काठमाडौं। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा न २ साविकको ढाकावाङ्ग ७ भुमिकास्थानका एक स्थानीय युवक काठमाडौँबाट बेपत्ता भएका छन । बिगत ३ दिन देखि सम्पर्क बिहिन रहेको शिशिर खनालको खोजीका लागि परिवारजनले अनुरोध समेत गरेका छन् । खनालसँग भएको मोबाईल नम्बरबाट स्थान पहिचान गर्न खोज्दा ललितपुरको धोवीघाट देखाउँने गरेको प्रहरीलाई उद्धत गर्दै परिवारजनले बताएका छन। शिशिर अहिलेसम्म परिवारको सम्पर्कमा आउँन सकेका छैनन् ।उनी घरबाट बाहिर निस्किदा रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर मोटरसाईकलमा निस्किएका थिए । मोटरसाईकल पनि कहि कतै फेला परेको छैन । हराएको छोराको खोजी कार्यमा सहयोग गर्न अनुरोध गर्दै परिवारजनले भनेका छन’छोरा तिमी कसैको बहकाउमा लागेर कतै हामीबाट टाढा रहेर अल्मलिन खोजेका छौ भनेपनि कृपया हामीलाई सम्पर्क मात्र राख हामीलाई ज्यादै चिन्ता लागिरहेको छ ।’ कही कतै कसैले देख्नुभएको छ भनेपनि नजिकको प्रहरी चौकी या घर परिवारको निम्न मोबाईल नम्बरमा खबर गर्दिन उनिहरुको आग्रह छ। जसका लागि हाम्रो परिवारको मोबाईल नम्बर 9847509244 , 9847156772 , 9843060979 मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छन् । खनाल डाक्टर पनि हुन ।
अर्घाखाँचीका शिशिर खनाल ३ दिन देखि सम्पर्क बिहिन,घर परिवारमा चिन्ता
अर्घाखाँचीका शिशिर खनाल ३ दिन देखि सम्पर्क बिहिन,घर परिवारमा चिन्ता

Advertisement
तपाईको प्रतिक्रिया