काठमाडौं। सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णय जानकारी दिन बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरिएको बताए ।मुस्लिम आयोगको सिफारिसमा सो दिन सार्वजनिक विदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।इद उल फितर मुस्लिमहरूले धुमधामका साथ मनाउने गर्छन् ।राष्ट्रिय मुस्लिम आयोगको सिफारिस र आग्रहमा नेपाल सरकारले इद उल फितर पर्वमा मुस्लिमहरूलाई सार्वजनिक विदा दिइएको हो ।
Advertisement