्नु पर्छ: एसपी पाण्डे
प्रहरी कानुन बमोजिम चल्ने हो, पालना सबैले गर्नु पर्छ: एसपी पाण्डे

Advertisement
तपाईको प्रतिक्रिया