जीवन न्यौपाने, नवलपरासी ।सुनवल नगरपालिका वडा नं १२ को कार्यालय भुमहीले आइतबार वडाको प्रतापुर चोक देखि सुकौलि सम्मको बाबा बर्दगोरीया धाम जाने २ किलो मिटर बाटोको दुबै तर्फ फुलफुलका विरुवा वितरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । वडाले प्रधानमन्त्री रोजगार कार्यक्रम सहित जोडेर चालु आर्थिक वर्षको वार्षिक निति तथा कार्यक्रम अन्तर्गत झन्डै १ लाख रुपँैया बजेट बराबरको रकमले ३ सय २० भन्दा बढि फुलफुलका विरुवाहरु खरिद गरि सो क्षेत्रमा वृक्षरोपण गरेको हो । उक्त वृक्षरोपण कार्यक्रममा आँप, लिचि, बेलौति, कपुर जस्ता फलफूल तथा विरुवा हरु रोपिएको छ । कार्यक्रममा वडाध्यक्ष यमलाल पाण्डेले यस क्षेत्रकै नमुना धार्मिक स्थलको रुपमा रहेको बाबा बर्दगोरीया धाम क्षेत्रलाई फलफुल पकेट क्षेत्रको रुपमा विकास गर्न तथा सुनवल नगरपालिकाको अभियान ‘एक घर दुई रुख’ अभियानलाई सफल बनाउन सो वृक्षारोपण कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य उषा बन्जाडे न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनार लगाएतको उपस्थिति रहेको थियो ।
सुनवल नगरपालिका १२ भुमहीद्वारा फुलफुलका विरुवा वितरण तथा वृक्षारोपण ।
सुनवल नगरपालिका १२ भुमहीद्वारा फुलफुलका विरुवा वितरण तथा वृक्षारोपण ।

Advertisement
तपाईको प्रतिक्रिया