कामना डेली । एक्स जेनेरेशन इभेन्ट एण्ड एड एजेन्सीले अषाढ ९ गते नेपालगन्जमा हुने ‘हिट द बिट’ पुल पार्टीमा अन्तर्राष्ट्रिय लेडि डिजे लिनेटाले सहभागिता जनाउने भएको छ । आयोजक एक्स जेनेरेसनले पत्रकार सम्मेलन गरेर सो कुरा बताएको हो ।उक्त पुल पार्टी नेपालगंजका लागी यो बर्षको पहिलो पुल पार्टी हुने एक्स जेनेरेसनले पत्रकार सम्मेलनमा बताएको छ । बिश्वव्यापी ‘DJ 100 DJANE 2018’ मा पर्ने सफल विश्व प्रसिद्ध महिला डिजे ‘डिजे लिनेटा’ को प्रमुख आकर्षण पुल पार्टिमा रहने आयोजकले जनाएको छ ।साथै पुल पार्टिमा डिजे लिनेटा संगै नेपाल की ख्याती प्राप्त डिजे अर्पणा, डिजे बिधानको डिजे बिट्सका साथै युवा पिडीको रोजाईमा रहेको हिप हप संगितमा नाम चलेका गायक ‘सरकार ‘ , ‘टिक्रस’ र ‘दंगाली बोवाई’को संगितिक प्रस्तुती रहने छ ।आयोजकका अनुसार कार्यक्रमको संचालन मोस्ट पपुलर मोडल RJ/VJ पुजन थापा ले गर्ने छिन् । यो पुल पार्टीले नेपालगंजबासीलाई यो प्रचण्ड गर्मीमा थेरौ भए पनि राहतका साथ अन्तराष्ट्रिय स्तरको इभेन्टको मनोरञ्जन दिने बिश्वस्त रहेको एक्स जेनेरेशनका प्रिसिडेन्ट संयोग जंग शाहले बताएका थिए।
शाहले यो बर्ष यस्तो अन्तराष्ट्रिय लेडी डिजे सहितको दुई वटा पुल पार्टी हुने र चाडै नै एक्स जेनेरेशनले आफ्नो बार्षिक इभेन्ट “मिस नेपालगंज” र “लिटिल मिस भेरी ” पनि सुरु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएका थ“बिट द हिट” पुल पार्टी को हस्पिटालिट पार्टनर समेत रहेको स्नेहा कालर्श इन स्विट्सका अपरेश मेनेजर कपिल गान्जोका अनुसार यो पार्टी लाई लक्ष्यित लाइभ “बार बिक्यु” गर्नुका साथै अन्य स्वादिष्ट परिकारको परिकल्पना होटल ले गरेको बताए ।
नेपालगन्जको हिट द बिट पुल पार्टीमा अन्तराष्ट्रिय लेडी डिजे लिनेटा आउने
नेपालगन्जको हिट द बिट पुल पार्टीमा अन्तराष्ट्रिय लेडी डिजे लिनेटा आउने
Advertisement
तपाईको प्रतिक्रिया