राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठानमा मोबाईल व्यावसायि सघ गठन भएको छ। मोबाइल व्यावसायि अरुण कुमार श्रेष्ठको अध्यक्षतामा शनिबार बिजुवारमा बसेको जिल्ला भेलाले प्रबिण बिकलाई सर्बसहमत रुपमा अध्यक्ष चयन गरेको हो।जसमा उपाध्यक्षमा मित्र आर सि ,सचिब (ठाकुर गिरि ,सह सचिब प्रकाश पौडेल कोषाध्यक्ष अरुण कुमार श्रेष्ठ, सदस्यहरुमा पेम बहादुर बि क ,उदय बि क , बेगम के सि , नबराज रेग्मी,धनेन्द्र जि एम , गिता थापा,छमा कुमारी घर्तिमगर ,भुबन श्रेष्ठ र मोहन बुढामगर रहेका छन।लामो समय देखिको कसरत पछि जिल्लामा मोबाईल ब्यबसायी संघ गठन गर्न सफल भएको बताइएको छ। हरेक संघ संस्थाका निर्वाचन कुनै न कुनै हिसावले राजनितिक रहित नुहुने पराम्परा लाई तोड्दै मोबाईल ब्यबसायिको हक अधिकारका लागि आफुहरु एकताबद्ध भएको नबगठित संघका अध्यक्ष प्रबिण सिह सुनारले बताए।बिसुद्ध मोबाईल व्यावसायीहरु संलग्न भएको र आफ्ना हक, हित र समस्यामा व्यावसायीको साथमा रहने सुनारको भनाई छ ।सरल ,भद्र ,नम्र र युवा लोक प्रिय व्यवसायी भएका र लामो समय देखि बिजुवारमा रहेर ब्यबसाय कार्य गरेका कारण आफुहरुको समस्या हक अधिकारका लागि सदैब सम्पूर्ण मोबाईल व्यवसायीहरुको लागि अगाडि बढ्ने मोबाईल व्यावसायिको बुझाइ रहेको छ ।
प्युठानमा मोबाईल ब्यबसायी संगठित,प्रबिण भए अध्यक्ष
प्युठानमा मोबाईल ब्यबसायी संगठित,प्रबिण भए अध्यक्ष

Advertisement
तपाईको प्रतिक्रिया