• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ४. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ५. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ६. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ७. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • १०. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

असार भित्रै सबै शहरमा सिसी क्यामेरा जडान गरिने: डिआईजी अधिकारी


  •   शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
  • सागर थापा,दाङ । ५ नं. प्रदेशका प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले अबको एक महिना भित्रमा प्रदेशका सबै प्रमुख शहरहरुमा सिसी क्यामेरा जडान भइसक्ने बताएका छन् । शुक्रवार दाङको तुलसीपुर उपमहनरपालिका वडा नं. १५ मलवारमा नव निर्मित प्रहरी भवनको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दैै डिआईजी अधिकारीले प्रदेश सरकारको सहयोगमा दाङ लगाएत ५ नं. प्रदेशका सबै प्रमुख शहरहरुमा ३ करोडको लागतमा सिसी क्यामेरा जडानको काम सुरु भएको जानकारी दिए । सिसी क्यामेरा जडान पछि अपराध अनुसन्धान र न्याय सम्पादनमा प्रहरीलाई थप सजिलो हुने उनले आशा व्यक्त गरे ।यसैबीच डिआईजी अधिकारीले प्रहरीमा दरवन्दी भन्दापनि प्रवृधि बढाउन आवश्यक रहेको तर्क गरेका छन् । समय अनुकुल प्रहरीलाई प्रविधिले स्मार्ट बनाउन सके मात्रै सेवा प्रवाह सोचे अनुरुप छिटो छरितो हुने उनले विश्वास व्यक्त गरे । अबको प्रहरी प्रविधिमा स्मार्ट हुनुपर्ने भन्दै डिआईजी अधिकारीले प्रहरीले कुनै एक ठाउँमा बसेर प्रविधिको प्रयोगले बजार मोनिटरिङ गर्न सक्नु पर्ने बताए । प्रहरीको काम समाजको पहरेदारी गर्नु भएको हुँदा प्रहरीले सदैव समाजको शान्ति सुरक्षा र हितमा काम गर्नु पर्ने बताए । उनले समाजसंग हातेमालो गर्दै समातामुलक समाज निर्माणका सदैव कतिवद्ध रहन मातहतका प्रहरीलाई निर्देशन दिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले दाङको सीमा नाकामा रहेका ६ वटा अस्थायी प्रहरी चौकी मध्य अझैंसम्म ५ वटा नाकामा प्रहरी फुसको टहरामा बसेर कार्य संचालन गर्दै आएको , जिल्लाका थप १९ वटा प्रहरी पोष्टहरुको आफ्नै भवन र जग्गा नभएको सेवा प्रवाहमा समेत समस्या पैदा भएको भन्दै ती कार्यालयको स्तरवृद्धि गर्न आवश्यक रहकेको धारणा राखे । कार्यक्रममा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले ईप्रका मलवारले आसपासका ३८ गाउँका १४ हजार जनसंख्याको सुरक्षा दिदै आएको बताए । अझैंपनि ईप्रका मलवारमा कम्पाउन्डको तारवार, मुलगेट निर्माण, खाली जग्गामा बोट विरुवा लगाउने, गाडि पार्किङ स्थल निर्माण लगाएका कामहरु गर्न बाँकी रहेको बताए । उनले प्रहरीको भवन निर्माणको लागि जग्गा दान गर्ने व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरे । समाज विना प्रहरीले एक्लै केही गर्न नसक्ने बताएका डिएसपी शाहीले समाजसंग हातेमालो गर्दै प्रहरी अगाडि बढ्नु पर्ने बताएका थिए । कार्यक्रममा तुलसीपुर वडा नं. १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीले द्धन्दकालमा प्रहरी चौकी ध्वस्त हुँदा समाजमा अब के हुन्छ भन्ने त्रासदी फैलिएको भएपनि आजफेरि प्रहरीको लागि सुविधा सम्पन्न भवन निर्माण हुँदा सर्वसाधारण खुसी भएको बताए । शान्ति र विकाश एक अर्काको परिपुरुक भएको बताएका चौधरीले हरेक सचेत नागरिकले समाजमा हुने अपराधिक गतिविधिका बारेमा प्रहरीलाई सूचना दिएर सघाउनु पर्ने बताए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले प्रहरीको लागि नयाँ भवन निर्माण गर्न २ विगाहा बढी जग्गा दान गर्ने सर्वसाधारणलाई धन्यवाद दिदै प्रहरी प्रतिको पुरानो धारणा परिवर्तन हुन जुरुरी रहेको बताए । उनले नागरिक र प्रहरी हातेमालो गरेर अगाडि बढेमा मात्रै समाजमा अपराधिक घटना न्यूनिकरण गर्न सजिलो हुने तर्क गरे । ईप्रका मलवारमा शुक्रवार उद्घाटन गरिएको सुविधा सम्पन्न आधुनिक भवन दुई करोड दश लाख ७३ हजारको लागतमा निर्माण भएको हो । प्रहरी निरिक्षक तथा ईञ्जिनियर चिरिञ्जवी महतोले रोयल कन्ट्रक्सन कम्पनी धनगढी कैलाली र ईप्रका तुलसीपुरका बीच २०७५ साल जेठ ४ गते निर्माण कार्य सुरु भएको जानकारी दिए । गत चैत ५ गते निर्माण कार्य सम्पन्न भएको साढे २ तल्ले पक्की भवनमा कुल १५वटा कोठाहरु छन् । त्यसमा सौचालय ३ वटा, स्नानगृह ३ वटा, ३ कोठे युक्त एक तले भान्सा घरपनि निर्माण गरिएको छ । २०३९ सालमा स्थापना भएको ईप्रका मलवारको नाममा १७ कठ्ठा ३ धुर जग्गा छ । यो जग्गा स्थानीय बासीले प्रहरीलाई दान गरेका हुन । मलवारमा २३ जनाको दरवन्दी रहेतापनि हाल प्रहरी नायव निरिक्षकको कमाण्डमा जम्मा ८ जना मात्रै कार्यरत छन् ।

    Advertisement

    शनिबार, जेठ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ४.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ५.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • ३.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ४.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ५.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ६.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ७.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ८.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...