भरतसन्तोषी,नुवाकोट। नुवाकोटको लिखु गाउँ पालिकाले वडा नम्बर-६ स्थित कुमाल ठाटीमा गाउँ पालिका स्तरीय धान दिवस मनाइएको छ।लिखु गाउँ पालिकाका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष श्रेष्ठले कृषिको प्रमुख बालीको रुपमा लिईने धान बालीलाई थप नयाँ प्रबिधिका साथ उत्पादन तर्फ कृषकहरु अग्रसर हुनुपर्ने बताउनुभयो।लिखु गाउँ पालिका वडा नम्बर-६ का वडाध्यक्ष्य हरिशरण लामिछानेले असार पन्ध्रलाई रमाइलोको रुपमा मात्रै विकसित नगराई उत्पादनमुखी बनाउन कार्यक्रम योजना तर्जुमा तय गर्न र गराउन आफू कटिबद्ध रहेको समेत बताउनुभयो।
त्यस्तै स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मी कल्याण पाण्डेले लिखु गाउँ पालिकालाई धान खेतीको पकेट क्षेत्र मानिएको थान्सिङ फाटमा धानको बिऊ बिजन उत्पादन क्षेत्र समेत घोषणा गरि भविष्यमा वितरण केन्द्र स्थापना गर्न सकिने बताउनुभयो।
लिखु गाउँ पालिका कृषि शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न धान दिवस तथा रोपाइ कार्यक्रममा २५ रोपनी क्षेत्रफलमा एक हल गोरु,आठजना लाठे,२७ जना रोपारका साथमा रोपाइँ सम्पन्न भएको थियो।कार्यक्रममा स्थानीय पन्चै बाजाका साथमा जनप्रतिनिधि तथा स्थानीयहरुले हिलो छ्याप्दै,गाउदै, नाच्दै हर्षोल्लासका साथ धान दिवस कार्यक्रम सम्पन्न भएको छ।
नुवाकोटको लिखुमा धान दिवस धुमधामका साथ मनाइयो।
नुवाकोटको लिखुमा धान दिवस धुमधामका साथ मनाइयो।

Advertisement
तपाईको प्रतिक्रिया