कामना डेेली,सुनवल। नन्दनतालको संरक्षण ,प्रर्बद्धन बिकास र सौन्दर्यीकारण गर्न सबै मिलेर गर्नुपर्ने परासीमा भएको एक कार्यक्रममा बोल्ले वक्ताहरुले जोड दिएका छन । उनीहरुले नन्दनताल लामो समयदेखी आतिक्रमणको चपेटामा पदै गएको भन्दै ताललाई यसको संरक्षण प्रर्बद्धन र बिकास सौन्दर्र्यीकरण गर्नुपर्नेमा जोड दिएका हुन । पाल्हीनन्दन गाउँपालिका पश्चिम नवलपरासीले परासीमा आज गरेको नन्दनतालको संरक्षण यसको सम्भावना र बिकास बिषयक अन्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारण राखेका थिए । पश्चिम नवलपरासीस्थित पाल्हीनन्दन ६ मा पर्ने ऐतिहासिक नन्दन तालको संरक्षण प्रबद्र्धन बिकास र सौन्दर्यीकरणमा गर्दा स्थानियको खेती योग्य जमिन डुबान पर्ने भएकोले स्थानियको खेती योग्य जमिन डुबान नहुने गरी तालको संरक्षण प्रर्बद्धन बिकास र सौन्दर्यीकरण गर्न सुझाव दिएका छन । ताल लामो समयदेखि स्थानीयवासीले अतिक्रमण गरी खेती गर्दै आएका छन् ।
तालमा लामो समयदेखि खेतिपाती गर्दै आएकोले खेति गर्न पाउनुपर्ने माग राखेर संरक्षण र सौन्र्दकारण गर्दा किसानहरुले लगाउदै आएको खेतीयोग्य जमिन ध्यानमा राखेका काम गर्नुपर्नेमा किसानहरुले बताएका छन । पाल्हीनन्दन गाउँपालिकका अध्यक्ष बैजुप्रसाद गुप्ताले दिपकले राजनितीक दल र स्थानियबासीहरुको सुझाव सल्लाह अनुसार नन्दतालको तालको प्रबद्र्धन र बिकास सौन्दर्यीकरण गर्ने काम आगाडी बढाउने बताउनुभयो । कार्यक्रममा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका जियोलोष्टी प्रेम पौडेले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास तालको सरक्षण र सौन्दर्यीकरण गरी पुनःजीवन दिनको लागि रु ४१ लाखको लागतमा बजेट विनियोज भएको बतानुभयो ।
नन्दनताल संरक्षणमा जोड
नन्दनताल संरक्षणमा जोड
Advertisement
तपाईको प्रतिक्रिया