कामना डेली – सरकारले केही समय अगाडी नेपालमा विभिन्न टेलिभिजनहरुमा प्रसारण हुँदै आएको बिज्ञापनहरुमा प्राविधिक र कलाकारहरु नेपाली नै हुनु पर्ने बताएको थियो । सरकारले नेपालका टेलिभिजन तथा चलचित्र हलमा बज्ने कुनै विज्ञापन तथा होर्डीङ बोर्डहरुमा बिदेशी अनुहारलाई देखाउन नपाईने विज्ञापन ऐन २०७६ प्रस्ताव गरेको थियो । जसमा अब बिदेशी बिज्ञापनहरुमा बिदेशी कलाकार नभई अभिनयदेखि भ्वोईस ओभर समेत नेपालीकै हुनु पर्ने क्लिन फिड नीति लागु गर्ने तयारी गरिरहेको छ । यता सरकारको यस्तो निर्णयको बिरोध सुरु भएको छ ।टेलिभिजन सेवा प्रदायकहरुले सरकारले प्रस्ताव गरेको बिज्ञापन ऐनको बिरोध गर्दै आन्दोलन गर्ने भएका छन् । सरकारले ल्याएको क्लिन फिड नीति लागु गर्न अव्यवहारिक हुने भन्दै उनीहरु आन्दोलनमा उत्रिने भएका हुन् । बिरोधस्वरुप असार ९ र १० गते नेपाली टिभीमा बिदेशी च्यानल बन्द गर्ने घोषणा गरेका हुन् । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म बिदेशी च्यानल बन्द गर्ने भएको हो ।नेपालमा ८५ प्रतिशत बिदेशी च्यानलहरु रहेका छन् । इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यवहारिक र व्यवसायिक रुपमा असमर्थ हुने उल्लेख गरेको अवस्थामा डिजिटाइजेसनको क्रममा रहेको डिजिटल टिभी व्यवसायको अर्बौँ लगानी डुब्ने र संविधानले दिएको सूचना तथा मनोरञ्जनको हकबाट नेपाली जनता बञ्चित हुने महासंघको दाबी छ । सरकारले ल्याएको बिज्ञापन ऐन जस्ताको त्यस्तै लागु भए नेपालीहरुले रुचाएको विभिन्न भारतीय तथा अन्य बिदेशी च्यानलहरु जनताले हेर्न नपाउने महासंघको भनाई छ ।क्लिन फिल्ड नीतिका बारेमा संचारमन्त्री गोकुल बाँसकोटाले भनेका थिए “महेन्द्र राजमार्गभन्दा तलका सहर तथा सडक किनारमा राखिएका ठूला होर्डिङ बोर्डमा विदेशी कलाकारका मात्र ठूलठूला तस्बिर हुने गरेका छन् । अब विदेशी उत्पादनको यस्ता विज्ञापनयुक्त होर्डिङ बोर्डमा नेपाली कलाकार, सेलिब्रेटी तथा नेपाली नागरिकहरूको तस्बिर मात्र देख्न पाइनेछ ।’ मन्त्री बस्कोटाले भने “नेपालमा गरिने यस्ता विज्ञापनमा विदेशीहरूको हस्तक्षेप अब हामीलाई सह्य हुँदैन । अब यस्ता महँगा टेलिभिजन विज्ञापन र होर्डिङ बोर्डमा हाम्रै कलाकार, हाम्रो वेशभुषा र संस्कृति रहनेछ ।”
असार ९ र १०मा बन्द हुँदै बिदेशी च्यानल
असार ९ र १०मा बन्द हुँदै बिदेशी च्यानल

Advertisement
तपाईको प्रतिक्रिया