गोबिन्द बिश्वकर्मा,काठमाडौं। चर्चित सारगीं बादक एवम् गायक हेमन्त कान्छा रसाइलीको अर्को कारुणिक गीत लौरी तितेको बजारमा आएको छ । केही समय अघि बजारमा सार्वजनिक भएको चर्चित मौलिक गीत बालापन र झुटो मायाको चर्चा सेलाउन नपाउदै फेरि अर्काे उत्कृष्ट गीत लिएर दर्शक श्रोता समक्ष ल्याउनुभएको हो । पुरानो भाकामा नयाँ चमक मिसाएर तयार पारिएको यस कारुणिक गीतमा हेमन्त कान्छा रसाइली, बाबुराम खत्री र अमृता नेपालीक स्वर रहेको छ ।बाबुराम खत्री र सपना रसाइलीको शव्द लेखन रहेको छ । बाबुराम खत्री आफैमा एचआइभी एड्सबाट पीडित बाबुरामको गहिरो चाहाना र रहरलाई हेमन्त कान्छा रसाइलीको सहयोगमा पुरा भएको छ । गीत अत्यन्तै मौलिकतामा आधारित रहेर लेखिएको हुदाँ यस गीतले दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ । गीतले फेरि पनि सफलता पाउने आफूले बिश्वास लिईएको गायक हेमन्त कान्छाले बताउनुभयो ।
हेमन्त कान्छाको स्वरमा कारुणिक गीत ‘लौरी तितेको’
हेमन्त कान्छाको स्वरमा कारुणिक गीत ‘लौरी तितेको’

Advertisement
तपाईको प्रतिक्रिया