नुवाकोट। नुवाकोटको लिखु गाउँ पालिका स्तरीय विद्यालयको अतिरिक्त कार्यक्रम सम्पन्न भएको छ।गाउँ पालिकाका अध्यक्ष ध्रुब श्रेष्ठको प्रमुख उपस्थितीमा भएको अतिरिक्त कार्यक्रममा नृत्यकला,चित्रकला र वक्तृत्वकला बिधामा प्रतियोगिता स्वरुप राखिएको उक्त गाउँ पालिकाका श्रोत ब्यक्ति महेश्वर पाण्डेले जानकारी दिनुभयो। लिखु गाउँ पालिका -१ को नारायण देवी माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा बिबिध सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको शिक्षिका कमला प्याकुरेलले बताउनुभयो। नृत्य तर्फ बिजेता क्षेत्रपाल मा विले नगद रु ५ हजार र प्रमाण पत्र, बक्तृत्वकला तर्फ क्षेत्रपाल मावि नगद रु ५ हजार सहित प्रमाणपत्र र चित्र कला तर्फ बिजेता सिद्दिगणेश प्रा वि रु ५ हजार र प्रमाण पत्र प्राप्त गरे।कर्यक्रममा सहभागी प्रतियोगीहरुलाई गाउँ पालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
नुवाकोटको लिखुमा गाउँ पालिका स्तरीय अतिरिक्त कार्यक्रम सम्पन्न
नुवाकोटको लिखुमा गाउँ पालिका स्तरीय अतिरिक्त कार्यक्रम सम्पन्न

Advertisement
तपाईको प्रतिक्रिया