Advertisement
टेक बहादुर पुन,देउखुरी । दाङ्गको लमहीमा एक अापसमा मोटरसाईकल ठोक्किदा दुईजना घाईते भएका छन् । लमही नगरपालिका ५ रातोडाँडा भित्रि बाटोमा पुर्बबाट पश्चिम जाँदै गरेको रा ३ प ८१३६ नम्बरको मोटरसाईकल र दक्षिण बाट उत्तर तर्फ अाउँदै गरेको रा २ प ५१०६ नम्बरको मोटरसाईकल एक अापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि लमही ५ कै चालकद्वय रोषन भेटवाल र सन्तोष अाचार्य घाईते भएका छन् । दुर्घटनामा परि अाचार्य सामान्य घाईते भएका छन भने भेटवालको फ्लोरेन्स अस्पताल लमहीमा उपचार भईरहेको छ ।रातिको समय भएकाले र क्रसिङ्ग बाटो भएकाले दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।