टेक बहादुर पुन,देउखुरी । बर्षाको समय, बुढ्यौली उमेर । बृद्द बृद्दालाई राम्रो झुल र छाता चाहिन्थ्यो, गरिव जिन्दगी । राम्रो झुल किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने बृद्द भत्ता दुई चार हजार न हो, त्यतीले मात्रै सबै अाबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो । बिपन्न थिए त्यसैले बर्षायाममा छाता र झुलको अाशमा थिए दाङ्गको गढवा गाँउपालिका वार्ड नम्बर ५ का जेष्ठ नागरिकहरु ।त्यही अाशालाई पुर्ती गर्नका लागी बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयले वडा अन्तर्गतका २५ जना जेष्ठ नागरिकलाई सम्मान सहित एक-एक थान झुल, छाता र हर्लेस बितरण गरेको छ ।लक्षित बर्ग कार्यक्रम अन्तर्गत वडा नम्बर ५ ले २२ हजार रुपैया खर्च गरेर ८० बर्ष माथिका जेष्ठ नागरिकलाई एक-एक थान झुल, छाता र हर्लेस बितरण गरेको वडा अध्यक्ष प्रकाश भण्डारीले बताए । “जेष्ठ नागरिक हामि सबैको अभिभाबक भएकाले सबैले सम्मान गर्नुपर्ने बताउँदै अध्यक्ष भण्डारीले सहयोग गर्न पाएकोमा खुसि ब्यक्त गरे । जेष्ठ नागरिकको दैनिकि सहज होस् भनेर उक्त सामाग्री वितरण गरिएको वडा अध्यक्ष भण्डारीले बताए ।वडा अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै गढवा ५ बोदिपुर निवासी ९५ वर्षीय लिखिराम चौधरीले भने- गाउँ-गाउँमा स्थानिय सरकार अायो भन्थे, अहिले अनुभूति भयो ।’ अर्का जेष्ठ नागरिक गढवा ५ पर्ना निवासी ८७ वर्षीय प्रशादी चौधरीले समय सापेक्ष झुल र छाता पाएकोमा खुसि ब्यक्त गर्दै वडा अध्यक्ष सहित सबै वडा परिवारलाई अागामी सफल्ताको लागि शुभकामना पनि दिए ।
जेष्ठ नागरिकको सहारा वडा कार्यालय
जेष्ठ नागरिकको सहारा वडा कार्यालय

Advertisement
तपाईको प्रतिक्रिया