पश्चिम नवलपरासी ।पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा रहेका बजारहरुमा अनुगमन गरिएको छ । उद्योग बाणिज्य तथा उपभोक्ता हकहित सरंक्षण निर्देशनालय भैरहवाका मिन प्रसाद गौतमको नेतृत्वमा रहेको सुनवल नगरपालिका, सुनवल उद्योग बाणिज्य संघ , इलाका प्रहरी कार्यालय सुनवल, पत्रकार , उपभोक्ता हकहित सरक्षण मञ्च लागएत सरोकारवालाहरुको सयुंक्त उपस्थितीमा अमुगमन गरिएको हो। सुनवल क्षेत्र अन्तर्गतका हरकट्टा , भुमही , बनकट्टी लगाएत सुनवल नगरपालिकामा रहेका किराना पसल, मासु पसल, डेरी र डिपाटमेन्टल स्टोर , मिष्ठान भण्डारहरुको अनुमगन गरिएको अनुगमन समितीले बताएको छ । अनुगमनको क्रममा अधिकांश पसलहरुमा मूल्य सुची नभएको , पसल दर्ता समेत नभएको , उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गरि सरसफाईमा ध्यान नदिएको पाइएको र अन्दाजी २२ केजी सडे गलेको मासु अनुगमनको क्रममा नष्ट गरिएको छ ।सो अवसरमा सुनवल उद्योग बाणिज्य संघबाट तेज प्रसाद भण्डारी, इलाका प्रहरी कार्यालय सुनवलबाट उपेन्द्र प्रसाद यादव , डोल बहादुर सोमै , पत्रकार पुरन अधिकारी , उपभोक्ता हकहित सरक्षण मञ्च पश्चिम नवलपरासीको तर्फबाट रामजी लौडारी लागएतको उपस्थिती रहेको थियो ।
सुनवल क्षेत्रका बजारहरुको अनुगमन
सुनवल क्षेत्रका बजारहरुको अनुगमन
Advertisement
तपाईको प्रतिक्रिया