टेक बहादुर पुन,देउखुरी । द्धन्द संबेदनशिलता तथा खोजी पत्रकारीता सम्बन्धी तिनदिने तालिम बुधबारदेखी लमहीमा सुरु भएको छ । सामुदायिक विकास मञ्च लमहीको आयोजना र लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरू भएको हो । सामुदायिक विकास मञ्चका अध्यक्ष मदन अधिकारीको अध्यक्षता र लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अातिथ्यमा शुरू भएको तालिम उद्घाटनमा बोल्दै नगर प्रमुख केसीले राष्ट्रको प्रगतिका लागि पत्रकारको प्रमुख भुमिका रहने बताउनु भयो । सत्य र तथ्यपरक खबर लाई छिटो छरितो मिडियाको माध्यम बाट प्रसारण प्रकाशन गर्नाले अामनागरिकमा जनचेताना फैलिने बताउनु भयो । केसीले हिम्मत र साहसका साथ अाफ्नो पत्रकारिता पेशालाई निरन्तरता दिन सहभागी पत्रकार हरूलाई अाग्रह गर्नुभयो ।
कार्यक्रममा सामुदायिक विकास मञ्चका अध्यक्ष मदन अधिकारी, कोषाध्यक्ष प्रदिप शर्मा पुजारी लगाएतले बोल्नु भएको थियो । देउखुरीका विभिन्न मिडियामा अाबद्द रहेका करिब ३० जना क्रियासिल पत्रकारको सहभागी रहेको तालिमको प्रशिक्षकमा जिवन तिमिल्सिना रहनु भएको छ । कार्यक्रमको सहजिकरण पत्रकार दशरथ घिमिरेले गर्नु भएको थियो ।।
तिनदिने द्धन्द संवेदनशिलता तथा खोजी पत्रकारीता तालिम सुरू
तिनदिने द्धन्द संवेदनशिलता तथा खोजी पत्रकारीता तालिम सुरू
Advertisement
तपाईको प्रतिक्रिया