माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा। कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा महिनावारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । किशोरावस्था र प्रजनन स्वास्थय विषयमा भएको उक्त प्रतियोगितामा सहभागीहरुले किशोरावस्थामा प्रजनन स्वास्थय विकासको वारेमा तर्क गरेका थिए ।शिवराज नगरपालिका भित्र रहेको आधारभुत विद्यालय तहका ११ जना विद्यार्थीहरुको उक्त प्रतियोगितामा सहभागीता रहेको थियो । कालिका स्वालम्वन सामाजिक केन्द्रको आयोजनामा भएको उक्त प्रतियोगिता शिवराज नगरपालिकाको समन्वयमा र सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको हो ।कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले प्रत्यक वर्ष कालिका स्वालम्वन सस्थाले विभिन्न रचनात्मक कृयाकलाप गरेर जनचेतना फैलाउने गरेको वताए । नगरप्रमुख अधिकारीले किशोरावस्थामा प्रजननको विकासको वारेमा सवैले जान्नुपर्ने भन्दै यो समय युवा युवतीहरुलाई लागी महत्वपुर्ण समय मानिने जिकिर गरे । प्रतियोगितामा प्रथम द्धितिय तृतियलाई पुरस्कारले सम्मान गरिएको छ । जसमा प्रथम सिमरन आचार्य, द्धितिय सेमला सुनार तृतिय सुकमाया वुढा भएका छन ।कालिका स्वालम्वन सामाजिक सस्थाका कार्यवाहक अन्जु शर्माको अध्यक्षता शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रम अर्जुन थापाले संचालन गर्नुभएको थियो ।
महिनावारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
महिनावारी स्वच्छता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
Advertisement
तपाईको प्रतिक्रिया