बिमल प्रसाद पाेख्रेल,प्युठान। जिल्लाकाे प्युठान नगरपालिका वडा नंबर ४ काे कार्यलय अगाडिकाे सडकमा नालि नहुदा यात्रुहरुले जाेखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन। बर्षातको पानीले सडक बिग्रेपछी जोखिम बढेको हो। बिजुवार क्षेत्रको उक्त सडक अासपासमा विभिन्न सरकारि कार्यालयहरुमा काम बिशेषले पुग्ने सेवाग्राहीहरुले बढी सास्ती खेप्नुपरेको छ । दुरसंचार कार्यालयमा सेवा लिन पुगेका सेबाग्राहि प्रकाश जिसि भन्छन ‘सडक चित्लाे हुदा माेटर साईकल लर्कीएर लडियाे’ दैनिक सयाै सर्बसाधारणहरुको सास्ती उहीँ हो।प्युठान नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष लक्ष्मि प्रसादराज भन्डारीले पानी राेकिएपछि सडक सुधार गर्ने बताउनुभयो। दायाँबायाँ नाला नहुँदा सडक खाल्टा खुल्टि र हिल्याम्मे भएको स्थानियहरुको भनाई छ ।
Advertisement