कामना डेली, सुनवल। १२ औं गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय परासीबाट दुई जनाको कैद मिनाहा भएको छ । मिनाहा पाउने दुवै जना सवारी दुर्घटनाका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ४ सय ३४ जना कैदीहरुलाई भुक्तान हुन बाँकी रहेको कैद सजाय माफी दिएसँगै परासी कारागारमा रहेका उनीहरुको सजाय मिनाहा गरिएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताउनुभयो । जिल्लाबाट दुई जनाको मात्र नाम कैद मिनाहाका लागि सिफारिस भएको लामिछानेले जानकारी दिनुभयो । मिनाहा पाउनेमा सवारी अंगभंगमा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका पूर्वी नवलपरासी रजहरका मुन्नीलाल महतो छन् । उनलाई जिल्ला अदालतले २०७३ मंसिर ९ गते ४ वर्षको कैद सजाय सुनाएको थियो । त्यसैगरी कैद मिनाहा पाउनेमा बाँके कोहलपुरका खडकबहादुर रासकोटी छन् । उनलाई अदालतले २०७३ जेठ ९ गते सवारी ज्यानमा ५ वर्षका लागि कैद सजाय सुनाएको थियो ।
परासी कारागारबाट २ जनाको कैद मिनाहा।
परासी कारागारबाट २ जनाको कैद मिनाहा।
Advertisement
तपाईको प्रतिक्रिया